कमल अर्यालको राजनितिक बिस्लेषण

राजनीति आफैमा त्यति घृणित हैन तर राजनीतिलाई विगतका केही र वर्तमानका केही नेताहरुले गर्दा आज राजनीति लाई गलत अर्थले हेरीन्छ। अब पनि आजका तपाई हामी जस्ता युवाहरुले ति भ्रष्टहरुले गरिरहेको राजनीती मूकदर्शक भएर हेर्ने हो भने देश दुर्घटनामा पर्ने प्राय निश्चित छ। मेरो मनले नियालेर हेर्दा यो दुर्घटना बाट बचाउने प्रयास अबका युवाहरु, जसले देश र आफ्ना सन्ततीको विकासका लागि केही गर्नै पर्छ भन्ने भावना बोकेका होउन।
यसै सन्दर्भमा मैले एक युवा जमातको सहभागीता भएको ‘विवेकशील नेपाली दल ‘ को भावी योजना र उसले देशप्रति गरेको सकारात्मक सोचहरु अध्ययन गर्दा यो दल बिलकुलै अलगधार भएर चलेको अनुमान लगाए र म पनि यसैमा समाहित भएर एउटा ईटा थप्ने काम गर्ने निर्णयमा पुगेको छु।
३५ बर्षको उमेर सम्म कसैलाई भोट नदिएको म एकाएक किन यो दलमा उत्प्रेरित भए त ? यसको जवाफ chheparo.com हेर्नुस ।
विगत र वर्तमानका केही भ्रष्ट नेताहरुको पछाडी पंखा लिएर लाखौं युवाहर हिडेर तपाई हाम्रो व्यक्तिगत स्वार्थ त पुरा भए होलान तर हाम्रा सन्ततीले तपाई हामीलाई नै धिक्कार्ने छन यो पक्का हो। भ्रष्टहरुको पछाडी लागेर देश कस्तो बाट कस्तोमा परिणत भयो एकान्तमा बसेर हामी आफैले आफैलाई मुल्यांकन गरौ ।
बांचेर मरे सरहको जिन्दगी जिउनु भन्दा मरेर पनि बांचेको जिन्दगी जिउने कोशीश गर्नु नै तपाई हाम्रो आजको आवश्यकता हो। भ्रष्टहरुले गरेको राजनीतिक सोचलाई दाह संस्कार गरेर अब हामीले हाम्रो राजनीति गर्नुपर्ने हुन्छ । परिवार पाल्ने राजनीती हैन देश पाल्ने राजनीती हाम्रै पालादेखि गरौ धैर्यले काम गरौ गन्तव्य अवश्य भेटने छौं। भत्काउन समय लाग्दैन तर बनाउन निकै समय लागे झै हामीलाई पनि देश बनाउन केही समय अवश्य लाग्नेछ यसमा आत्तिनु पर्दैन तर बेलैमा बिचार गर्नुपर्छ नत्र पछी पछुताउनु सिवाय कुनै बिकल्प रहने छैन । जसरी एउटा खोला सागरसम्म पुग्न निकै हण्डर र कैयौ अप्ठ्याराहरु पार गर्दै सागरलाई भेटछ त्यसरी नै हामीलाई पनि केही व्यवधान हरु आउलान यसमा सबै युवाहर मिलेर सागरसम्मको यात्रा तय गर्नैपर्ने हुन्छ । शान्त अनि समृद्ध नेपाल यदि हाम्रै जीवनकालमा बनाउने हो भने अब राजनीतिमा सक्षम व्यक्तिहरुलाई ल्याउनुको बिकल्प छैन,र अन्त्यमा पुन यो वेबसाइटमा
chheparo.com विवेकशील नेपाली दल ‘ को सोच, भावी योजना र यस दलमा तपाई हाम्रो अनिवार्यता छ वा छैन भन्ने विस्तृत जानकारी लिनुहुन अनुरोध गर्दछु ।

कमल अर्याल (कतार)

%d bloggers like this: