#कलेज_7-पिकनिक को कुरा सकिए पछि हामि बाहिर होटेल तिर निस्कियौ ।

म उनको हासको जस्तै चाल हेर्दै बसिरहे । एकचोटि फर्किदा पनि नफर्की कोठा भित्र छिरिन म पनि उठेर उतै लागे ।

 

साथीहरु खुब जिस्काउथे मलाई मुला तेरो त दर्हो लभ परेको रैछ भन्दै । हैन छैन भन्ने बानी नै थिएन मेरो साथिहरु ले जे भनेनी हो भनिदिन्थे ।

 

साथिहरु झन उत्सुक हुँदै अनेक कुरा सोध्थे म लजाए जस्तै गरेर भन्थे यस्तो कुरा त नभनौ भो केटा हो लाज लाग्छ ।

 

यति भनेसी साथिहरु सोर्ह बर्षे तरुनी मस्के जस्तो मस्किन्थे । अरु भन न साले हामी संग नि कुरा लुकाउछ साख्खै बन्दै सोध्थे तर मैले त्यही जवाफ दिन्थे ।

 

रिसाएर ठुस्स परेकी उनी बेन्चमा एक्लै थिइन उठेर त्यतै लागे । गएर बेन्चमा बस्नासाथ पर सरिन उनी जति उता सर्दै जान्थिन म त्यति उनको नजिक जान्थे अनि बाध्य भएर भनिन सर आउनु भयो ।

 

म मुस्कुराउदै भने के नगर्नु गर्या छु र ? रिसाएकी उनी गफ गर्न थालिन ।

 

यसरी नै बिते हाम्रा कैयौ दिनहरु तर साथी भन्दा माथिको नाता थिएन हाम्रो तर सानो सानो कुरा पनि एकाआपसमा साटासाट गर्थौ ।

कहिलेकाही उनी भन्ने गर्थिन

 

मलाई केटी साथी भन्दा केटा साथी मन पर्छ भनेर अनि म जिस्किदै भन्थे सायद म राम्रो छु त्यही भएर होला । मेरो कुरा सुनेपछि उनी बेतोड ले हास्थिन अनि भन्थिन ऎना त हेर्छौ होला नि बादरको जस्तो अनुहार छ उसैले राम्रो छु रे ।

म पनि के कम भन्दिहाल्थे बादर जस्तै भएर त होला एउटी बादर्नी सधै मेरै साथमा हुन्छे । उनी रिसाउथिन म हास्थे ।

 

पढाइ त त्यस्तै हो दिनहरु भने रमाइलो मा नै बितेका थिए । हाम्रो ग्रुप मध्येको हिरो साथिको तरुनीहरु संग हल्का ठ्याक्क ठुक्क पर्न थालेको थियो हिजोआज ।

 

जति केटी नजिक हुन्छन ती सबैलाई माया गर्छु भन्दो रैछ केटी मख्खै । एकदुई दिन घुमाउन लग्यो तेस्रो दिन पछि अर्को को पालो ।

 

उसको जिन्दगी देखेर डाह लाग्थ्यो तर के गर्नु अनुहारले बिर्सेको म धन्न एउटी भएनी साथमा छ कसैको त त्यही पनि छैन यहि सोचेर मन बुझाउथे ।

 

एकदिन कलेजमा कसले पिकनिक जाने कुरा निकालेछन कक्षा कोठा मा त्यसैको मात्र कुरा थियो ।

 

पढनदास को ग्रुप नजाने भनेर पहिल्यै भनिसकेका रहेछन । जाने कि नजाने भनेर सोध्न हामी संग आइपुगेका थिए ।

 

सबै साथिहरु जाने भनेपछि म पनि जान तयार भए र नम्रता पनि जाने भइन ।

पिकनिक जाने हरुको लागि नियम पनि बनाएका रैछन रक्सी चुरोट खान नपाइने अनि अनुशासन मा बस्नु पर्ने ।

 

साथिहरु नियम सुनेपछि केही बेखुसी देखिए पिकनिक जादा नि खान पाइएन भने के मज्जा मलाई हेर्दै उक्साउदै थिए ।

 

म त खादिन केटा हो धेरै भो छोडिसकेको नम्रताको अगाडि राम्रो बन्न खोज्दै भने ।

 

खान नपाउने भए पनि जाने नि रमाइलो हुन्छ भन्ने सोचेर सबै जाने भयौ ।

पिकनिक को कुरा सकिए पछि हामि बाहिर होटेल तिर निस्कियौ । गेट बाट बाहिर निस्किनै लाग्दा नम्रता ले हात समाउदै तानिन म उनले जता तानिन उतै गए ।

 

घाँस उम्रेको चौरमा बस्दै भनिन एउटा कुरा सोधौ ? मैले उनको कुरा भुईमा खस्न नपाउदै भने सोध न एउटा मात्र किन जति सोधेनी हुन्छ ।

 

मैले सोचेको थिए आज कि त माया को कुरा गर्छिन कि पक्कै राम्रै कुरा गर्छिन भनेर तर के सोचेथे जिन्दगीमा के के भयो आज भने जस्तै भयो ।

के के न भन्लिन भनेर कान ठाडो बनाएर सुन्दै थिए । कुमार भन न म पिकनिक मा के लगाएर जाउ ?

 

उनको कुरा सुन्दा पेट मिचिमिची हास्ने मन थियो तर केही हासो मनमै लुकाए किन कि उनी ठुस्स परेर रिसाइन भने फेरि फकाउन लाई धेरै मेहनत गर्नुपर्थ्यो ।

 

त्यसैले सोझो जवाफ दिए बस्न नमिल्ने यस्तै छोटो स्कट नलागाउ अरु जे लगाएनी हुन्छ ।

 

मेरो कुरा ले उनको चित्त बुझेन र होला भन न साचै प्लिज भन्दै चेपारे पार्न थालिन ।

 

तिमी लाई जे मन पर्छ त्यही लगाउ म कसैको ब्यक्तिगत जीवन माथी यो त्यो भन्दिन ।

 

मलाई टाढाको सोच्यौ है ठिकै छ भन्दै मुख नराम्रो संग बटारिन ।

जिस्किने तवरले भने साचै मैले भनेको लगाउछौ उनी खुशी हुँदै बोलिन लगाउछु ।

 

उनी बाट केही पछी हट्दै भने चुरा पोते सिन्दुर लगाएर जाउ ।

 

उठेर भाग्न खोज्दै थिए भेटी हालिन ढाड नै तातो हुने गरेर प्याट्ट पट्किने गरेर हानिन म हास्न थाले

 

अनि हास्दै भने पाइन्ट टिसर्ट र कुर्था जे लगाएनी हुन्छ ……क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM