#कलेज_2-त्यो समयमा मेरा नजर त्यहा चिया चुरोट , दुनोट खादै गरेका अरु साथीहरु माथी परे ।

यहि सोचेर म पनि होटेल तिर सोझिए । होटेल भित्र छिर्ने बित्तिकै नजिकैको बेन्चमा बसेर साहुनी दिदी लाई चिया र दुनोट मगाए । मान्छेको भिड भएर होला चिया आउन केही समय लाग्यो ।

 

त्यो समयमा मेरा नजर त्यहा चिया चुरोट , दुनोट खादै गरेका अरु साथीहरु माथी परे ।

 

कुनै सुन्दर युवती को सुन्दरता नियाले जस्तै गरेर हेर्दै थिए उनिहरु लाई तर त्यो होटेल युवती भने एउटा पनि देखिन सबै केटाहरुको मात्र जमात थियो र सबै आफ्नै तालमा ब्यस्त थिए ।

 

चिनजान नभएर होला केही समय पछि हामी सबै परिचित हुनेछौ र साथी बन्नेछौ तर आज प्राय जसो एक्लै थियौ र कसैले कसैलाई बोलाउन सकिरहेका थिएनौ केवल हेरिरहन्थौ ।

 

निकै बदलिएको थियो हाम्रो जिन्दगी । स्कुल पढ्दा सबै किताब र कापी झोलामा बोकेर हिड्ने हाम्रो साथमा कलेज आउने बित्तिकै एउटा कापी मात्र थियो ।

 

त्यही कापी पनि कसैले मैले जस्तै झोलामा राखेका थिए त कसैले खल्तिमा । सोचेको थिए राम्रो देखिन केटी लाई मात्र मन हुन्छ भनेर तर म गलत रहेछु ।

 

केटा हरु पनि को भन्दा को कम भने जस्तो सबै ठाटिएर आएका थिए र राम्रा थिए । मान्छेपिच्छे फरक फरक अत्तरको गन्ध आउथ्यो ।

 

हिजो कलेज नजादा सम्म राम्रै लागेको आफ्नै पोशाक देखि भने आज चित्त बुझेको थिएन ।

 

सबैका टिपिक्कका थिए त मेरो झोले थियो ।चिया खाइसकेपछी पैसा तिरेर म बाहिर निस्किए र सिसौको रुख मुनि बनाएको चौतारोमा गएर बसे ।

 

यत्तिकैमा कलेज पोशाकमै भएकी छोटो स्कट अनि जमिन नै छेड्ला जस्तो तीखो सेन्डिल लगाएकि हेर्दै नक्कली पाराकी युवती नजिक आउदै बोलिन तिमी कलेजमा नया हो ? बोल्ने आट नै आएन टाउको मात्र हल्लाएर हो भन्ने जवाफ दिए ।

उनी पनि म संगै चौतारीमा बस्न आइपुगिन म केही पर सरे ।

 

उनलाई बस्न पनि निकै गार्हो भैरहेको महसुस गरेको थिए मैले तर पनि लाज छोप्न उनले आफ्नो खुट्टा माथी खुट्टा चढाइन मैले नजर अन्तै घुमाए ।

 

मेरो झोले पाइन्टको कपडाले यि युवती ले लगाएको जस्तो स्कट सिलाउन पर्यो भने दस भन्दा बढी पुग्छ होला मनमनै सोचे र मनमनै हासे । घर कहाँ हो तिम्रो ?

 

उनले मलाई आफू भन्दा सानो देखिन वा साथिको नाताले तिमी भनेर सम्बोधन गरिन त्यो त थाहा भएन। सानो देखेर तिमी भनेकी हुन भने सायद उनी सबैको दिदी बन्ने पक्का थियो किनकी झुस्स दारी जुङा पलाएको म मात्र थिए अरु हेर्दै

 

रहरलाग्दा र कलिला अनुहारका थिए । तर जे भए पनि पहिलो भेटमा नै कुनै युवतीले तिमी भनेर सम्बोधन गरेको भने यो पहिलो रेकर्ड थियो ।

 

भिरिराखेको आफ्नो झोला निकालेर काखमा राख्दै भने पर्बत अनि हजुरको ? उनी हास्न थालिन म अन्तै तिर फर्किए ।

 

मैले आज सम्म कुनै युवती लाई सुरुमै तिमी भनेर सम्बोधन गरेकै छैन र गर्न पनि अफ्ट्यारो लाग्छ बरु बिस्तारै चिनजान अनि नजिकिदै गएपछि तिमी पनि नभनी त भनेका उदाहरण पनि थुप्रै छन । मेरो सवालको जवाफ दिनुभन्दा पनि उनले फेरी म माथी प्रश्न तेर्साइन कहाँ हो यो पर्बत भन्ने ? उनको यो कुराले म अचम्ममा परे ।

 

अचम्ममा पर्नुको कारण यो थियो कि नजिकैको जिल्ला पर्बत थाहा नहुनु अनि कलेज पढ्न आउनु । उनको उत्तर दिनु भन्दा पनि पहिले जान्न मन लाग्यो उनी कहाँ कि हुन भन्ने त्यसैले जवाफ नदिइ सोधे हजुरको घर कहाँ हो र ?

 

छोटो जवाफ दिइन यहि पोखरा । मैले फिस्स हास्दै टाउको हल्लाए ।

 

हामी संगै चौतारीमा बसेको पनि धेरैबेर भैसकेको थियो र कलेज बाहिर को चहलपहल पनि उस्तै थियो तर हामीहरु त्यति खुलेर कुरा गरिरहेका थिएनौ अन्तरबार्ता लिए जस्तो सवाल जवाफ मात्र चलिरहेको थियो ।

 

कुरा गर्दै जादा थाहा भयो उनी मेरो क्लास मेट रहिछन । केही छिन को हाम्रो मौनता लाई तोड्दै बोलिन आउ चिया पिउन जाउ ।

उनको यो कुरा लाई सिधै इन्कार गरे नाइ मैले भर्खर पिएको हजुरले पिउनु ।

 

उनी बसेको ठाँउ बाट उठिन र धुलो झारिन सोचेको थिए सरासर जान्छिन होला भनेर तर उनी त मेरो अगाडि उभिन आइपुगिन म लाजले रातो भए ।

 

म संग चिया पिउन जान्छौ कि तानेर लैजाउ यति भनेर उनी बेसरी हास्न थालिन मेरो लाज अझै बढ्दै गयो । नगइ नहुने अबस्था आइलागेको थियो र म पनि उठ्दै भने हिड्नुस जाउ ।

 

त्यसपछि हामी केहिपरको होटेल तिर लाग्यौं …

………

 

%d bloggers like this: