#कलेज_10-के भन्छन अरुले थाहा पाए भने डराए जस्तो गरि बोलिन ।

अङाल्न आइपुगिन र सुक्क सुक्क गर्दै रुन थालिन ।

 

के भयो एक्कासि किन रोएको अङालो बाट हटाउदै सोधे । केही भाछैन नम्रता मसिनो स्वरमा बोलिन ।

 

हिन्दी सिरियलको जस्तो उनी बेला बेला मा रोइहाल्थिन तर किन रोएको तिमी भन्दा जवाफ उहीँ आउथ्यो ।

 

उनको मनमा सुनामी नै गएको भएर होला आज मेरो धेरै नजिक भएकी थिइन ।

उनको निराशापन लाई अन्त्य गर्नको लागि भोक लागेको निहु बनाए नम्रता खाना खाउ न त अब चिसो हुन्छ फेरि ।

 

उनी केही नबोली बसिन म उठेर दुई जनालाई खाना पस्किए । आउ खाना उनलाई बोलाए । भोक छैन तिमी नै खाउ केही कडा स्वरमा बोलीन ।

 

खाना उनको अगाडी लगिदिए र खान आग्रह गरे तर पनि मानिनन । ल भन त के भयो उनका सुनकेशरी कपाल खेलाउदै सोधे ।

 

आँखा चिसै थिए यत्तिकैमा सबैकुरा भन्न थालिन ।

कुमार तिमी संग कैयौ दिन बिताए कैयौ पल संगै रमाए मलाई कहिल्यै पनि तिमी म देखि टाढा जान्छौ भनेर सोचेको पनि थिइन ।

 

जब तिमी भेटिन्थ्यौ छुट्टै रमाइलो लाग्थ्यो सोच्थे जिन्दगी सधैभरी यसरी नै चल्ने भए । उनी आज अरु दिन भन्दा अर्कै अबस्थामा थिइम ।

 

चन्चल अनि धेरै बोल्ने उनी आज निराश हुँदै केही शब्द बोल्दै थिइन तैपनी सोचेर बोल्दै थिइन ।

 

आज पिकनिक मा जे भयो त्यो कुराले मेरो आँखा खोलिदियो ।

 

तिमी रक्सी खाएर सबैको अगाडि लडेपनी अरु ले जे सुकै भनुन तर मैले तिमी लाई बुझ्ने मौका पाए ।

जब तिमी लाई हामी ले राखेको ठाउँमा हेर्न गयौ त्यहा नदेख्दा मेरो तिमी प्रतिको मायाको बेग यसरी उर्लिएर आयो कि म आफुलाई सम्हाल्न पनि सकिन र थ्याच्च बसे ।

 

त्यही बेला तिम्रो साथीहरु ले मलाई निराश नहुनु भाउजू भनेर सम्बोधन गर्दा झन मनमा तिम्रो माया बढेर आयो अनि मैले बुझेकी म तिमी लाई माया गर्छु भन्ने ।

 

उनी आज धेरै निराश थिइन र मलाई पनि उहीँ अबस्थामा पुर्याउन खोज्दै थिइन ।

 

थालको भात चिसो भैसकेको थियो भने आज उनको कुरा छिटो सकिने छाटकाट नै थिएन त्यसैले हिन्दी फिल्मको डालगल मारे- ए पगली रुलाएकी क्या ?

उनी खिस्स हासिन । म जोडले हासेको देखेर होला भातको डल्ला ले नै प्रहार गरिन म माथी ।

 

बाकी जे रहेको थियो त्यो बाडेर खायौ । खाना खासकेपछी हाते ब्याग लिदै भनिन म जान्छु ल ?

 

म अकमक्क भए जाउ भन्न नि सकिन अनि बस भन्न नि सकिन । उनलाई हेरिरहे मात्र ।

 

उनी कोठा बाट बाहिर निस्किइन अघि सम्म झलमल्ल उज्यालो मेरो मन र कोठा एकैचोटि अन्धकार मा परिणत भए ।

 

केहि सामान छुटे जस्तै दौडिदै आइन म खुसी भए । के छोडियो उत्सुक हुँदै सोधे ।

उनी केही नबोली खोज्दै थिइन के खोजेकी हुन भन्ने थाहा त थिएन तर उनलाई साथ दिदै थिए खोजे जस्तो गरेर ।

 

जब म सिधा भए उनले सानो बच्चालाई जस्तो चुम्बन गरिन र जोडले अङालो हालिन ।

 

त्यसपछि उनी जान खोज्दै थिइन मैले हात समाएर रोके उनलाई । जान्छु के भनेर मन चोर्दै थिइन मेरो तर मैले यहि बस भने ।

 

के भन्छन अरुले थाहा पाए भने डराए जस्तो गरि बोलिन ।

 

अरुले जे सुकै भनुन तर तिमिलाई नराम्रो लाग्दैन भने नजाउ ।

 

मेरो कुरा सुनेपछि हाते ब्याग टेवल तिर मिल्काइन र खाट माथी बसिन ।

मैले सुत्ने ब्यबस्था मिलाउदै थिए । हामी मनले नजिक थियौ त्यसैले शरीरलाई टाढा बनाउन खोज्दै थिए ।

 

पातलो पलास्टिकको गुन्द्री भुईमा ओछ्याए र आफुलाई सुत्न मिल्ने बनाए ।

 

उनी खाटमा सुतेर भुईमा सुतेको मलाई हेर्दै कुरा गर्दै थिइन ।

 

बेला बेला जिस्काउदै भन्थिन आउनु न माथी नै म केही भन्दिन अनि हास्थिन ।

 

म निदाएको बाहाना बनाएर सुत्थे उनी खाट बाट तन्केर नाक तानिदिन्थिन ।

 

गफ गर्दा गर्दै रात धेरै भैसकेको थियो । बत्ती निभाइदिउ उनलाई हेर्दै सोधे ।

इशाराले हुन्छ भन्ने जवाफ दिइन म बत्ती निभाएर पल्टिए ।

 

यसपछि हामी नबोली सुत्यौ ।

जब रातमा ब्युझिए मेरो हातलाई उनले सिरानी बनाएर सुतिरहेको देखे मेरै छेउमा ।

 

उनी पनि टाढा कि त थिइनन जे भए नि एकाअर्कालाई माया गर्थौ हामी ।

 

छेउमा सुतिरहेकी उनलाई आफुतिर तानेर चुम्बन गरे र न्यानो अङालोमा सुताए उनलाई ।

 

बिहानिको आलाराम ले ब्युझाइदियो हामी लाई

…….. क्रमशः

%d bloggers like this: