एरोन नेभा इन्डेडको ‘म एउटा रुख’

यो कथाको रुख चै म हु

17887326_1102819509827986_307932069_o-300x300 एरोन नेभा इन्डेडको 'म एउटा रुख'

कादेशमा एउटा घरको करेसा बारिमा एउटा ***को बोट उम्रेछ।

त्यो घरका मालिकलाई त्यो फल दिने बोट हो भन्ने थाहा रहेनछ।

मलजल, गोडमेल गर्नु पर्ने बिरुवालाई उसले वास्तै गरेनछन।

स्याहार नपाए पनि त्यो बोट प्रकृतिको स्याहारमा ठूलो हुँदै गयो।

बर्षाको पानी, हावाको मन्द स्पर्श मात्रैले उ हुर्किदै गयो।

बिस्तारै उ ठूलो हुँदै गयो अनि एकदिन उ फल दिने रुख बन्यो।

त्यो फल देखेर त्यो घरका मालिक खुशी भयो। अनि त्यो रुखमा फलेका फल एकएक गरि टिप्न थाल्यो।

केही फल आफू खायो, केही फल अरुलाइ खुवायो, केही लुकायो त केही कौडिको दाममा बेच्यो।

उसलाइ न त त्यो रुखको चिन्ता थियो न त त्यो बिना परिश्रम आएको फलको। त्यो रुख आफुले सकेको फल दिदै गयो।

तर कहिले काहीँ उ सधै झै धेरै धेरै फल दिन सक्थेन।

 

त्यो समयमा त्यो घरका मालिकले त्यो निर्दोष रुखलाइ नानाथरी गालीगलोच दिने गर्थ्यो, कहिले हिर्काउथ्यो पनि, तर पनि त्यो रुख सब सहेर फल दिई रह्यो। तर स्याहार नपाएको रुखको जरा भने बलियो थिएन।

उसका जराले माटो समाउन छोड्दै गएका थिए। उता फल फल्न कम हुँदै गयो। अनि एकदिन एउटा ठूलो आधिबेरी आयो, रुखका जराले माटोमा पकड जमाउन नसके पछि रुखले धर्ती छोड्यो, उ ढल्यो।

उसका हाङ्गा भाचिए, पात सुकेर गए। त्यो देखेर अब त्यो घरको मालिकले अब यो फल नदिने रुख किन आफ्नो करेसामा राख्नु भनेर बाहिर लागि बाटोको छेउमा फालीदियो।

कति आउथे, दाउराको लागि काटी लग्थे, कति आउथे हाङ्गा भाची लान्थे, काती आउथे मुडा बनाइ बस्थे।

तर दैबको लिला अपरम्पार, त्यो रुख ढले पनि मरेको थिएन।

एकदिन कालो बादलले आकाश ढाकी, बिजुली चम्काउन थाले। आकाश गडगडाउन थाल्यो, अनि बादल एक आपसमा जुधी पानी बर्षाउन थाले।

 

पानीका थोपाले धर्ती छोए, माटो मलिलो हुन थाल्यो। पानीको स्पर्शले रुख ब्युझुयो, आफ्ना जरा फैलाइ माटो समाउन थाल्यो। कमलो माटोमा उसका जरा धर्तिको भित्र भित्र सम्म पुगि आफ्नो पकड जमाउन थाले।

आखिरकार उ धर्ती समाउन सक्षम भयो। अब उ उठ्यो, उसका भाचिएका हाङ्गा फेरि पलाउन थाले, काटिएका घाउहरु भरिन थाले, पात पलायो उ फेरि हरियो राम्रो देखिन थाल्यो। अब उ फेरि फल दिन दक्ष भयो।

त्यो देखेर उसलाइ आफ्नो करेसा देखि फ्याक्ने त्यो घरका मालिक अचम्मित भए, उसले फेरि त्यो रुखलाइ आफ्नो करेसामा लैजाने प्रयास गर्यो। तर अब त्यो रुख जुन धर्तीमा उभिएको थियो, त्यो धर्ती उसले कहिले पनि नछोड्ने भैसकेको थियो। अब उ कसैको निजि सम्पती थिएन।

अब उसको फल कसैको बेपरिश्रमी आर्जनको सामाग्री रहेन।

अब उ स्वतन्त्र भयो। उसले आफ्नो फल जसलाइ चाह्यो त्यसलाइ दिन सक्ने भएको छ। उ आज पनि फल फलाइरहेको छ र अनन्तकाल सम्म फलाइरहने छ।

%d bloggers like this: