कथा: माझि-भाग:-१

 

साझ पर्न लएको थियो घा अस्ताउदै थियो चैत महिना को मौसम सफा रोमणिय देख्दै थियो । हुन त पोखरा लाई प्रसिद्द रुप मा चिनाउन सफल भएको ताल हो किन राम्रो नदिखियोस ।

 

त्यै माथी घाम का किरण ले झनै सुन्दरता कायम गर्देको थियो जस्तै एक सारी मा लपिएकी नारी लाई गहना ले श्रृङ्गार गरे जस्तो ।

 

पर एक डुङा र बोटे दाइ , पहिलो पटक फेवाताल आको पहिलो पल्टक नै डुङा मा चडेर पानी मा सफर गर्न मन लाग्यो । म खाइरहेको चुरोट भुइ मा फाल्दै कुल्चिए र डुङ्गा तिर गए ।
म: ए काका फेवाताल घुम्न मन लाग्यो , एक चरन घुमाउनु न ल ( हेर्दा उमेर ले मेरो बुवा जस्ती देखिनु हुन्थ्यो , बोलाउन सजिलो लागेर काका सम्बोधन गरे )

 
: साझ परिसक्यो बाबू अब घर तिर जानू पर्ने होला
: म पनि जाने हो चिन्ता नगर्नु आज पाहुना बनेर यो फेवाताल आको छु यस्ले मलाइ स्विकार्छ कि नाइ हेरुम ।

 

: ल भाइ आइ हाल चाडो साझ पख आछौ तर पुरै घुमेको त अल्लि धेरै नै पैसा लाग्छ नि

: हुन्छ ( डुङ्गा माथि चढे)
काका डुङ्गा खियाउन लाए , म सुर्य चुरोट अस्ताउन लाको घाम सङ सल्काउदै धुवा उडाए
: काका हजुर नि लिनु हुन्छ
: लेउ लेउ भाइ खाउ ,( मैले आफै सल्काउदै दिए )
(धुवा आकाश तिर उडाउदै स्वच्छ फेवाताल लाई दुसित बनाउन पिच्च पानी मा थुक्छु)
: ल भाइ दिन को समाधिकालिन मा आछौ सङित मा झुम्नु बडा मज्जा आउँछ ( मोबाइल निकाल्दै नारायण गोपाल को गित ” मन्दिर मा छ कि मुर्ती मा माया ”
: अरे वा काका दामी गित बजाउनु भयो त
: के गर्नु भाइ पुरानो ख्याल को परे पुरानै गित मन पर्छ , आज्काल का ती चाक र छाती मात्र हल्लाको भन्दा त

: सहि भन्नू भो , अनि हजुर को नाम चै के नि ?

: सन्त बहादुर बोटे , बोटे माइला नि भन्छन धेरै जसो तिम्रो कता हो पाहुना भन्छौ
: निकेस शर्मा , चितवन बाट , हजुर को घर कता नि
: मेरो यहि बाजेको होटेल एन्ड लज पछाडी , था छ होला भाइ लाई नि पोखरा को प्रसिद्ध होटेल बेस्यालय भनेर नि चिनिन्छ
: नाइ काका ऐले सम्म तेस्तो लय चिनिने मौका लिएको छैन
: हो भाइ तेस्ता लय को लत मा नपर , मेरो घर तेस्तै पैसा बिक्ने र** को पछाडी बिग्रेर गयो ।
:हैट होर , अनि काका सुन्छु माझी अनि बोटे हरुको त जिन्दगी को कहानी बडा रोमान्चक हुन्छ रे , हजुर को नि कै होला सुनाउनु न त
: ( थकाइ लाए जसरी हात लाई हल्का बिसाउदै , सुस्केरा हाल्दै ) के गर्नु भाइ रोमान्चक भएर मात्र सुखद पनि भएपो
: भाइ लामो छ ऐले भनेर भ्याइदैन , यै फेवाताल ले धेरै प्रसङ जोडेको छ , फेवाताल ले मलाइ स्विकारो र मैले फेवाताल

 

लाई नत्र अरु सब आ आफ्नो स्वार्थ को लागि आए गए , कति रमाइलो को लागि आए रमिएर गए , कति यात्री बनेर

आए कोइ सहयात्री बन्छु भनेर आए छाडेर गए । यो एउटा डुङ्गा छ भाइ जस्ले मेरो हमेसा साथ देछ मलाइ जिउन सिकाको छ ।

म १६ बर्स को थिय भाइ बा बिते , हामी तिन दाजु जेठो दाइ ले सबै लाई अंसबन्डा गर्दिए मेरो भाग मा चार गठ्ठा जमिन पर्यो ।

 

उ बेला पढाइ भन्दा काम ठूलो भन्थे आमा त पैलै बितेकी हुन ।

 

दाइ जेठो बाठो बिहे गरो , म हल्लिदै हिन्थे भाइ लाई जेठो दाइ ले पढाउछु भनेर लायो ।

 

एक्दिन यै बस्या थिय पल्ला गाउका बिर्खे काका ले डुङ्गा चलाउन सिकाय अनि मलाइ गर्नलाइ छाडे ।

दिन मा एक दुई सय कमाइ हुन्थ्यो ।
( म चुरोट को बट्टा बाट चुरोट निकाल्दै फेरि सल्काउन लागे र एक दाइ लाई दिए , दाइ डुङ्गा खियाउदै धुवा उडाउदै कहानी भन्न लाए)
घर मा जैले भाउजू को किच किच हुन्थ्यो सानो भाइ सानै बल्ल ५ पडन थाल्याथ्यो ,

 

म ढिलो ढिलो घर जान्थे । पोखरी को छेउ मा माछा लाई जाल थापे एक दुई परि हाल्थे घर गएर अचार हुन्थ्यो ।

सधै जसो डुङ्गा लाई किनार लाउन थाल्या थिय एउटि अधबैस आईमाई आइ । भन्न थाली फेवाताल घुमाउनु न मैले नाइ हुन्न डुङ्गा

 

थन्काइ सके भने पनि उस्ले जिद्दी गर्न थालि । फेरि डुङ्गामा उस्लाइ राखेर फेवाताल को पानी सङ खेल्न थाले ,

 

उ हेर्दा राम्रै घर कि जस्तो देखिन्थी राम्रो लुगा पहिरन तर चन्चल स्वभाब्की जस्ती कति केर पानी क्बेकाउथी कति खेर यता उता चलिरहने ।

 

म उस्लाइ घुमाएर इनार छेउ आए उस्लाइ उतृन लगाए । उस्ले मेरो नाम सोधी मैले भने तर उस्ले आफ्नो नाम मैले नसोधी भनी ।

 

मेरो नाम सुमित्रा कट्टुवाल पर्बत बाट आको ,
: ए ए ल पैसा लेउ बैनी २० रुप्पे
उस्ले पैसो दिदै कस्तो खाल्को सुरु मै बैनी रे भन्दै ठुस्स परेर घर तिर लागि म माछा लिएर घर तिर लागे ।

 

त्यति कुरा सुन्दासुन्दै एक पटक घुमिसकेछ फेवाताल , उहाँ को जिबनी सुन्दा र फेवाताल को चिसो हावा चुरोट को स्वाद ले ख्यालै भएनछ

;ल भाइ अब घर जान पर्छ , कति दिन का लाहुना होउ

; एक हप्ता को हो दाइ अब बाकी कहानी कैले सुनाउनु हुन्छ
: ल भाइ भोलि पनि यै समय मा आउ अनि कुरा गरौला नि
म गोजि बाट चुरोट र पैसा निकस्ल्दै आफू ले चुरोत सल्काए र पैसा दिए
: ल त माइला दाइ म नि गए भोलि यै समय मा आउछु नि
: हुन्छ हुन्छ भाइ कहाँ बसेछौ ऐले
: मनकामना होटेल मा बस्या छु
: ए ए हुन्छ भाइ राम्रो सङ जाउ
म होटेल तिर अ्किए बोटे दाइ माछा जाल बाट निकालेर घर तिर लाए

 

( धूम्रपान तथा माधकपदार्थ स्वास्थ को लागि हानिकारक छ)
( स्वच्छ राखौ घर वरिपरि , ऐतिहासिक सम्पदा को सुरक्षा गरौ)
#भुत
#माझि
To be continue….

%d bloggers like this: