कथा :- किनार 10″ मर्द भएर कैलै आँसु झार्न हुन्न

 

 

उस्ले गरेको त्यो प्रस्न घर आए पछि मन मा खेली रह्यो ।

 

पैले जस्तै राती बोल्यौ यो पटक त्यो प्रस्न दोहोरिएन । बरु मीठो मीठो कुरा गरि त्यो मन मा खेलेको कुरा यसै बृसिए मैले ।

 

हामी कम्ती मा नि १-२ घन्टा बोल्ने गर्थ्यौ । बोल्दा बोल्दै म निदाएको था पाइन बिहान उठेर हेर्दा ear phone जनै मा बेहेरिएको थ्यो अनि मोबाइल खुट्टा तिर ।

 

मोबाइल हेर्दा मेसेज थियो म रिसाको छु पत्लु तिमी सङ । रिप्लाइ मा लभ इमोजी राख्दै सुभ बिहानी छाँया भनेर मेसेज गर्दिए ।

दिन यस्तै बित्दै थ्यो । सुख को समय वा खुसी को पल हरु मा दिन बितेको था नहुने कति चाडै मिनेट , घन्टा ,दिन,महिना बिते ।

 

उस्ले फोन गर्दै भनी अब बाबा दशै मा आउने रे मलाइ Iphone 6 ल्याइदिने रे उस्ले पैलै भनेको थि उस्को बाबालाइ आफै ल्याइदिन्छु आउदा भन्दै कुराउनु भको थियो ।

 

उस्ले यति भन्दै पत्लु म भरे फोन गर्छ ल ऐले राख्दिए भन्दै फोन राखी । म काम तिर ।

 


केही दिन मा दशै आयो दसै सङसङै उस्को बुवा । उस्को बुवा आउनु भन्दा अगिल्लो दिन भेटेको थियौ अब बाबा हुन्जेल राम्रो सङ भेट्न पाइन्न भन्दै माया गरेकी थिइ ।

तर उस्लाइ र मलाइ के था उस्को बुवा आउनु मा हाम्रो सम्बन्ध को दुख को दिन आउँछ भन्ने । केही दिन मा उस्को घर मा बिहेको कुरा चल्यो ।

 

केटो अस्ट्रेलिया कार्ड होल्डर उस्को बुवा सङै आएको रे । उस्को घर मा उस्को ममि बहिनी भाइ लाई हाम्रो सम्बन्ध बारे थाहा थियो तर उस्को बुवा अगि सबै चुप हुन्थे ।

 


उस्ले गरेको प्रस्न फेरि पनि गुन्जिन थाले यदि बाबाले हाम्रो सम्बन्ध स्विकार्नु भएन भने ? म सान्त थिय खाली उस्लाइ गुमाउछु कि भन्ने डर ले म एकोहोरिन थाले उस्को बिहे को निधो भो ।

 

उस्ले नि कोइ नहुदा रुदै फोन गर्ने गर्थी म चुप हुन्थे उस्लाइ भनौ के । उस्ले एक पटक भेटौ न आगरह गरि । तर भेटे पछि छुटिन गारो थियो । त्यै पनि मन लाई समाल्दै हुन्छ भने ।

 

उहीँ सधै भेट्ने ठाउँ प्याराडाइज मा पुग्यौ उस्ले अङालो मार्दै रुन्छे स्वर मा भनी अब को एक हप्ता मा मेरो बिहे हुदैछ । बाबा ले नि थाहा पाउनु भयो हाम्रो सम्बन्ध बारे मलाइ गाली गर्नु भो ।

 

कसरी था पाउनु भयो मलाइ था भएन । म सङ रिसाउदै कि त्यस्लाइ रोज कि मलाइ रोज भन्नू भयो

 

तिमी किन केही गर्दैनौ । तिम्रो घर मा भन न । म चुप थिय मौन मन मा धेरै कुरा थिय । कति खेर बिस्फोटन हुने हो जस्तो भएको थिए तर पनि समालिदै उस्को आँसु पुसे ।

उस्को प्रत्यक आँसु ले मन छिया छिया बनाइ रह्यो तर अह म सान्त रहि रहे उस्के बेला मा मलाइ रुदै हान्ने गर्थी हाम्रो सम्बन्ध हाम्रो माया अब के हुन्छ ?

 

तिम्ले भन्ने गर्थ्यौ नि ” तिमि अँध्यारो मा उज्यालो दिप बाल्दै हिन्छु र म तिम्रो छाया बनी सधै साथ दिउ ” तिम्रो छाया अरु कसैको हुँदै छ तिमी किन केही गर्दैनौ ।

 

के तिम्रो माया साचो थियन र । मन रोइ रह्यो आँखा रसाइ रह्यो तर आँसु झारिन समाज ले मलाइ सिकाउदै आएको थियो

 

” मर्द भएर कैलै आँसु झार्न हुन्न” म जति भनेनी चुप भएर केही प्रतिक्रिया नदिए पछि उस्ले आँसु पुस्दै अल्लि कडक स्वर मा भन्न थाली ।

 

तिम्रो माया देखावटी रहेछ भयो पुग्यो यस्तै मन मात्र खेलाउनु दुखाउनु थियो त भनेर गरेको भए हुने । म अब रुदिन तिम्ले नै भन्थ्यौ नि हाम्रो माया

 

भन्दा परिवार को माया पहिला हुन्छ भनेर हो अब म त्यै गर्छु बाबा ले भने जस्तै। उ रुदै मुख पुस्दै म गए आफ्नो ख्याल गर भन्दै घर तिर लागि ।
म त्यही छेउ बसिरहे ….
#भुत
#धुम्रपान_स्वास्थ_को_लागि_हानिकारक_हुन्छ
#ट्राफिक_नियम_पालना_गरौ_आफ्नो_ज्यान_आफै_जोगाउ
To Be continue
(अर्को भाग उस्को बुवा सङ को भेट)

Published by

lchapagain4@gmail.com

CEO AT CHHEPARO.COM

your one feedback help us to work even harder