#कलेज_11-रेप गर्दिन के नडराउनु यहि फेर्नु न बाहिर त जान्न म ।

बिहानीको आलाराम ले ब्युझाइदियो हामी लाई ।

 

उठ्न मन नलाइ नलाई उठे कलेज जानू थियो । नम्रता उठ्ने हैन उनी झन कोल्टे फर्केर आनन्दले सुत्न थालिन ।

 

म फ्रेस भएर चिया बनाउन लागे । उठ चिया खान कोट्टाउदै बोलाए । उठेर जिउ तनक्क तन्काउदै लामो हाइ काडिन ।

लिउ चिया उनको अगाडि राख्दिदै भने निन्द्रा मै भएपनि चिया पिउन थालिन ।

 

उनी उठेर फ्रेस हुन गइन म त्यही मौका छोपेर कलेज को पोशाक लगाए र तयार भएर बसे

 

आज नजाउ के अल्छी लागिराछ नक्कल पार्दै बोलिन।

गएर आइहाल्ने साथी भेटेर उनलाई सम्झाउदै बोले ।

तिमी पनि कलेज ड्रेश नलगाउन त म संग आज ड्रेस छैन नजिक आउदै बोलिन ।

 

ल ल हुन्छ तिमी बाहिर जाउ न त म लुगा फेर्छु मेरो कुरा सुनेर उनी हास्दै बोलिन रेप गर्दिन के नडराउनु यहि फेर्नु न बाहिर त जान्न म ।

 

उनको कुराले मलाई नै लाज लाग्यो र यत्तिकै उभिइ रहे ।

 

जाउ न प्लिज उनलाई बाहिर जान अनुरोध गरे ह्या भन्दै मुख बिगादै बाहिर निस्किइन म तयार भए ।

हामी निस्कियौ कलेजको लागि साथमा कलम बाहेक अरु केही थिएन नया बिबाहित जोडि घुम्न हिडे जस्तो गरेरै हिडिरहेका थियौ ।

 

कलेज नजिक पुग्ने बित्तिकै साथी ले जिस्काउदै भन्यो कता हो दाइ भाउजू ? आज उनी र म साथी मात्र थिएनौ प्रेमी प्रेमिका भैसकेका थियौ त्यसैले जवाफ पनि उनी आफैले दिइन कता हुनु देवर बाबू !

 

यतै तिर भन्दै लाजले शिर निहुराइन । ल बधाई छ साथिले हात मिलाउदै र धाप मार्दै बधाई दियो बिहे नहुदै बधाई पाएकोमा म औधी खुशी थिए उसलाई पनि धाप मार्दै भने धन्यवाद तलाई पनि ।

 

साथी बाट नै थाहा पाए आज पनि पढाइ भएको छैन भन्ने किनकी पिकनिक गएका आधा जसो आएकै थिएनन त्यसैले होला जति विद्यार्थी थिए सबै बाहिरै थिए ।

यत्तिकैमा अर्को साथी आइपुग्यो छोड्यो तलाई हिजोको ले फिस्स हार्दै सोध्यो ।

 

छोड्दे बितेका कुरा बितिसके नया कुरा गर नया नेपाल मा कुरा घुमाउदै बोले ।

 

हिजो को त्यही कुरा गर्दा नम्रता लाई नरमाइलो लाग्ला भनेर मात्र नत्र साथि मात्र भएको भए भन्दिहाल्थे किन खुवाउछ्स र आज पनि भनेर ।

 

पढाइ नहुने भएपछि केही बेर बसेर हामी छुट्टियौ सबै आ आफ्ना घर कोठा जे छन त्यतै लाग्यौ ।

कलेज जाने र आउने त्यो बाहेक अरु काम थिएन । नोट लेख्नु र पढ्नु भएको औसी र पुर्णिमा जस्तै थियो ।

 

खाना बनाएर खाए अनि पल्टिए बर्लङ खाटमा । कता कता एक्लो लाग्यो ।

 

हुन त आज सम्म यो कोठामा जति दिन ,महिना बिताए त्यो एक्लै बिताएको थिए

 

तर कहिल्यै एक्लोपनको आभास भएको थिएन तर आज उनको याद संगै एक्लोपनले छोइसकेको थियो ।

 

त्यो एक्लोपन लाई सिरानी ले साथ थियो हिजो जस्तै गरि सिरानी लाई अङालोमा लिए र निदाउने प्रयास गर्दा गर्दै निदाएछु ।

 

घरबेटिको घरको झगडा ले गर्दा निन्द्रा खुल्यो ।

मान्छे भन्दा धेरै कुकुर पालेका थिए घरबेटी ले बरु साना छोराछोरी भुईमा कुदिरहेका

 

हुन्थे कुकुरका बच्चा काखमा हुन्थे म प्राय उनिहरुको यो चर्तिकला झ्याल बाट चियाएर हेर्ने गर्थे ।

 

हेर्दा घरबेटी बुढा बुढी दुबै आधुनिक देखिन्थे लवाई मा बिशेष ध्यान दिन्थे जता जान्थे संगै जान्थे अनि के कुरामा चित्त बुझेको छैन त्यो कुरा मा चर्काचर्की गर्थे कतै सामान फालेको त कतै सिसा फुटेको आवाज आइरहन्थ्यो ।

गएर सम्झाउ कुनै नाता छैन ।

 

बुढाबुढिको झगडा परालको आगो आफै निभ्छ यहि सोचेर सधै कान थुनेर बस्थे ।

 

यत्तिकैमा मोबाइल हेरे ओहो कति धेरै चोटि फोन गरिसकिछन उनले तर मैले थाहा नै पाइन ।

खाटमै थियो आफै थिचिएर शान्त भएको रहेछ । देख्ने बित्तिकै फोन गरिहाले सोचेको थिए बादर कहाँ हो के ?

 

फोन उठाउन नि गार्हो है भयो अब फोन गर्दिन भन्छिन कि भन्ने तर नम्र हुँदै र भनिन के गर्दै छौ ?

सुतिराछु अनि तिमी ?

 

तिम्रो कोठा बाहिर यति भनेर फोन राखिदिइन झ्याल बाट टाउको बाहिर निकालेर हेरे नभन्दै उनी त्यही थिइन र फेरि फोन लगाएर भित्र आउन भने उनी आउदै थिइन मन जोड जोडले धड्किदै थियो.

….. क्रमशः

 

%d bloggers like this: