#कलेज_9- खाएर अडिन नसक्ने ले नि के रक्सी खानु बेइज्जत ।

जब आँखा खोले त्यहा म मात्र थिए । कसैको कोठा थिएन त्यो न त अस्पताल नै थियो ।

 

थियो त खाली चौर अनि म एउटा भित्तामा डेस लगाइरहेको अबस्थामा थिए ।

कहाँ छु भन्ने ज्यानले मेसो पाउन सकेको थिइन अनि दिमागले पनि त्यति काम गरेको थिएन ।

 

सरसर्ती पिउने बेलाको केही कुरा याद आयो । नाच्दा नाच्दै ढलेको सम्म त्यसपछि म बिल्कुल बेहिसी भएछु ।

 

उठेर चारैतिर नजर लगाए कसैलाई देखिन तर गित केहिपर गुन्जिरहेको आवाज कान सम्म ठोकिन आइपुगेको थियो ।

 


नजिकै रहेछु अन्दाज लगाए र हिड्न खोजे तर खुट्टा यता टेक्दा उता पुगे जस्तो भान हुन्थ्यो सोचे नशा अझै लाग्दै छ ।

केहिबेर लरबराउदै हिडेपछी साथिहरु गितको तालमा झुमिरहेको देखे त्यता जान मन लागेन ।

 

के सोचे होलान अरुले अनि नम्रता ले के भन्दै होलिन मेरो त्यो अबस्था देख्दा मनै अमिलो भएर आयो र हिडिरहेका मेरा पाइला रोकिए ।

 

मोबाइल निकालेर हेरे दिउसोको चार बज्दै थियो ।

 

नम्रतालाई फोन गरे तर उनले उठाइनन त्यो हल्लाको बिचमा भएर थाहा नभएर होला ।

 

पिकिनिक तिर हिडेका मेरा पाइला अन्तै मोडिए म कोठामा फर्किने मनशायले केही तल बाटो टिर झरे जहाँ बाट पोखरा जाने बस भेटिन्थ्यो ।

 

केहिबेरको पर्खाइ पछि बस आयो र म पोखरा तिर हुइकिए ।

पिकनिक गएर रमाइलो गर्ने मेरो चाहाना अधुरै भएको थियो ।

 

फेरि फेरि यस्तो अबसर मिल्न गार्है पर्थ्यो तर के गर्नु आफ्नै कारणले गर्दा आज आफै त्यो रमाइलो पल मा सामेल हुन बाट बन्चित भएको थिए।

 

मोबाइल निकालेर फेरि नम्रतालाई फोन लगाए चार्ज सकिइ सकेको रैछ दुई घन्टी जान नपाउदै मोबाइल अफ भयो ।

 

पोखरा बसपार्क उत्रे पछि सिधै कोठा तिर सोझिए । आफुले गरेको गल्ती र नशाले मनलाई नराम्रो संग गाजेको थियो ।

 

कोठामा पुग्ने बित्तिकै नुहाएर खाटमा पल्टिए । अनौठो थकानले गर्दा केहीबेरमा नै निदाउन पुगेछु ।

 

कोठामा गुनगुन आवाजले गर्दा मेरो निन्द्रा खुल्यो र मन नलाई नलाई पनि उठेर हेरे ।

 

नम्रता र अरु साथिहरु थिए रिसले घुरेर हेर्दै थिए म केही बास्तै नगरी मुख धुन बाहिर निस्किए र उत्तिखेरै फर्किए ।

सबैले मलाई यसरी हेर्दै थिए कि मैले ठुलै अपराध गरेको छु ।

 

साले फोन त गर्नु पर्छ नि फर्किए भनेर बेकार को तनाब दिइस है साथी जङिदै बोल्दै थियो ।

 

तैले गर्दा कति तनाव भयो तलाई के थाहा । त रक्सीले मातेर लडेपछी तलाई हामिले नै उता लगेका थियौ कि अरुले तलाई नराम्रो नसोचुन भनेर तर त साले केही भन्दै नभनी आइस ।

 

रिसले हिर्काउन खोज्दै थियो म जोगिए जस्तो गरे ।

नम्रता भने केही नबोली चुपचाप बसिरहेकी थिइन । ल गयौ हामी भोलि कलेजमा भेटौला यति भनेर साथिहरु निस्किए तर नम्रता त्यही बसिरहिन ।

 

तिमी पनि जाउ उनिहरु संगै रात परिसक्यो । उनले मेरो कुरा सुने नसुने झै गरिन ।

 

जब साथिहरु निस्किए उनले कराउन र गाली गर्न थालिन । कसले खुवाएको रक्सी तिमिलाई भन त ?

खाएर अडिन नसक्ने ले नि के रक्सी खानु बेइज्जत ।

 

अनि फोन त गर्नु पर्छ गए भनेर मेरो केही बास्ता छैन है तिमी लाई ?

 

उनका यी यावत कुरा म सुनेर मात्र बसिरहेको थिए । दिने जवाफ केही थिएन ।

 

साथिले दिएको रक्सी भनेर आफू राम्रो अनि साथिलाई नम्रताको नजरमा नराम्रो बनाउन मन लागेन त्यसैले जे भन्थिन म चुपचाप सुन्थे ।

 

उनलाई थाहा थियो म बिहानै देखि भोकै छु भन्ने खाना बनाइदिउ उनको रिस केही शान्त भएछ मायालु स्वरले भनिन ।

नाइ पर्दैन म आफै बनाउछु तिमी जाउ भोलि भेटौला । उनी जान मानिनन बरु भनिन पहिले खाना बनाएर खाउ अनि जान्छु नत्र जादिन ।

 

करै लाग्यो उठेर खाना बनाउन थाले उनी मलाई सघाउदै थिइन । खोइ छोड तरकारी म पकाउछु मैले तरकारी पकाउने भाडो ग्यास माथी राख्ने बित्तिकै बोलिन ।

 

ल ल यति भनेर म उनलाई पकाउने ठाउँ खुला बनाइदिए ।

खाना तयार भैसकेको थियो म भित्तामा अडेस लगाएरै बसिरहेको थिए उनि नजिकै को टेवलमा हात गालामा राखेर टोलाउदै थिइन ।

 

के भयो म उनको मौनता लाई भङ गर्ने उदेश्यले बोले र नजिकै गए । उनका आँखा भरी आँसु भरिएका थिए लौ के भयो किन रोएकी बादर्नी ?

 

यत्ती भन्नेबित्तिकै सानो बच्चाले जस्तो अङाल्न आइपुगिन र सुक्क सुक्क गर्दै रुन थालिन

 

………क्रमशः

 

%d bloggers like this: