कथा :- किनार 6 ( प्रेम प्रस्ताब)

कथा : किनार ६

Slc को नतिजा को प्रकासित हुदा नि यति खट्पटि भएको थियन होला जति उस्ले मेरो प्रेम प्रस्ताब लाई स्विकार्न को लागि केही दिन मागे को सम्जेर भाको छ ,

 

दिन त जसो तसो गयो साथी हरु को माझ मा रमाउदा उस्को याद आए पनि त्यति गारो भएको थियन ।

 

साझ बढ्दै गयो अन्धकार ले छोप्दै गयो , घाम पनि डाडा मा लुक्दै गए पछि चन्द्रमा ले पृथ्वी लाई केही उज्यालो छर्यो भने आकाश लाई

 

चम्काउन थाल्यो तारा हरु ले आकाश सजाउन लाग्यो र सङै मेरो मन पनि उस्लाइ सम्जेर नया नया कहानी रच्न थाल्यो ।

समय बित्दै गयो अरुबेला फेसबुक मा बोल्न लाई अन आउनु भनेर मेसेज फोन गर्ने आज न फोन गरि न मेसेज न फेसबुक मा ,

फेसबुक थ्यो हामी लाई बोल्ने को लागि सजिलो माध्यम, म फोन मेसेज गरुम ममि बुवा सङ छ भन्ने डर हुने

 

त्यस्तै समय १०:४० जति भको थियो उस्को मेसेज आयो एकाएक मन खुसी भएर हतार हतार उस्को मेसेज हेरे ” हजुर त खत्तम हजुर ले गर्दा मलाई पढ्न मन नि लागेन ,

 

हजुर ले त हजुर को मन को कुरा भन्नू भो मलाइ चै दोधारमा पार्नु भो , भोलि कलेज आउनु बिहानै कुरा गर्नु छ ” मेसेज त गरि तर कुनै कुरा जायर गरिन प्रेम पस्ताब प्रती झन भोलि भेटेर कुरा

 

गर्छु मन लाई अत्ताउन थाली अब प्रतीक्षा छ त सृफ बिहान को कलेज समय उ सङ को भेट र उस्ले मेरो प्रस्ताब लाई स्विकार गरेको ।

 
तर हामी मान्छे को मन र दिमाग सारै बेइमानि सकारात्मक भन्दा नकारात्मक सोच्न चाडो पुग्ने उस्ले प्रस्ताब इन्कार गरेको सोच आयो अर्को ब्वाइफ्रेन छ

 

भनेर इन्कार गरेको सोच आयो यो भन्दा नि अर्को नराम्रो सोच हजुर लाई त दाइ मानेको थिय भन्छे कि भन्ने सोच आयो

 

यस्रै सोच्दासोच्दै कति खेर निदाउन पुगेछु याद भएन मोबाइल मा गित बजेकै थियो ” माया खै कस्ले बुज्यो ” कबड्डी को बिचरा दया दाइ कुनै फ्लिम मा नि गर्ल्फ्रेन लाई पाउन सकेनन मेरो हाल नि त्यै हुने होला ।

 
चाडचाडै तयार भएर कलेज तिर लागे उ कलेज को लागि आइ सकेकी रहेछ ।तर आज उस्ले कलेज बाहिर नै भेट्ने भनेर आउट ड्रेस मा आएर लायन्सचोक कुरिरहेकी थिइ ।

 

ब्ल्याक प्यान्ट ब्ल्यु कलर को जकेट कपाल छोडेको अरे वाह जति हेर्यो उति हेर्ने मन लाग्ने चुम्बकीय शक्ति भको जस्तो जैले देखे नि आकर्सित गराउने । तर आज केही फरक मुहार थ्यो ओठ मा हासो केही कम देखिएको थ्यो ।

 

उस्ले हात हल्लाउदै हाइ भनी , हामी केही बेर त कन्फ्युज भयौ कहाँ जाने भनेर । उस्ले केही जाडो भएको जस्तो भाब देखाए पछि कफि खान बैष्णब मिस्ठान्न मा गयौ उस्ले ब्ल्याक कफि अर्डर गरि मलाइ मन परोस नपरोस उस्ले भनी आइ

 

म;- अनि ब्ल्याक कफि किन अरु झन मीठो मीठो स्वाद को नि हुन्छ Coffee latte , Hot shake,capouccino

:- अरु सबैले ग्यास्टृक गराउछ बिहान यस्तो खादा , healthy रहनु परेन

;- खोइ म हेल्दी नै छु केरे

:- खुब त्यै भएर होला ऐले बाट भुँडी लाको

:- हल्का फुल्का त लागि हाल्छ नि

त्यतिकै मा कफि लिएर त्यहा को दाइ आउनु हुन्छ उस्ले हतार हतार लिग्छे उम्म माइ फेब भन्दै

:- अनि खोइ त हिजो भेट्छु भनेको कुरा त अर्कै को लागि हैन र

:- उम्म भन्नू नै पर्छ र फेरि तपाईं लाइ हर्ट हुने हो कि

:- नभनी तड्पाएर मार्ने बिचार छ र , हुदैन हर्ट

:- कति पय कुरा मुख ले नभनी मन ले बुज्न पर्छ रे नि त

:- मलाइ आउदैन नि त

( उस्को बोलचाल तरिका देख्दा त उस्ले प्रस्ताब स्विकार गर्छे लाग्छ तर केटि हरु को भर हुन्न भनेर धेरै साथी हरुले भनेको सुन्या छु )

:- आँखा चिम्म गर्नु

( ल अब के सप्राइज दिने हो जे दिए नि मेरै तर्फ नतिजा भैदिए हुन्थ्यो )

म आँखा चिम्म गरे उस्ले मेरो हात समात्दै भन्न लागि

:- मलाइ माफ गर्नु होला हजुरले हिजो प्रोपोज गरे देखि मनै छट्पटी भयो हजुर लाई न म स्विकार गर्न सके न इन्कार हजुर को आँखा हेरेर भन्न नसक्ने भएर आँखा बन्द गर्न लगाए मन नदुखाउनु होला ,

( मोरि ले हात समातेर बिस्वास त दिलाए नआत्तिनु भन्दै तर उस्को कुरो सुनेर शरीर को ताप्क्रम बढेर मुटु को धड्कन तेज हुँदै थियो

उस्को कुरा गरि चाल ले अब इन्कार नै गर्छे जस्तो लाग्यो आँखा खोलिम खोलुम भयो

श्वास ओरस्वास बढ्यो कान रातो तातो भयो म बसेको छु कतै तर कसरी बसेछु त्यो बृसिन लागे मेरो वरिपरि कोइ छन छैनन ख्याल पाइन ,

म आँखा खोल्दै उठ्न खोजे उस्को हाट छुटाउदै बाहिर निस्किए उस्लाइ जाउ को

इसारा गर्दै बाहिर निक्ले पछि उस्ले कफि को पैसा तिर्दै बाहिर निस्की म नजिकै बस्न मिल्ने ठाउँ म लामो सास फेर्दै बसे , मुख लाई दुई हात ले

बेस्सरी मुसार्दै केही नभए जस्तो गराए , उ म नजिकै आइ सकेकी थिइ

 

उ: सरि नरिसाउनु न ल
म;- नाइ रिसाको छैन इट्स ओक्के (मुटु माथि ढुङ्गा राखी हास्न परेछ भने जस्तै मन भरी पीडा राखेर उस्को अगि झुटो हासो फिस्स देखाए )
उ:- सरि यतिन्जेल सताएको रेल्ली सरि तपाइको एक्सप्रेसन हेर्न खोज्या थिय प्लिज सरि
( उस्ले फेरि पनि हात समाइ , अगि हात समातेर झट्का दिइ अब के गर्ने हो खै )
:- आइ लभ यु आइ रेल्ली लभ कैलै साथ नछोड्नुस सधै धेरै माया गरि रहनु है।
(मोरि को काम जति खेर हात समाती त्यति झट्का दिने रहेछ , मलाइ कुनै सपना देखे जस्तो बनाइ

 

अगि भर्खर तेस्तो नाइ भन्न खोज्ने ले अचानक आइ लभ यु भन्छे , मलाइ सपना देखे सरि बनाइ आफै मा बिश्वास भएन फेरि पनि अचम्मित पारी )
म:- हैन के भनेको एक पटक चिमोटेर भन त
;- ( रिसाए जस्तै गरि ) प्याट्ट पिट्दै , आइ लभ यु सो मच
:- म फिस्स हास्दै ,चिमोट्न भन्या पिट्नु पर्छ त , लभ यु अलट , कैलै साथ छोड्ने छैन ए एक्लो महसुस गर्न दिने छैन
( नारी जात लाई भगवान इन्द्र ले नि बुज्न सक्दैनन भन्थे बुढापाका ले हो रैछ क्यारे )
उस्ले मेरो हात बेस्सरी समाती , मान्छे को आवातजावत बाक्लिदै गएको थियो समय ७ बज्न लागेको थियो । हामी त्यहा बाट हिड्ने सुर गर्यौ ।

 

%d bloggers like this: