#कलेज_4- लास्टको सिटमा गएर झोला राखे अनि त्यही बसे ।

जसको बोली गोलि जस्तो छ उसैको नाम नम्रता भनेर तर उनी गैसकेकी थिइन ।

 

मेरो कलेजको पहिलो दिन यस्तो होला भनेर सोचेको त के सम्झेको पनि थिइन वा भनौ अहिलेसम्म कुनै चलचित्रमा पनि देखेको थिइन जुन आज आफैले भोगेको थिए ।

 

उनले मिसकल गर्छु भनेकि थिइन त्यसैले अबेर नगरी खाना बनाउन थाले ।

 

यदि उनले मिसकल गर्ने बित्तिकै म बाहिर ननिस्के पक्कै उनी मेरो कोठामा आउनेछिन अनि मेरो लथालिङ्ग भएको कोठा ,

 

भित्तामा किला ठोकेर झुन्डाएका लुगा अनि गमलाको पानि मा डुवाएर राखेका झुठाभाडा देखेर पक्कै नाक खुन्चाउदै भन्नेछिन यो मान्छेको कोठा हो कि सुङुरको खोर ।

 

किनकी उनि बोल्न मा कन्जुस थिइनन र मनमा केही कुरा राख्दैन्थिन जे छ भनी हाल्थिन त्यसैले यसो नभनुन भनेर जति सक्दो छिटो खाना खाएर तयार भएर बसे ।

अरु दिन भन्दा भरसक आफुलाई राम्रो देखाउने प्रयास गर्दै थिए । बारम्बार ऎना हेरेर कपाल पानी ले भिजाउदै कोर्दै मिलाउदै थिए ।

 

कति बेला उनको मिसकल आउछ र बाहिर निस्किउला भनेर मोबाइल हेर्दा हेर्दौ साझ परिसक्यो तर उनको मिसकल आएन।

 

यता बाट गरौ भने के भन्लिन सोचेर फोन गर्न सकिन । रात झमक्क परिसकेपछी उनी आउदिनन भन्ने पक्का थियो त्यसैले तयार भएर बसेको म लुगा फेरेर खाना बनाउन थाले ।

 

रात परिसके पनि उनको फोन आउँछ होला भन्ने आश भने मरिसकेको थिएन पलपलमा नजर सिरानी माथी राखेको मोबाइल मा पर्थ्यो ।

 

बिहान कलेजमा के के भयो मनमा त्यही कुरा खेल्दै थिए खाना खाएर सुतेपछी । अरु भन्दा पनि उहीँ चर्को स्वभाव कि नम्रता संग बिताएको पल ले एक्कासि हमला गर्थे अनि म कोल्टे फर्किन्थे यत्तिकैमा निन्द्रादेबिको प्यारो भएछु ।

 

बिहानै उठेर लागे कलेज तिर हिजो भन्दा आज केही बढी नै चहलपहल थियो । चहलपहल तिर नजर लगाउदै सिधै पढाई हुने कोठामा गए । जब म कोठा भित्र छिरे सबैले यसरी हेर्न थाले कि म अर्कै ग्रह बाट आएको हु र नौलो छु ।

 

खासै बास्ता गरिन जसले हेरेपनी जसले जे भनेपनी । लास्टको सिटमा गएर झोला राखे अनि त्यही बसे ।

 

कोठाको चारैतिर नजर डुलाए नम्रता लाई कतै देखिन आउदै होलिन मनमनै सोचे । दुई पिरियड पढाइ भएपछि सबै बाहिर निस्किए र म पनि सबैको लहैलहैमा बाहिर लागे ।

सबै आफ्नै तालमा थिए अनि म आफ्नै । आज कक्षा कोठामा देखेका केही साथिहरु होटेल अगाडि देखे अनि त्यतैलागे र हामी सबैले सामान्य परिचय गर्यौ र चिया गफ गर्न थाल्यौ ।

 

साथिहरु संगको आजको भेट पनि एकदम रमाइलो नै थियो । हेर्दा उनिहरु सबै हट्टकट्टा नै थिए लुरे म मात्रै थिए ।

 

त्यही पनि हाम्रो मित्रताको सम्बन्ध दरिलो बन्नेमा म बिश्वस्त थिए । साथिहरु संग गफ गरेरै बसेको भएपनी नजर भने हिजो उनी संगै बसेको त्यही चौतारीमा थियो ।

 

छोटो स्कट कसैले लगाएको देख्ने बित्तिकै तन्किदै हेर्थे उनी नै हुन कि भनेर तर उनी नभएर अरु कोहि हुन्थ्यो । केहिबेरको चिया गफ पछि हामी कलेज भित्र लाग्यौ ।

 

पढाइ भएको थिएन कोहि डेस्क माथी बसेर कुरा गर्दै थिए त कोहि एक्लै भएर झोक्राउदै थिए अनि कोहि फोटो खिच्दै थिए जसले जे गरेपनी सबैको आ आफ्नो उदेश्य थियो पढेर ठूलो मान्छे बन्ने तर थाहा थिएन हामी हरु को पढेर ठूलो मान्छे

बन्ने सपना पूरा हुन्छ कि हुदैन भन्ने त्यो सबै आफ्नो र समयको हातमा थियो । कलेज समय सकिनै लागेको थियो त्यति बेला सम्म पनि नम्रतालाई नदेख्दा नरमाइलो लागेको थियो ।

 

हिजोको बिहान जसरी उनी संग बिताएको थिए त्यो मेरो जिन्दगीभर को लागि सम्झन योग्य पल थियो । मोबाइल निकालेर फोन लगाए सम्पर्क हुन सकेन भन्ने जानकारी दिइन मोबाइल भित्र कि दिदिले ।

 

सबै साथिहरु कोठामा फर्किने तरखर मा थिए म पनि झोला बोकेर बाहिर निस्किए । भोलि भेट्ने बाचाको साथ हामी छुट्टियौ र नम्रता लाई पनि भोलि त पक्कै भेट्छु होला भन्ने झिनो आश बोकेर एक्लै लखरलखर कोठा तिर लागे .

……क्रमशः

%d bloggers like this: