कथा :- किनार 11-जस्तो तातो शरीर यो सब उस्ले किन महसुस गरिन ?

उस्ले भने जस्तो मैले कै प्रयास नगरेको हो र ? उस्को मात्र हैन मेरो पनि त चोखो थियो माया ।

 

त्यो बाचा जुन हात मा हात जोडेर त्यो कालिका मन्दिर मा गएर खाएका थियौ ।

 

ती हजार सपना म पनि त्य्सै कहाँ भुल्न सक्थे र म कहाँ खुसी थिय र उस्को बिवाह हुदा म पनि त मजबुर न उस्को बिहे रोक्न सक्थे न

 

उस्को बिहे भएको हेर्न नै । मलाइ रुन मन लाएन होला र म के तड्पिएको छैन ।
अरु बेला आउने बित्तिकै अङ्गालो मार्दै मन को कुरा बुज्छु भनेर मुटु को धढ्कन सुन्ने आज किन सुनिन ? आज के मेरो मुटु फालेर आको थिय र ?

 

के म मेरो माया मारेर आको थिय र ? उस्ले बुज्न पनि त सक्थी म किन मौन छु । हो उस्ले त आँसु झारी मन को कुरा पोखेर गै , सधै उ निराश हुदा

 

नि हसाउन हर प्रयास गर्ने म मेरो अगि उ अर्कै कि बेहुली हुनेछु भनेर रुदा पनि म किन ढुङ्गा सरह मौन र सान्त , बैसाख को घाम मा तातिएको ढुङ्गा

 

जस्तो तातो शरीर यो सब उस्ले किन महसुस गरिन ?

उस्को बाबाले हाम्रो सम्बन्ध था पाएको भन्दै भन्नू भयो त्यो बेला किन भन्नू भएन तैले मन पराएको केटो माया गर्छु भन्दै भिख माग्न मलाइ भेट्न बोलाको थियो ।

 

मैले उस्को साथ पाउन उहाँ अगि आँसु झार्दै केही समय मागेको किन भन्नू भएन । कैलै नरुवाउने बाचा गरेको किन भन्नू भएन । किन भन्नू भएन ।

उ सङ छुटिए पछि मनलेब यस्तै यस्तै आफुले आफुलाइ प्रश्न गरिरह्यो ।

हो मैले उस्को अगि भन्न सकिन उस्को बुवा लाई मैले भेटेको थिय । हाम्रो माया भन्दा ठूलो अस्टे्रलिया को PR कार्ड हो त्यसै को लागि हामी दुई को खुसी के मा छ

 

नसुनी मलाई तिम्लाइ भुल्न भनेको भनि न । उस्को बिहे को खबर था पाए देखि दिन रात तड्पेको छु ।

 

हो भनिन किन कि उस्लाइ म केही भन्थे त उ समालिन सक्थिन । उस्को अगि म धोकेबाजी बन्नु थियो ।

उस्को आगामी दिन मा मलाइ भुल्न सक्ने बनाउनु थियो । उस्को बुवा ले भनेको थिय यदि बिवाह अगि केही हुदा म जिम्मेवारी हुनेछु ।

 

उस्को बुवा ले भनेका थिय ” यदि माया गर्छस र खुसी देख्न चाहान्छस भने बिहे हुन दे ”

हो मैले यो सब भनिन र पत्थर मन देखाइ आफ्नो साचो माया झुटो बनाउदै उस्लाइ त्यो दिन बिदाइ गरे ।

 

रात मा आएको फोन र मेसेज को कुनै प्रतिक्रिया दिइन । म उस्को बिहे को कुरा ले भित्र भित्रै भत्केको सपना को

त्यो ठूलो महल एक एक भत्काउदै पर्त्यक दिन रात लाई मनैमन को चिहान घाट र नर्क बनाए ।

 

मेरो प्रेम को अस्तित्व डगमाएको थियो । रात भर उस्को तस्बिर झल्झल्ती याद आउथ्यो मोबाइले हेर्थे उस्को कुरा हरु सम्जिरहन्थे ।

भिन्न भिन्न कुरा सोच्दै ओछ्यान मा पल्टिए । अब त पर्सि उस्को बिहे छ ।बिहान पख निदाए ।

#भुत
To Be Continue …
#धुम्रपान स्वास्थ को लागि हानिकारक छ ।

%d bloggers like this: