कात्रो लपेटेर जीउमा, जिउन थालेदेखीजो नि आउँछ चरित्रमा दाग लगाउँछ

received_668681663340578 कात्रो लपेटेर जीउमा, जिउन थालेदेखीजो नि आउँछ चरित्रमा दाग लगाउँछ
मुटु काट्छ र बराबर भाग लगाउँछ यो

समयले पनि क्या दिमाग लगाउँछ

आफ्नाहरुले डसेको बिर्सिएर उसले हर साल

मुलढोकामा नाग लगाउँछ

सन्त महन्त हुन्छु भन्दै पागल एउटा वस्त्र

फुकालेर जीउमा राग लगाउँछ

वनमारा खेती गर्छन् गाउँका खेतबारी यो

सहरले गमलामा साग लगाउँछ

कात्रो लपेटेर जीउमा, जिउन थालेदेखी

जो नि आउँछ चरित्रमा दाग लगाउँछ

एलिसा ‘एकलास’

काठमाडौ

About lchapagain4@gmail.com 745 Articles
CEO AT CHHEPARO.COM