#कलेज_12-

मन जोड जोडले धड्किन थाल्यो ।

 

ढक्ढक ढोका हान्दै थिइन उनी भित्रै बाट बोले खुल्लै छ आउ ।

 

जब उनी आइन म उनलाई नियालेर हेर्न थाले । झ्याल बाट हेर्दा ख्यालै नगरेको रैछु ।

 

अरु दिन भन्दा भिन्न न त छोटो स्कट थियो नत भित्रको अङ संगै चपक्क टासिएको पाइन्ट र टिसर्ट नै ।

 

कहिल्यै गाजल अनि लाली नलगाएकी उनको आँखा गाजल अनि ओठमा गुलाबी लाली थियो अनि सेतो कुर्था सलबारमा थिइन ।

साचै आज उनी सुन्दर देखिएकी थिइन । सधै अरु पोशाक मा देख्ने भएर होला आज उनलाई यस्तो हुलियामा देख्दा अचम्म लागिरहेको थियो ।

 

आउ न बस किन उभिएकी उनलाई केहिबेर हेरेपछि बोले । बल्ल फुर्सद भयो है बस भन्न पनि च्याठ्ठिदै बोलिन। के गर्नु त यति राम्री भएर आएकी छौ ध्यान उतै गयो बस भन्नै बिर्सेछु ।

 

उनी नजिक आएर बसिन केही भन्न खोजे जस्तो गर्थिन तर बोल्न सकिनन ।

के भयो तिमीलाई अरु दिन त मकै पड्के जस्तो गरेर पटट बोल्थ्यौ ? केही भाछैन एउटा कुरा भन्छु ल ?

 

उनका हजार कुरा सुन्न तयार मान्छे म एउटा कुरा भन्छु भन्दा नाइ कसले पो भन्ला र भन न छिटो हतार भैसक्यो उनलाई अताउदै भने ।

 

म अब पहिले जस्तो लुगा लगाउदिन ल । उनका कुरा सुन्नासाथ सोधे किन के भयो र ?

लजाउदै अनी टाउको काधमा राख्दै भनिन म त अब हजुरको घरको बुहारी हो नि त ।

 

उनको कुराले हास्न मन लाग्यो र मुस्कुराए अनि भने आज एक्कासि यस्तो कुरा कहाँ बाट सोच्यौ तिमिले ?

 

माया रैछ सबै कुरा मायाले नै सबै कुरा सोच्न बाध्य बनाउने रहेछ म हजुरलाई कहिल्यै गुमाउन चाहन्न त्यसैले म हजुरको नजरमा सधै राम्रो बनेर हिड्न चाहान्छु ।

उनको कुराले सोच्न बाध्य बनायो मलाई तिमिलाई जे ठिक लाग्छ त्यही गर जबसम्म तिम्रो सिउदोमा मेरो हातको सिंदुर हुदैन त्यो बेला सम्म म तिमिलाई केही कुरा नगर नलगाउ भन्दिन किनकी

म पनि चाहान्छु केही कुराले तिम्रो मन नदुखोस । बस्दै गरेकी उनी एक्कासि काखमा सिरान गर्न आइपुगिन म उनको कपाल लाई मिलाइदिन थाले ।

केहिबेर आँखा जुधे कताकता मनमा झड्का हान्यो नजर अन्तै डुलाए ।

 

मेरो आमाले भेट्न खोज्नु भएको छ तिमिलाई गएर उल्टो कुरा गर्ने हैन है भन्देको छु ।

 

काखमा लुटपुटिदै बोलिन । बिहे नगर्दै ससुराली कति भाग्यमानी म उनको नाक तान्दै भने ।

 

छि सिगान उनि हास्न थालिन ।

 

उनकै कुर्थामा हात पुछिदिए पछि किनिदिने आफैले हो पुछ्नु पुछ्नु मख्ख थिइन उनी र मलाई पनि मख्ख पार्दै थिइन र हामी दुई एकाअर्काको माया पाएर गमक्क थियौ ।

 

जाउ न हिड् काखबाट टाउको हटाउदै बोलिन । आमालाई लिएर आउछु भनेको छु ।

 

आज तिमी गएनौ भने म कहिल्यै बोल्दिन तिमी संग ।

 

एक्कासि यसरी जान त मन थिएन तर यहाँ आफ्नो मन भन्दा पनि उनको मनको सवाल थियो जो कहिल्यै नदुखोस भन्ने मेरो चाहाना थियो ।

 

ल ल जाउला नि एकछिन मा हुदैन । उनले हुन्छ भन्ने आशयले टाउको हल्लाइन ।

 

चिया पिउनु हुन्छ बनाउ?? म तिर हेर्दै सोधिन म जोडले हास्न थाले ।

 

तिम्रो मुख बाट पनि आज तपाईं हजुर भनेको सुन्न पाए धन्य छ भगवान !

अघिनै भनेको हैन म हजुरको घरको बुहारी भैसके भनेर उनी लजाउदै बोलीन र चिया बनाउन जान लाग्दै थिइन ।

भो नबनाउ चिया आज ससुराली मै गएर पिउछु हुदैन र ? खुशी हुँदै भनिन हस ।

 

हामी उनको घर तिर लाग्यौ घर पुग्दा आमा खाट मा सुतिरहनु भएको थियो मलाई देख्ने बित्तिकै अनुहार हसिलो बनाउनु भयो नजिक जाँदै नमस्कार गरे ।

उहाँ सानो स्वरले बोल्नु हुन्थ्यो मैले राम्रो संग बुझ्न सकेको थिइन नम्रता ले उहाले भनेको कुरा मलाई भन्दै थिइन आमाको छेउमा बसेर ।

 

एकैछिन मा आमा छोरीका आँखा आसुले भरिए नम्रता लाई हेर्दै भने के भन्नू भयो आमाले ।

हातले आँसु पुछ्दै रुन्चे स्वरमा भनिन सानै देखि माया पाइनन बा अर्कै लिएर गयो म

 

ओछ्यान मा ढले तर जे भएपनी यति धेरै माया गर्ने मान्छे भेटिछस अब म मरेपनी मलाई पछुतो हुने छैन यति भन्दा उनको गला बसिसकेको थियो ।

 

आमा ले उनको हात मेरो हात माथी राख्दै लामो श्वास फेर्नुभयो ……

%d bloggers like this: