#कलेज_5-एकदिन कलेजको हिरो तरुनी संग गफ लडाउदै मस्किदै थियो पढाइ भएको थिएन ।

लखरलखर कोठा तिर लागे । दैनिकी नै भएको थियो मेरो नम्रता लाई सम्झिनु अनि कोठामा बसेर दिन बिताउनु ।

 

खोइ के जादु गरिन उनले एकैदिन मा यस्तो । प्रत्येक दिन कलेज जादा उनलाई नै भेट्ने आश मा हिडिरहेको हुन्थे म ।

 

जब कलेज पुग्थे नजर चारैतिर डुलाउथे उनलाई कतै नदेखेपछी सरासर साथिहरुको साथमा कक्षा कोठामा जान्थे ।

 

हप्तौ भैसकेको थियो उनलाई नदेखेको पनि र कक्षाको अरु साथिहरु पनि नजिक बन्दै थिए । हाम्रो ग्रुपमा एउटा यति राम्रो साथी थियो हेर्दा पनि हट्टकट्ट खाइ लाग्दो अनि मिलेको शरीर । सुन्दर रुप थियो उसको ।

 

उसको लागि कलेजका आधा जसो केटी हरु मरिहत्ते गर्थे । पढाई नहुने बित्तिकै उसकै वरिपरि झुम्मिन आइपुग्थे ।

 

मानौ त्यो कलेजमा उ कुनै सेलिब्रेटी भन्दा कम थिएन । हाम्रो ग्रुपको पाच जना मध्ये त्यही थियो हेर्न लायक को नत्र अरु हामी कोहि डल्ले कोहि लुरे यस्तै थियौ ।

 

केटी जति उसैको पछि हामी हेरेर बस्थ्यौ । राम्री केटी उसैलाई बाकी रहे पढनदास उनी हरुको छुट्टै ग्रुप थियो जता गएपनि पढाइकै कुरा गर्थे उनिहरु तर जोडि भनेर मिलाएकै थिए केटा जति थिए केटी पनि उति नै थिए ।

 

मौका मिल्नासाथ हामी जिस्काउन अघि सर्थौ तर हाम्रो बोली प्राय खेर नै जान्थ्यो हेर्दै नहेरी आफ्नो बाटो लाग्थे ।

 

ती मध्ये बाचेखुचेका केटीहरु बिबाहित थिए बिहान लोग्ने छोड्न आउथे पढाइ सकिने बित्तिकै लिन आउथे ।

 

त्यसैले म लगायत हाम्रो लभ पर्ने सम्भावना न्यून थियो त्यसैले फुर्सद मिल्नासाथ साथिहरु सुर्ती माड्न थाल्थे र हास्दै भन्थे त्यसमा भन्दा यसमै छ मजा । यो हाम्रो मन बुझाउने बाटो थियो । पढाई लेखाइ अनि बिस्तारै नजिकिदै जादा नम्रताको याद बिस्तारै हराउदै थियो ।

 

जब चिया पिएर होटेल बाट निस्किन्थे अगाडि त्यही चौतारी थियो उनको याद आउथ्यो अनि त्यो दिन सम्झेर मुस्कुराउथे र फोन लगाउथे तर जवाफ सधै एउटै पाउथे सम्पर्क हुन सकेन पुनः प्रयास गर्नुहोला ।

 

जति प्रयास गरेपनी सम्पर्क हुदैन भन्ने थाहा हुदा हुँदै पनि प्रयास गर्थे अनि फोन नलाग्नुको रिस मोबाइल लाई फेर्थे । महङो भए पो माया लाग्नु सस्तो मोबाइल न्याक्ने र फ्याक्ने गर्थे तर बलियो थियो ऎया कहिल्यै भनेन ।

 

एकदिन कलेजको हिरो तरुनी संग गफ लडाउदै मस्किदै थियो पढाइ भएको थिएन ।

 

म साथिहरु संग बाहिर निस्किए चिया पिउनको लागि ।

 

चिया पिउने पनि बानी नै भैसकेको थियो। पढाइ नहुने बित्तिकै होटेल पुगिहाल्थ्यौ ।

 

त्यो दिन पनि चिया पिएर बाहिर चौतारीमा बसेर तरुनी जिस्काउदै हास्दै गफिदै थियौ ।

उस्तै छोटो स्कट , हासको जस्तै चाल अनि उहीँ नक्कली पारा मा अचानक उनलाई देख्दा मुटुको धड्कन तेज तेजले धड्किन थाल्यो । तर उनलाई देख्दा अनायसै यस्तो किन भयो मलाई यो कुरामा म आफै अनभिज्ञ थिए। उनी म तिर आउदै थिइन तर साथमा स्कुटर थिएन ।

 

साथिहरु उसलाई नै जिस्काउन तरखरमा थिए मैले पहिले नै सचेत गराए उनिहरु त्यहा बाट उठेर कलेज भित्र छिरे ।

 

नजिक आउने बित्तिकै सोधिन सन्चै छौ ? मन्द मुस्कान दिदै बोले उम सन्चै छु अनि तिमी ? ओहो तिमी त धेरै बदलिसकेछौ त हजुर बाट एकैचोटि तिमी भनेर पो बोल्न थाल्यौ उनी हास्न थालिन ।

 

उनी संग नजिक नभए पनि उनको याद संग नजिक भएको भएर होला मेरो मुख बाट तिमी भन्ने शब्द निस्केको ।

 

हो त है बिर्सेछु टाउको कन्याएझै गर्दै बोले । उनी मेरो नजिक बस्दै नियालेर हेर्दै भनिन बल्ल दामी भएछौ ।

 

मैले उत्सुक हुँदै भने किन पहिले दामी थिइन र ? उनी चन्चल बानी उस्तै हासो हास्दै भनिन पहिले झोले थियौ अहिले पर्फेक्ट भएछौ ।

 

मलाई त झोले नै हुन मन थियो तर साथिहरु ले कर गरेर मात्र चुज गरेको सत्य कुरा खोले ।

उनी केहिबेर मौन रहिन । उनको मौनता लाई तोड्दै सोधे कहाँ हराएको तिमी यति धेरै दिन ?

 

केटा साथी ले जस्तै हातले अङालो हाल्दै भनिन जाउ कलेज भित्र म सबै कुरा पछि भन्छु तिमिलाई ।

 

चौतारी बाट ओर्लनासाथ हात आफै हटाइन अनि मेरो अगाडि उभिदै सोधिन कुमार तिमिले मलाई फोन किन नगरेको ।

 

नगरेको होइन नलागेको छोटो जवाफ दिए ।

 

मेरो याद कत्तिको आयो तिमी लाई यो उनको दोस्रो सवाल थियो मैले पनि उनले जस्तै गरि आफ्नो हात उनको कुम माथी राख्दै भने जाउ भित्र अनि सबै कुरा भन्छु ।

 

त्यसपछि हामी कलेज भित्र छिर्यौ साथिहरु मलाई हेर्दै आँखा झिम्काउदै थिए म मुस्कुराए …

……क्रमशः

%d bloggers like this: