#कलेज_13- मायालु त्यो अङालोमा बेरिन पुगे र लामो चुम्बन गरे ……..

उनको हात मेरो हात माथी राख्दै लामो श्वास फेर्नु भयो ।

जिन्दगीले कहाँ बाट कहाँ पुर्याएको थियो आज मलाई ।
समयले खेलाउथ्यो म खेल्थे यस्तै होला सायद जीवन भन्नू नै ।
कहिले हासो अनि कहिले खुशी सबै।कुरा समिश्रण नै बास्तबमा जिन्दगी थियो ।
अचानक कलेज मा भेटिएकी उनी आज मेरो सबभन्दा नजिकको पात्र भएकी थिइन ।

मैले त्यही बेला सोचेको थिए कि सिंदुर र पोते लगाउदैमा मात्र श्रीमान श्रीमती हुदैनन भनेर जब मन मिल्छ तब सबथोक हुन्छ ।

उनको आमाको अनुहारको खुशी देख्दा म पनि फुरुङ थिए अनि नम्रताको अनुहारमा पनि छुट्टै चमक थियो ।

मलाई हेदै भन्थिन “आमाको यस्तो हसिलो अनुहार आज पहिलोपटक देख्दै छु यो सबै हजुरको कारणले गर्दा हो ।

” उनी आमा खुशी हुनुको श्रेय मलाई दिन्थिन, म मुस्कुराउथे ।

” भोक लाग्यो होला बाबुलाई खाना खुवाउ छोरी” आमा सानो स्वरले बोलिन ।

भोक लागे त भनिहाल्छु नि आमा यो पनि मेरो आफ्नै घर त हो नि आमालाई हेर्दै भने ।

“जाउ आउनु ” यत्तिकैमा नम्रताले हात समाएर कतै जान अनुरोध गरिन, म उनको पछि लागे ।

सायद त्यो उनको कोठा हुनुपर्छ निकै मेहनत ले सजाएकी थिइन ।

कोठा सफा थियो अनि ठुला ठुला हिमाल तालका तस्वीर हरु टासिएका थिए म त्यही तस्वीर नियाल्दै थिए ।

“” दिदी”” यत्तिकैमा नम्रताले कसैलाई बोलाइन मेरो ध्यान उतै गयो ।

को दिदी हो??
तिम्रो आफ्नै दिदी कि ? मेरो कुरा सकिन नपाउदै जवाफ दिइन” मामाको छोरी ।”

ए ए सबैकुरा बुझे जस्तै गरेर टाउको हल्लाए।” आउनु खाना खान” अचानक दिदी आएर खाना को लागि बोलाउनु भयो, लाजले फिस्स हास्दै हुन्छ भने ।

बादर्नी एक्लै त लाज लाग्छ संगै खाने ल नम्रताको कान नजिकै गएर बोले उनी हास्न थालिन ।

हामी सबै संगै आमा भएको कोठामा गएर खाना खान थाल्यौ, आमा पनि भन्दै हुनुहुन्थ्यो ”

आज धेरै खाना खाए बाबू नानी हो तिमिहरुको खुशी देखेर ।”

आमाको यस्तो कुरा सुन्ने बित्तिकै नम्रताका आखा चिसा हुन्थे।

खाना खाइसकेपछी म फर्किन्छु भन्ने मनशायले आमालाई गएर भेटे अनि भने आमा फेरि फेरि आउदै गर्छु है अब म जान्छु भोलि कलेज पनि जानू छ ।

मेरो कुरा सुनेर नम्रता निराश भएकी थिइन आमाले के भन्नुहुन्छ भन्ने मा उनलाई निकै कौतुहलता थियो ।

” आमा कुमार जाने रे” आमाको नजिक बस्दै भनिन ।

सानो स्वरमा बोलेकी आमाको जवाफ मैले सुन्न सकिन

“नजान भन्नू भा छ आमाले यतै बस्नु रे आज”

नम्रता बोलिन । रात धेरै नै परिसकेको ले मैले पनि जाने कर गरिन ।

आमालाई छोडेर हामी नम्रताको कोठामा गयौ उनले टि भि खोलिन म बिस्तारामा पल्टिएर हेर्न थाले ।
आज तिम्रो पालो भुइमा सुत्ने उनलाई जिस्काउदै बोले । जे भनी नि नाइ नभन्ने उनको बानी सबैभन्दा प्यारो लाग्थ्यो मलाई । य
ति पिर भएर पनि कति धेरै बोल्छिन अनि कति मुस्कुराउछिन साचै उनको मनको चोट देख्न कसैले सक्दैन्थ्यो ।

उनको मनको चोटलाई उनकै मुस्कान ले जितेको थियो ।

रात छिप्पिसकेको ले सुत्ने तरखर गर्दै थियौ । आज भुइमा बिस्तारा थिएन हामी दुबै खाटमा थियौ एकअर्काको न्यानो अङालोमा थियौ ।

उनको शरीरको स्पर्शले अजिबको आभास दिलाउथ्यो हामी झन भन्दा झन नजिक हुँदै गयौ। पहिलोपटक मायाको मिठो अनुभव गरे मैले जब उनले आफ्ना कोमल ओठ लाई मेरो ओठमा मिलाइन ।

हामी एकाअर्काको मायामा हराउदै गयौ र अन्धेरी त्यो रातलाई रंगिन रात बनायौ ।

बिहानै निन्द्रा खुल्यो भित्तामा झुन्डाएको घडी हेरे कलेज जाने समय भैसकेको थियो अनि नम्रतालाई हेरे मस्त निन्द्रामा थिइन ।

उठाउन मन लागेन अनि उनी बिना एक्लै कलेज जान मन पनि लागेन ।
चिसो थियो उनलाई सिरक मिलाएर ओढाइदिए जाउ कि नजाउ मन दोधारमा थियो ।
उठ्नै लाग्दा उनले मेरो हात समाइन र नजान आग्रह गरिन म पनि उनको आग्रहलाई स्विकार गर्दै फेरि उनकै मायालु त्यो अङालोमा बेरिन पुगे र लामो चुम्बन गरे ……..
क्रमशः
%d bloggers like this: