#कलेज_१-अरु बेला सुनेको मात्र थिए शहरमा केटीहरु ले छोटा लुगा लगाउछन भनेर!!

 

भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो ।

 

स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो ।

 

 

त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन ।

 

 

भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन ।

 

 

नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन ।

 

 

बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए ।

 

कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म ।

 

शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर ।

 

त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी गोलो आकारमा बेरिएको भाग लाई त्यत्तिकै राख्नु पर्ने ।

 

झिसमिस मा कोठा बाट निस्किएको म कलेज पुग्दा छर्लङ्ग उज्यालो भैसकेको थियो । आज ध्यान कलेज तिर भन्दा पनि आफ्नै पोशाक मा बारम्बार गैरहन्थ्यो खोइ के हेर्दै थिए त्यसरी आफैलाई थाहा थिएन ।

 

अरु बेला सुनेको मात्र थिए शहरमा केटीहरु ले छोटा लुगा लगाउछन भनेर आज त्यो आफ्नै आँखाले देख्ने सुनौलो अबसर मिलेको थियो । हेरिरहन मन लाग्थ्यो फेरि देखेर गाली गरे भने झन आपत त्यसैले आँखा छलिछलि हेर्थे ।

 

कसै कसैले त यति छोटा लगाउथे बस्दा हातले छोपेर बस्नु पर्थ्यो त्यो लुगा लगाउनु नलगाउनु को कुनै अर्थ थिएन तैपनी लगाएकै थिए र हिड्दा पनि हासको चालमा ढलक्ढलक गर्दै हिड्थे । यो सबै देख्दा मलाई अचम्म लागिरहेको थियो र एक्लै भित्र भित्रै हास्थे ।

 

आज पहिलो दिन त्यति अधेरै आएका थिएनन तर जति आएका थिए एकएक आफुमा नमुना थिए र नमुना मध्येको एक नमुना म पनि थिए ।

 

केटाहरु पनि कुर्कुचा सम्म को पाइन्ट लगाएका थिए र टाइट नै लगाएका थिए सबैले ।

 

सबैको पाइन्ट नियाले अनि आफ्नो हेरे अरुको भन्दा आफ्नो छुट्टै लाग्यो । उनिहरुको खुट्टा छिराउने ठाउँमा एउटा छिराउन पनि मुस्किन हुन्थ्यो तर मेरो मा दुइटै खुट्टा सजिलै छिर्थे । आज रमाइलो लागिरहेको थियो कलेजको परिवेश र रमझम देखेर ।

 

साथी हुने हरु ग्रुपमा थिए त नहुनेहरु म जस्तै एक्लै एक्लै बसिरहेका थिए । जब कसैको फोन आउथ्यो उहीँ गित बज्थ्यो हिन्दी सिनेमा गजनी को ” तु मेरी अधुरी प्यास प्यास तु “।

 

हट्टकट्ट खाइलाग्दो ज्यान भएकाले कपाल पनि उस्तै गरेर काटेका थिए सायद तिनिहरु कलेजका अमिर खान होलान मनमनै सोचे । सरहरु बाइक मा हुइय आउथे उत्तिबेलै निस्किन्थे खोइ के थियो त्यस्तो सास फेर्न पनि हतार थियो उनिहरु लाई ।

धेरैबेर बसेपछी पढाइ हुने छाट काट देखिन र बाहिर निस्किए । अचम्म परे भित्र भन्दा त बाहिर पो विद्यार्थी धेरै थिए ।

 

कलेजकै पोशाकमा होटेल मा बसेर कोहि चिया र चुरोट मज्जाले उडाउदै थिए त कोहि चिया मा दुनोट चोपेर खादै थिए । भोक त थिएन तर पनि साथी त बनाउनु नै थियो यहि सोचेर म पनि होटल तिर सोझिए…

 

 

%d bloggers like this: