एरोन नेभा इन्डेडको “जेठो छोरो”

 

निम्नमध्यम वर्गिय किसान परिवारमा जन्मेको उ, परिवारको कम्जोर आर्थिक स्थितिको कारण उसले पढाइलाइ पनि उच्चमावि भन्दा माथी लैजान सकेन।

समय बित्दै जादा उसको बिवाहा पनि भयो, घरमा अर्को खाने मुख थपियो।

बुढा बाउको किसानिले कतिनै खान पुग्थ्यो र? अझ सानो भाइलाइ पनि पढाउनु पर्ने, उसले आफू धेरै पढ्न नपाए पनि आफ्नो भाइलाइ चाहिँ पढाउने इच्छा बोकेको थियो।

बेरोजगारीले भरिएको देशमा जति गरे पनि उभो लाग्न नसकिए पछि आखिरकार उ कोशौ समुद्र पारीको खाडी मुलुकमा जाने निर्णयमा पुग्छ।

घरमा बुढा बाउआमा, भाइ अनि भर्खरै बिहे गरि ल्याइएकी श्रीमतिलाई छोडी उ परदेश लाग्छ।

आफ्ना सुख खुशी सबै बिर्सी उ दिनरात नभनी काम गर्छ, महिना मरि आएको तलब सबै आफ्नी आमालाइ पठाउथ्यो।

 

गाउघरमा टेलीफोनको लागि पनि गाह्रै थियो, महिनामा एकचोटि कुरा गर्न पनि डाडा झरी तलको कन्जुस बाहुन काका कहाँ आइपुग्नु पर्ने थियो।

हरेक पल्टको फोनमा उसले आफ्नि बुडिलाइ कहिले पनि पाएन, सधै आमाले तेरि बुडि चुलोचौको, गाईगोठ, इत्यादिमै ब्यस्त रहेको बताउछिन।

उता छोरोले पठाएको पैसाले आमा भने नया कपडा लगाइ नातागोता आफन्त कहाँ घुम्दैमा ब्यस्त थिइन। बुहारीलाई घर भरिका काम लगाउथिन।

 

आफ्नो बुडोले पठाएको पैसा बाट एकसरो चोलो सम्म पनि लगाउन पाएकी थिइनन उनले। उता भाइ भने अब शहरमा बसि पढ्ने भैसकेको थियो।

दाइले बिदेश बाट पैसा पठाइरहने भएकाले उसलाइ पढाइ बाहेक अरु केही कुरामा ध्यान दिनु पर्ने नै थिएन।

 

 

बाउलाइ पनि अब छोराहरुले गर्छन भन्ने विश्वासले केही गर्नु पर्दैन भन्ने भैसकेको थियो।

उता उ आफ्नी बुडि संग मनका कुरा गर्न नपाएको पीडा हुदा पनि उ ढुक्क थियो कि उसकी श्रीमतीलाई उसका बाउआमाले उसलाइ जतिनै माया दिई राखेका होलान भन्ने झुठो बिश्वासमा।

उसलाइ के थाहा उसकी बुडिको पीडा? दिन बित्दै गयो, भाइले आफ्नो पढाइ पूरा गर्यो र ठूलो कम्पनिमा राम्रो काम पनि पायो। उसले अब बिदेशिएको दाइले भन्दा पनि धेरै कमाउन थाल्यो।

भाइको राम्रो काम भएको खुशीले उ पनि स्वदेश फर्कियो। उसको मनमा थियो अब भाइले गर्छ, सबै राम्रो हुन्छ।

तर जब उ घर पुग्यो, उ आफ्नी श्रीमतिको अवस्था देखेर झसङ्ग भयो। उनि त्यही पुरानो चोलो जुन ठाउँठाउँमा च्यात्तिएको थियो, त्यही पुरानो फरिया जसले आङ ढाकेको मात्र थियो।

आफ्नी श्रीमतीको यस्तो दयनिय अवस्था देख्दा उसको मन छियाछिया भयो।

 

भेट्ने बित्तिकै उसले आफुले ल्याएको लुगा लगाउन दिई, मायाले अङ्गालोमा बाध्यो, वर्षाैको माया एकअर्कामा पोखी केही समय भए नि आफ्ना दुख पीडा भुल्यो।

कुरैकुरामा बुडिले आफुले बुडो बिदेश गएपछि पाएको दु:ख व्यथा सुनाइन।

 

उसले अब कहिल्यै एक्लै नछोड्ने अनि यो सबै कुरा घरमा गर्ने आश्वासन आफ्नी श्रीमतीलाई दिदै आफ्नो न्यानो अङ्गलोमा बाधिरह्यो।

आफ्नो बाउ संग कुरा गर्दा तैंले पठाएको पैसा बारे तेरि आमालाई नै सोध भन्ने जवाफ पायो।

 

आमालाइ सोध्यो किन उसकी बुडिलाइ यस्तो अवस्थामा राखेको, आमाले गोहिका आँसु बगाउदै तेरो पैसा सबै भाइको पढाइ मै सकियो, यो हाम्रो लुगाफाटाहरु त भाइको कमाइ बाट किनेका हौ, घरको सबै खर्च कान्छोले नै हेरिराको छ।

अब भाइले राम्रो कमाएको अनि आफू बिना कौडिको भएकोले आमाबाउ भाइ पट्टि नै घुस्रेर आफुलाइ वास्ता नगरेको उसले महसुस गर्यो।

तर भाइ त्यस्तो नहोला, अब दाजुभाइ मिलेर गरौला भन्ने आशामा उ भाइलाइ भेट्न शहर पुग्यो। आफू दिनरात घोटिएर उसलाइ पढाइलेखाइ यस्तो बनाइदिने दाजु भेट्न आउदा पनि कान्छा केही खुशी देखिएन।

अझ किन आइरहेको यहाँ गाउँमै बसे भैहाल्छ नि, भन्न थाल्यो।

भाइको पनि यस्तो व्यबहार देखेर उ दिकदार भै घर फर्कियो। समय बित्दै गयो, एकदिन उसका बाउआमाले अब तिमिहरु छुटिएर बस भने अनि जग्गाजमिन भाग लगाइदिए।

जो होचो उसकै मुखमा घोचो भने झै, भाग लगाउदा पनि उसलाइ भने डाडा माथिका उब्जाउ नहुने बारीहरु पारियो भने उसको भाइलाइ भने उब्जाउ युक्त जमिन दिइयो।

जे जस्तो भए नि उ अब गाउँमै खेतीकिसानी गर्न थाल्यो।

घरमा उसकी श्रीमती सधै झै उहीँ घाँस दाउरा अनि घरायसी काम मै व्यस्त हुन्थिन।

 

 

तर उसले उनलाइ गाह्रो काम गर्न लगाउदैनथ्यो कारण उसकी श्रीमती अब दुई ज्युकी भएकी थिइन।

उनको कोखमा उनिहरुको मायाको फुल उम्रेर फकृदै थियो। उसको खेतिको कामले अब उसलाइ मुस्किल पर्दै गैरहेको थियो।

आफुले जति मेहनत गर्दा पनि आफ्नो बाट राम्रो उब्जनी नभएको अनि उसको भाइको उब्जाउ जमिन चाहिँ त्यतिकै बाझो गएको देखेर उसले बाउआमा संग सल्लाह गर्ने बिचार गर्यो।

राती खाना खाइसकी बाउआमा कहाँ गइ, भाइ सहरमै कमाइ उतै बस्ने तर आफू गाउँमै खेती गर्ने तर भाइको जमिन बझै गएकाले उसले आआफ्नो जग्गा साट्ने सल्लाह गर्यो। तर उसको कुरामा बाउआमाले केही वास्ता नै नगर्दिदा उ रिसाउन पुग्यो अनि आफ्नो बिगतको कुरा कोट्टाउन थाल्यो।

 

आफुले बिदेशमा रगतपसिना एक गरि पैसा पठाउदा सबैजना मोजमस्ती गर्दै हिड्ने अनि आज आफुलाइ गाह्रो पर्दा भने मुख बटार्ने,

भन्दै उसले भनेको सुनेर उसको बाउ झन रिसाउदै अब के गर्छस त मार न त मलाइ अब म मरे पछि सबै ठिक हुन्छ भने। बाउको यस्तो कुरा सुनेर उ पागल झै भइ, तिमी किन मर्छौ बा बरु मै मर्दिन्छु भनि डौडिदै गइ बुइगलको झ्यालबाट हाम फलाल्न पुग्छ,

पछिपछि उसको बाउ अनि उसकी श्रीमती उसलाइ समाउन आउछन तर त्यहा पुग्न नपाउदै उसले आफ्नो प्राण त्याग्न पुग्छ।

यो दृस्य देखि उसको बाउ ठाउको ठाउमै बेहोस हुन पुग्छन, श्रीमती पनि छागा बाट झरे झै मुर्छित हुन पुग्छिन।

उसले धेरै ठूलो गल्ती गर्यो, यो सम्म पनि सोचेन कि आजको दिन सम्म केके पीडा, दु:ख, यातना सहि उ छ भनी उसकी श्रीमती उसको पर्खाइमा बसिरहिन, अझ अब त उनको कोखमा एउटा निर्दोश सन्तान आइसकेको थियो, तर उसले एकछिनको आवेगमा आएर यो सबै कुराको ख्यालै नगरी सबैलाइ छोडेर गयो।

यो खबर गाउँ भरी फैलियो। सबैले ती निर्दयी बाउआमा लाई थुथु गरे, उनिहरुले यो बहिस्कार सहन् गर्न सकेनन। आफ्नो बुडो हुदा त पिडित भै यातनाको जिन्दगि बिताउन बाध्य उसकी श्रीमती अब झन कसरी

%d bloggers like this: