कञ्चन शर्मापछि अर्की पीडित मञ्जन बर्माको वार्ता (प्यारोडी भिडियो)

काठमाडौं, मंसिर ८ – कञ्चन शर्मा रेग्मीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम सुमनसँगमा आएर जीवनमा आफूले भोगेका पीडा र परिवारले आफूमाथि गरेको अभद्र व्यवहार बारे बताइन् । उनले भोगेको पीडा सुनेर भावुक नहुने कोही थिएनन् । तर उनले बोलेका धेरै कुराहरु झुट भएको खबर पनि केही दिनमा नै सार्वजनिक भयो ।

उनको कपोकल्पित कथाले सुमन खरेल जस्ता पाका पत्रकार पनि विवादमा आए । खास गरी एउटा नितान्त पारीवारिक कुरा त्यो पनि राम्ररी अध्ययन नगरी मिडियामा आँसु बेचेको भन्ने आरोप लाग्न गयो । उनको अन्तरवार्ता पछि उनका पति र छोराहरुमा सामाजिक सञ्जालमा क्रुर तवरमा आक्रमण र गाली बर्सिन थाले ।

विशेष गरी सामान्य विषय र विवादित विषयमा धेरै पल्ट ठूला मिडियाहरु मुछिने गरेका छन् । सामाजिक सञ्जालमा सुमनसँगको अन्तर्वार्तालाई व्यङ्ग्य गर्नेहरु पनि धेरै भए ।

cover-20 कञ्चन शर्मापछि अर्की पीडित मञ्जन बर्माको वार्ता (प्यारोडी भिडियो)

यही विषयमा एउटा भिडियो सामाग्री तयार पारिएको छ । जसमा रत्नपार्कमा प्रेमीले छोडेर भौँतारिएकी एक युवतीलाई शुक्रसँग नामको कार्यक्रममा बोलाएर केही कुराकानी गरिएको छ । जुन हल्का विषयमा अनावश्यक रंग भर्नेहरुप्रति व्यङ्ग्य हो ।

SOURCE उज्यालाे र forseenetwork.com काे सहकार्य

%d bloggers like this: