किनार भाग:13

होटेल भित्र गएर केही नबोली टेबुल मा बसे । होटेल वाली दिदी जस्लाइ मया दिदी भन्थे उन्ले चिया लेर आइन र

 

भनिन बिस्कुट हरु नि ल्याउ र बाबू । नाइ दुइटा चुरोट ल्याइदिनु न । ओहो बाबू के भयो र धेरै पछि चुरोट माउदै हुनुहुन्छ त । सब ठिक छ नि

 

नाइ हैन भाउजू आज खानु मन लायो । दिदि जिस्किदै के हो बाबू माया मा धोका पाए जस्तो छ नि भन्दै चुरोट दिनु भो र जानू भो । म लाइटर लिगेर चुरोट सल्काउन खोजे ।

 

उस्ले आफ्नो त्यो लिपिस्टिक को स्वाद भरिएको ओठ र जिब्रो मेरो ओठ र जिब्रो मा धरौटी राखेर चुरोट खान छोडन लगाकि आज उस्को कसम खादै धरौटी लाइ मिनाहा गर्दै चुरोट खान सुरु गरे ।

 

चुरोट को धुवा सरक्क ताने चुरोट खान छोड्या रहेछु बिर्सेको रहिनछु । धेरै पछी खाएको भएर होला घाटि केही खस खसाए जस्तो भो ।

 

४-५ गिलास चिया र ६-७ वटा चुरोट भ्याए पछि पैसा तिरेर बाहिर निस्के त्यत्तिकै मा दिदी बोलिन । अक्सर मेरो पसल बडि ब्यापार हुने कोसैले माया मा धोका खाए पछि ,अरु ले त रक्सी खान्थे धन्न तिम्ले चुरोट मा मन भुलायौ।

 

त्यो दिदी लाई के था त्यो चुरोट को प्रत्यक सर्को र त्यो उडेको धुवा मा मैले उस्को याद र आफ्नो सास को समाधी बनाको थिय एक चिहान घर मनोनयन गरेको थिय । उस्का तस्बिर मोबाइल बाट हटाको थिय ।

 

माया र प्रेम ले मानिस को हर पीडा भुलाएर एक मन्द मुस्कान जिन्दगी बनाउछ भन्थे सब गलत थियो ।

 

त्यो दिन देखि फेरि बानी पर्न थाल्यो चिया सङ चुरोट खाने । कलेज जान लागे साथी हरु सङ फेरि रमाउन थाले ।म फेरि उ सङ सम्बन्ध मा बस्नु अघि जस्तो थिय उस्तै बने तर समय र सम्बन्ध धेरै परिवर्तन भयो ।

 

समय सङै आफू पनि परिवर्तन हुन नसके प्रगति गर्न सकिन्न भनेको हजुर बुवाले सम्जाको याद आयो आयो। र समय सङै मन फेरि रमाउन थाल्यो अनि दिन हरु सरल तरिका ले बित्न थाले ।

 

#भुत
#धुम्रपान स्वास्थ को लागि हानिकारक छ

Published by

lchapagain4@gmail.com

CEO AT CHHEPARO.COM

your one feedback help us to work even harder