कथा :- किनार -8

कथा किनार भाग ८

 

फेसबुक को पासवोर्ड बनेकी उ म भन्दा मेरो फेसबुक उस्ले नै चलाउने गर्थी ।

 

उस्ले मेरो उपनाम (निक नेम) पत्लु राखेकी थि प्राय बोलाउदा नि पत्लु नै भन्ने गर्थी ।

 

कैले काइ निक च्यानल मा दिने मोटुपत्लु हेरे पछि मलाइ प्रस्न गर्ने गर्थी हजुर को टुप्पी खोइ ,

 

बाहुन को छोरो रे टुप्पी छैन भन्दै मुसुमुसु हास्थी । उ हासेको मन पर्ने भएर मैले नि जिस्किदै मुसा ले खायो भन्थे

 

अनि हामी हास्दै १ कक्षा मा पढेको कुखुरी का बासी भात खा कबिता सम्जदै

बिरालो ले खायो

खोइ बिरालो


गाई को कुल्च्यो भन्दै एक लहरै हास्थ्यौ ।

 

उ अल्लि चर्को चर्को हास्ने गर्थी अनि उस्लाइ धेरै चर्को हास्दा छिमेकी ले था पाएर तर्सेला भन्थे त्यसो भन्दा झन सन्केर चर्को हास्ने गर्थी ।

 

कैले काइ त उस्को हासो ले गर्दा ममि को गाली नि खाएकी छ राती फोन मा बोलेको बेला ।

 

म काम मा थिय त्यतिकै मा फोन उस्को फोन आयो । प्राय उ म काम मा हुदा फोन गर्ने गर्थिन । म फोन उठाउदै

हजुर
पत्लु घर जादा मलाइ भेट ल कति खेर जान्छौ

म हस हुन्छ भरे ५ बजे तिर भन्दै फोन राखिदिए र काम गर्न लागे ।

 

काम गर्दा गर्दै ५:१५ भै सकेछ म पसल को दाइलाइ म जान्छु भन्दै निस्किए

 

अनि मोबाइल निकालेर उस्लाइ फोन गरे सहिद चोक आएर बसेकी रहिछ । म सिदै उ भको तिर गए जाने बित्तिकै

 

रिसाए जसरी पाखुरा मा हान्दै ” जैले कुराउन मात्र जान्या छ है समय को महत्व था नभको केटा भनी “

म जिस्कदै त छस नि त मलाइ किन समय याद राख्न पर्यो भने । खुब जान्या छ कुरा भन्दै उस्ले टप रेस्टुरेन्ट मा जाउ

 

भनी म उस्लै अगि लगाउदै गए रेस्टुरेन्ट पुग्यौ उस्ले कोल्ड डृन्क र केक अर्डर गरि मलाइ था थियन उस्ले के गर्दै छ

 

म चुपचाप उस्लाइ हेर्दै थिय उस्ले आँखा बन्द गर्न लगाइ म केही नबोली आँखा बन्द गरे हात तानी र केही लगाइ दि अनि

 

आँखा मा चुम्दै आँखा खोल्न भनी म आँखा खोल्दै हेरे घडी थियो मैले घडी तिर हेर्दै गर्दा उस्ले भनी अब समय को महत्व बुज्ने गर ।

 

म उस्को निधार मा चुम्दै एक कसिलो अङालो मार्दै लभ यु बुढी भन्दै अङालो मा बेरि रहे ।

 

हामी ले एक अर्कालाइ भेटेर र बाताबरण

अनुकुल उस्ले आँखा मा त मैले निधार मा चुम्ने गर्थ्यौ माया गरेको भन्दै ।

 

उस्ले भन्ने गर्थि हजुर को आँखा नसालु छ यो आँखा र हजुर मा कसैको नजर नलागोस र मैले तिम्रो भाग्य अब मेरो तिमी मेरो ।
अर्डर गरेको चिज आयो खायौ खर्च उस्ले नै तिरि, म भर्याङ बाट झर्दै गरेको बेला सोधे आज के दिन र के कुरा को स्पेसल मा यो गिफ्ट पाए ।

 

आज बुवा ले पैसा पठाउनु भथ्यो अनि मलाइ सपिङ गर्दा यो घडि मन पर्यो अनि लिग्दिए भनी । उ त्यस्तै थि प्राय उस्ले आफ्नो सपिङ गर्दा मलाइ नि केइ न कै लिदिने गर्थी ।
हामी D mama , नेपाल बङ्गालादेस बैन्क हुँदै तल झर्यौ , र उ स्कुटी चढेर घर तिर लागि र म बसपार्क तिर ।
#भुत
#धुम्रपान_स्वास्थको_लागि_हानिकारक_छ
#ट्राफिक_नियम_पालना_गरौ_आफ्नो_ज्यान_आफै_बचाउ
….To Be Continued…..

%d bloggers like this: