#कलेज_14-यत्तिकैमा उनले फोन राखिन र झम्टेर अङाल्न आइपुगिन ।(last part)

फेरि उनको त्यो मायालु अङालोमा बेरिन पुगे र लामो चुम्बन गरे ।

बिहानी को चिसो मौसम अनि मस्त निन्द्रा अनि त्यसैमाथी उनको साथ धेरैबेर सम्म सुतिएछ ।
दिदी ले बोलाउने बित्तिकै हाम्रो निन्द्रा खुल्यो र एकसाथ उठ्यो । दिदी ले बनाएको मिठो चिया पिए संगै म फर्किने तयारी गर्दै थिए ।
“नम्रता तिमिलाई आमाले बोलाउनु भएको छ ” दिदी ले मलाई हेर्दै हास्दै भन्नुभयो ।

पक्कै पनि हाम्रै कुरा हुनुपर्छ मनमनै सोचे । नम्रता आमाको कोठामा गइन म उनकै कोठामा बसिरहे ।

धेरै समय भैसक्दा पनि उनी आइनन मन आत्तिन थालिसकेको थियो ।
एक्लै बस्दा मन झन आत्तियो र दिदी भएको ठाउँ तिर गए उहाँ खाना बनाउदै हुनुहुन्थ्यो म हेरेर बसिरहे ।

यसको केही समयपछि नम्रता हास्दै आइपुगिन म जान्न चाहान्थे कि आमाले उनलाई के भन्नू भयो भन्ने तर दिदिको अगाडी सोध्न पनि अफ्ट्यारो लाग्यो ।

उनी कोठामा छिरिन म पनि उनको पछि लागेर उनको कोठामा छिरे । “के भन्नू भयो आमाले मलाई भन्न मिल्छ ?

” आमाले भनेका कुरा सरसर्ती भन्दै गइन म सुनिरहे । पढ्दै छौ दुई जना ले नै पहिले राम्रो संग पढाइ सक्नु पछि नपढेर दुख पाउन सक्छौ

आफ्नो खुट्टामा उभिने बन्नु त्यसपछि बिहे गर्यौ भने तिमिहरु लाई नै जिन्दगी बिताउन सहज हुन्छ ।

आमाले भनेको यो कुरा मलाई पनि सार्है चित्तबुझ्यो ।

आमाके त भन्नू भएको छ तिमीहरु लाई बिहे गर्ने मन छ भने मैले बाटो छेक्दिन आज गरे नि भोलि गरे पनि तर आमा हुनुको नाताले भनेको भन्दै हुनुहुन्थ्यो नम्रता बोल्दै थिइन ।
तिम्रो के बिचार छ ? उनि बोल्दै गर्दा बिचैमा सोधे उनी सोचमग्न भइन ।
यत्तिकैमा मैले आफ्नो घरमा फोन लगाए किनकी बाबा आमा यी सबै कुरा बाट टाढा थिए र बा आमालाई पनि जानकारी गराउनु पर्थ्यो ।

हुन त मैले बिहे गर्छु भनेपछि बा आमाले नाइ त भन्नू हुदैन्थ्यो तर छोराको कर्तव्य पूरा त गर्नु पर्थ्यो नै ।

आमाले फोन उठाउने बित्तिकै भने आमा म त बिहे गर्दै छु ।

सायद एक्कासि बिहेको कुरा गरेको हुनाले र सधैजसो जिस्किने
भएर होला उहाले मेरो कुरालाई पत्याउनु भएन बरु भन्नू भयो राम्रो संग पढ अनि बिहे गर्लास । मैले हुन्छ भने ।
बुहारी संग बोल्नु हुन्छ कुरा हुँदै गर्दा सोधे को बुहारी हो खोइ दे त ।
फोन नम्रता लाई दिए आमा र नम्रता कुरा गर्दै थिए नम्रताले हस र हुन्छ मात्रै भन्दै थिइन आमाले के भन्नू भयो त्यो मैले सुनेको थिइन ।

यत्तिकैमा उनले फोन राखिन र झम्टेर अङाल्न आइपुगिन ।

कस्तो कुरा बुझ्ने हुनुहुदो रैछ मेरो सासू आमा अङालोमा कस्दै भनिन मैले सोचे घर परिवार पनि खुशी नै छन भन्ने ।

तर मेरो आमा र उनको आमाको चाहाना एउटै थियो आफ्नो खुट्टामा उभिए पछि मात्र बिहे गरे सुख पाउथ्यौ कि भन्ने ।

आमाहरुको मन तोड्न पनि त मिलेन । बिहे नभएपनि हामी एकाअर्का संग भेट्न पाउथ्यौ बस्न पाउथ्यौ फरक यत्ती थियो कि

उनको सिउदो मेरो हातको सिन्दुर थिएन । खुशी थिइन मेरी उनी अनि खुशी थिए म ।
उनको माया अनि दिदी पनि निकै खुशी हुनुहुन्थ्यो ।

त्यसपछि का दिनहरु हामी कहिले मेरो कोठामा बसेर त कहिले उनको कोठामा गएर बिताउथ्यौ तर जहाँ जान्थ्यौ संगै जान्थ्यौ एकपल पनि हामी छुटेर बसेनौ ।

पढ्न भनेर कोठामा बसेपनी कुरा माया कै हुन्थ्यो ।

पढाइलाई मायाले हराइसकेको थियो तर पनि हामी राम्रो अंक ल्याएर पास नभएपनी पास मात्र भएका थियौ यहि नै हाम्रो लागि खुसीको कुरा थियो ।
त्यति धेरै चन्चल अनि मलाई पहिलो नजर मा एकदम नक्कली लाएकी केटी आज मेरो श्रीमती बन्दै थिइन ।

न त उनमा अहिले त्यो चन्चलपन थियो न त कस्मेटिक नै ।

छोटा स्कट र टाइट लुगा लगाउन त उहीँ दिन देखि छोडेकी थिइन जुन दिन हामी एकाअर्काको अङालोमा बेरिएर एकाअर्कालाई मन पराउने र माया गर्ने कुरा गरेका थियौ ।

सिधै तिमी भनेकी उनले हजुर भनेर सम्बोधन गर्थिन अनि ती दिन सम्झेर म कस्ति थिए है भनेर आफै अचम्म मान्ने गर्छिन ।

हाम्रो बिहे भएको पनि पाच बर्ष भैसक्यो आज ।

हाम्रो मायाको निशानी हाम्री प्यारी छोरी पनि छन आज हामी संग तर उनले गर्ने माया र मैले उनलाई गर्ने माया उस्तै छ अझै पनि झन भन्दा झन बढ्दै गैरहेको छ ।

एकदिन बिहानै उठाउदै भनिन बुढा कलेज जाने हैन ?

म आँखा मिच्दै उठे र घडी हेरे जब साथमा सुतिरहेकी छोरी देखे मैले मुस्कुराउदै भने

“कलेजको चिनो त उ त्यही सुतिरहेकी छ अब किन जानू?” यत्तिकैमा उनी आँखाभरी आँसु बनाउदै अङाल्न आइपुगिन ।

खाटको कुना सुतिरहेकी छोरी लाई हेर्दै हामी धेरैबेर अङालोमा रहिरह्यौ । 1f49e #कलेज_14-यत्तिकैमा उनले फोन राखिन र झम्टेर अङाल्न आइपुगिन ।(last part)💞1f469_200d_2764_200d_1f468 #कलेज_14-यत्तिकैमा उनले फोन राखिन र झम्टेर अङाल्न आइपुगिन ।(last part)💑1f469_200d_2764_200d_1f468 #कलेज_14-यत्तिकैमा उनले फोन राखिन र झम्टेर अङाल्न आइपुगिन ।(last part)💑1f469_200d_2764_200d_1f468 #कलेज_14-यत्तिकैमा उनले फोन राखिन र झम्टेर अङाल्न आइपुगिन ।(last part)💑

समाप्त ////
( यश कथाका लेखक अनिल सौगात सुवेदीलाइ धेरै धेरै धन्यवाद )

यसको साथै प्रेम कथाको पुरै पार्ट सकियको छ पार्ट पार्ट नबुझ्नु भयाका साथीले अब एकैचोटी सबै पार्ट पढनुहोला 1f642 #कलेज_14-यत्तिकैमा उनले फोन राखिन र झम्टेर अङाल्न आइपुगिन ।(last part)🙂

केही समयको अन्तराल पछी फेरि नया कथा ल्याउने छौ प्रतीक्षा गर्नुहोला ।

 

%d bloggers like this: