कथा :- किनार ५ ( प्रेम प्रस्ताब)

कथा :- किनार ५ ( प्रेम प्रस्ताब)

कलेज को गेट बाट निस्केर बाल्कुमारी कन्या कलेज,परौठा खाजाघर,पुतली बजार,मेनरोड,हरिहर मन्दिर हुँदै नारायणी पुग्यौ ।

 

धुलै धुलो ले पुरिएको बुद्ध को मुर्ती लाई शीत ले पखाल्दै थियो सायद शीत ले सोच्यो होला देश मा केही राम्रो काम सान्ती पुर्न हुन्छ कि भनेर तर त्यो शीत र मुर्ती लाई के था यहाँ जति गरे नि हाम्रा बिकेका नेता को सोच राम्रो कैले हुने हैन ।

 

यदि यो समय मा बुद्ध हुन्थे भने बागमती नदि जस्तै गन्द ले भरिएको सोच को हुन्थे होला किनकी समय अनुसार मान्छे ले मन फेर्ने गर्छ।
हामी भन्दा नि पहिलै धेरै जोडि आएर बसिरहेका थिय कोइ चिया खादै थिय कोइ अङ्गालो मार्दै कोइ चुम्बन (फ्रेन्च किस) खादै ।धन्न यो किनार छ र म जस्तै धेरै जोडि को प्रेम कथा बन्न पुगेको छ।

 

हामी बुद्ध को मुर्ती पछाडी को टेबुल मा गएर बस्यौ । उस्ले थाली टेबुल मा राख्दै बसि म उस्कै नजिक मा बसे । उस्ले चिया वला दाइ लाई दुई कप चिया लाइदिनु भनी म चुप थिय ।
म चुपचाप किनार मा हेर्दै थिय आज कोइ बोटे दाइ थियनन अनि कुनै डुङ्गा पनि म त्यसै किनार तिर हेरेको थिय
उ:- होइन , आज तपाइलाइ के भो राम्रो सङ बोल्नु भको नि छैन त
म:- हैन केही भछैन त्यसै किनार हेर्या नि कथा को लागि केही शब्द पाइहाल्छु कि भनेर
उ:- उफ्फ यति कथा लेख्ने मन पढ्न मा लाइदिने भको भए
(के था उस्लाइ मेरो मन मा के भको छ भन्ने बाहिर चिसो सिरोठो चल्दा नि मन भित्र आगो बलेको छ , पसिना निक्लेको छ छट्पटी भको छ , उस्ले बुजिदिने भको भए किन यस्तो हुन्थ्यो र नै )

म:- पढ्छु के बाबा पढ्छु एक्जाम आउन अझै बाकी छ नि

उ:- खोइ

( केटि को जात नै यस्तै क्या कैलै केटा ले भनेको एकैपटक मा पत्त्याउने हैन , ऐले प्रेम प्रस्ताब राख्दा नि खोइ भन्दी भने सकियो)
यत्तिकै मा चिया आयो उस्ले चिया को तातो पन लिन लागि , मलाइ बाहिरी तातो पन को कुनै जरुरी थियन किन कि मन मा त्यसै आगो बलेको थियो ।)
उ:-चिया खानु चिसो भै सक्यो कति टोलाउनु भको के
म:- तातो खान सक्दिन के
( कुनै विद्वान ले नि साचो भन्या रैछन बेलै मा यदि मन को कुरा साचो भन्नू छ निर्धक्क त नशा को साथ लिनु पर्छ )
म:- सुनन , एउटा कुरा भनुम
उ:- भन्नुन ,के कुरा
म:- नरिसाउ है त
उ:- चुरोट खान लाई हो भने चै म मान्दिन है,गै दिन्छु म त फेरि
म:- हैन के चुरोट खान लाई
उ:- उसो भए भन्नू ( फिस्स हासे जै गरेर उस्का चम्किला दात देखाइ)
म:- आँखा बन्द गर न
उ:- किन?

( ए बाबा यो केटि हरुलाइ कुनै कुरा मा प्रस्न चिन्ह नलगाइ कुरा गर्न आउन्न क्या )

म:- गर न , अनि मैले आँखा खोल नभने सम्म नखोल नि
उ:- हस हुन्छ , तर चाडो है म धेरै बेर आँखा चिम्म गर्न सक्दिन
म:- ल तिम्रो हात देउ
उस्ले दुबै हात नहिच्किचाइ दि म उस्को हात समाउदै उस्को हात मा गुलाफ को फुल राखिदिए ( कलेज आउने बित्तिकै गुलाफ लाई निस्यासिउदौ उस्लाइ चुडेको थिय आफ्नो स्वार्थ को लागि)
उस्को हात समाउदा झन मुटु को धड्कन बेस्सरी धडकिन थाल्यो । उस्लाइ हेर्दै भन्न नसक्ने भए शरीर गले जस्तो भयो उस्को हात झन बेस्सरी समात्दै
“प्रिय् मेरि उनी मेरो शब्द को जन्मदाता कथाकी पात्र मेरो ढुकढुकि , मेरो मन को भाब तिमिले मैले नभनी मेरो मन को कुरा बुजिदिने भएको भए सायद मैले यसरि गर्नु पर्ने थियन होला ।

 

तिमी लाई देख्नु अगि यो सन्सार यति सुन्दर छ जस्तो लाग्थेन । तिमी जस्तो प्रिय् अचम्मित मन भएको यो सन्सार मा कोइ होला म सोच्न नि सक्थिन तर जब तिमिलाइ देखे ती मेरा भ्रम जति सब हराउन पुगे ।

 

दिन्कै तिमी ले मलाई माया नया स्पर्श दिन थाल्यौ ,तिमिलाइ देख्नु अगि म सङ कोसैलाइ माया गर्ने यति विशाल मन मुटु छ जस्तो लाग्थेन । तर तिम्रो माया ले दिनानु मेरो मुटु मा आफ्नो माया र याद भरिदियौ । म भित्र तिम्रो लागि बाहिरी

 

सन्सार भन्दा नि विशाल सन्सार तयार भएको छ त्यो सन्सार केबल तिमी र म हुनेछौ । त्यो सन्सार को नाम मायाको सन्सार हो। म तिम्रो माया को सन्सार बाधिन मेरो प्रेम प्रस्ताव प्रती उत्तर सुन्न आत्तुर छु , के मेरि उनी बन्छौ ”

म:- ल आखा खोल

( उस्लाइ आँखा खोल भन्दै आफुले आँखा बन्द गरे अब सृफ मन आत्तुर थियो त उस्को जवाफ सुन्न , उस्को हात बेस्सरी समातेको थिय)

उ:- अरे यो साहित्यकार हरु कुरा बुज्नै गारो , प्रेम प्रस्ताब राख्या हो कि कथा भनेको छुटाउन गारो , आँखा खोल्नु

म:- के गरु त नि यस्तै हुन्चन्व्रे साहित्यकार , सानो शब्द लाई कथा बनाउन सक्छन तर मन को कुरा भन्न सक्दैनन

उ:- उ खुब खुब Anyway गुलाब मनपर्यो ,

म:- अनि कि उत्तर पाइन नि

( एकै छिन सोचे जस्तो गरि )

उ:-मलाइ केही दिन दिनु न ल

( अरे यार मेरो काबु मा समय हुन्थ्यो होला देश मा हुन लागेको अनैतिक कार्य रोक्ने थिय सर्ब प्रथम तर समय ले हामिलाइ काबु मा लिएको छ र पो , खयर उस्लाइ त पुरै जिन्दगी सुम्पिन लागेको छु यो केही दिन कसो दिन

नसकुला र ?)
म:- हस हुन्छ ( हुन्छ त भनी हाले तर यो मन मा कति खटपटी भको छ उस्ले बुजिदिए पो , केही दिन मागेर केही छैन तर यदि जवाफ मैले नचाहेको आयो भने ? यस्तै कुरा ले आफुले आफुलाइ प्रस्न गरोरह्यो)

उ:- अब जाउ है घर पुग्नु छ ममि ले घर मा नि पुजा गर्ने भन्नू भको छ।

म: (टाउको हल्लाएर इसरा दिदै हुन्छ को भाब दिलाए, उस्लाइ बसौ अझै कुरा गर्नु मन छ पनि सकिन र जाउ पनि)

उ थाली समातेर अगि लागि म पैसा तिर्न लागे ।

बुद्ध को मुर्ती अजै शीत ले पखालिदै थ्यो । कतो जोडि गै सकेका थिय भने कति आउदै थिय ।

हरिहर मन्दिर , पुल्चोक ,सहिद चोक हुँदै बैस्णम मिस्ठान्न भण्डार पुग्यौ । उ city bus चढेर घर तिर लागि

, म सन्देस लाई फोन गरेर गैंडाकोट तिर लागे ।

To be continue ……

%d bloggers like this: