#कलेज_6-खोइ कसरी तिमिले एक बिहान मा नै मन लुट्यौ मेरो ।

मलाई हेर्दै आँखा झिम्काउदै थिए म मुस्कुराए । हामि केही पर खाली चौरमा गएर बस्यौ ।

 

 

उनले बस्ने बित्तिकै आफू कलेज नआउनुको कारण बताइन उनको कुरा सुनेर मेरो आखा भरियो । बाहिर बाट झट्ट हेर्दा उनको मुस्कान ,

 

चन्चले बानी अनि त्यो हसिलो मुहार देख्दा कसैले पनि अनुमान गर्न सक्दैनन कि उनको मन भित्र कति पीडा छ भनेर ।

उनलाई मैले त्यो दिन मनै देखि सलाम गरेको थिए जब उनको बास्तबिकता सुनेको थिए । पैसा को त कुनै कमि थिएन उनलाई अनि बस्न लाई पनि सुबिधा सम्पन्न घर थियो ।

 

केही कुराको अभाब अनि कमि थिएन कमि थियो त केवल माया को । त्यो माया न त प्रेमी को थियो न त आफ्न्तको ।

सानै उमेरमा उनका बाबू उनलाई छोडेर गएका थिए । छोडेर जानुको मतलब माथी नभएर अर्कै युवतीको प्रेममा परेर नम्रता र उनकी आमा लाई त्यागेर अर्कै आमा लाई अङालेका थिए ।

 

हो त्यही दिन थियो नम्रताको खुशी खोसिएको दिन अनि नम्रताको आमाको सर्बश्व लुटिएको दिन । सहन नसकेर नै होला उनकी आमा त्यही दिन मुर्छा भएर ढलेकि थिइन । जुन दिन आमा मुर्छा परेर ढलिन त्यो दिन देखि आमा चल्न र राम्रो संग बोल्नै नसक्ने भएकी थिइन ।

 

नम्रताको सानो भाइ पनि थियो जो आठ कक्षा पढ्दै थियो उसले यो सब थाहा थिएन । उसलाई यति मात्र थाहा थियो कि उसका बा सन्सार देखि बिदा भैसके ।

 

उनले यति कुरा गर्दा उनको गला सुकिसकेका थिए अनि आँखा बाट अबिरल मोतिका दाना बर्षिदै थिए ।

 

उनको आँखा म आँसु देख्दा मेरा नयन पनि भरिइसकेका थिए । उनको बास्तबिकता मैले बुझिसकेको थिए ।

 

सायद उनी हसिली स्वभावकि भएर होला आँसु कत्ती पनि सुहाएको थिएन उनको आँखा मा ।

 

मनै दुखाउने उनका कुरालाई लाई अन्तै घुमाउदै भने ल सुन अब मेरो पालो मैले तिमिलाई याद गरेकी गरिन सबै कुरा भन्छु ।

 

आँसु पुछ्दा उनको आखामा गाजल लतपतिएको थियो पुछ्न मैले पनि सहयोग गरे उनी उत्सुक हुँदै भनिन भन न त तिम्रो कुरा सुन्न हतार भैसक्यो ।

 

ओभाना नभैसकेका नयन उनका तर पनि मनै लोभ्याउने मुस्कान दिदै बोलिन ।

रिसाउछौ कि तिमी ? मैले धेरै कुरा सोचे जस्तो बहाना बनाएर सोधे ।

 

नाइ के रिसाउदिन भन न छिटो मेरो शरीरलाई हल्का धक्का दिदै बोलिन मलाई केही सहज भयो अनि उनको बारेमा बढाइ चढाइ कुरा गरे । उनी शान्त भएर सुन्दै थिइन म भन्दै थिए ।

 

खोइ कसरी तिमिले एक बिहान मा नै मन लुट्यौ मेरो । जब आउछु भनेर गयौ र आइनौ त्यो दिन जस्तो नरमाइलो दिन मलाई अरु कुनै लागेन ।

 

पलपलमा कोठा बाट बाहिर निस्किदै हेर्थे तर तिमिलाई जति चोटि निस्के पनि देख्न नसक्दा निराश हुँदै कोठामा फर्किन्थे र पागलप्रेमी ले आकाशको तारा हेरेर

 

टोलाएझै तिम्रो मिसकल आउने आशमा मोबाइल हेरेर तिमी लाई नै सम्झेर टोलाउथे ।

आश थियो त्यो दिन भेट नभएनी भोलिको दिन तिमी संग भेट हुनेछ भनेर तर त्यो पछिका दिन तिमिलाई कतै नदेख्दा मन मा ठुलै चोट परेको जस्तो भान भएको थियो ।

 

जुन चौतारीमा हामी भेट्यौ अनि जु होटेलमा हामी चिया पिउन गयौ फुर्सद मिल्नासाथ तिमिलाई भेट्छु कि भन्ने आशमा त्यहा पुग्थे ।

 

कैयौ प्रयास गरे फोन गर्न तर लागेन किनकी तिमिले मलाई आफ्नो दुख लुकाउन चाहेर फोन अफ गरेको भएर होला वा अरु कुनै कारण ले तर जे भएपनी म तिम्रो यादमा धेरै तड्पिए ।

 

मैले कुरा गरिरहदा उनी मेरो करिब आइसकेकी थिइन र अनुहार पनि गम्भीर देखिन्थ्यो कुनै कुरा मा गहिरिएर सोचे जस्तै ।

म कुरा सकियो भन्ने जानकारी गराउनै लाग्दा यसै त नक्कली बानी उनको त्यसमाथि झन नक्कल पार्दै भनिन कुमार साचै तिमिले मलाई यति धेरै याद गरेको थियौ ?

 

कुनै कुरा बढाएर भने पनि याद त म उनको हरपल गरिरहन्थे । मैले पनि केही सानो स्वर निकाल्दै भने साचै नम्रता तिम्रो धेरै याद आउँछ ।

 

उनी मुस्कुराउदै थिइन एक्कासि चर्को स्वरले हास्न थालिन । मलाई लाग्यो कि उनले मेरो नै कुरालाई हावा मा उडाउदै छिन भन्ने त्यसैले हास्दै गरेकी उनलाई कोट्याउदै भने अन्तिम एउटा कुरा भन्न बिर्सेछु भनौ ।

 

उनले पनि हस भनेर भन्ने अनुमती दिइन उनको हासो रोकिदै गएपछी भने नम्रता न त म तिमिलाई मन पराउछु न त म तिमी लाई माया नै गर्छु तिमी आफै भन त मलाई तिम्रो याद आउनुको कारण के होला ?

 

हास्दै गरेकी उनी रिसाएर जुरुक्क उठिन र सरासर कोठा तिर लागिन म उनको हासको जस्तो चाल हेर्दौ बसिरहे …

.. क्रमश :

%d bloggers like this: