किनार -४ ( मोटि )

किनार -४ ( मोटि )

 

त्यो दिन देखि उस्को र मेरो धेरै जसो फेसबुक मा कुरा हुन थाल्यो कुनै दिन फेसबुक मा कुरा नहुदा फोन मा कुरा हुन्थ्यो तर बाहना किन फेसबुक मा अन नआएको भनेर सोध्न हो भन्दै बाहना बनाउथ्यौ ।
मलाइ कलेज जान मन नलागे नि दिन्कै कलेज जान लागेको थिय । घर बाट पढ्न भनेर निस्किए पनि कलेज मा म प्रेमिल रासलिला रचेर बस्थे ।
उ एक किसिमले मेरो आदत अर्थात बिहान को अलराम बनेकी थिइ । आफू कलेज को लागि तयारी भए पछि मलाइ फोन गरेर उठाउथी । उ कलेज बाट घर फर्किने बेला सम्म जसरी नि एक पटक भेट्नु पर्छ भनेर जिद्दिपन देखाउदै रिसाए

जसरी घुर्की देखाउथि
हाम्रो प्रेम को सागर गहिराइ बढाउने स्थान कलेज, नारायणी ,खाजाघर बनेको थियो भने हाम्रो सम्बन्ध का समर्थक मामा ,साथी ,सरहरु बनेका थिय । हामी एकअर्का लाइ प्रेम प्रस्ताब नराखे पनि हामी एक आपस मा माया गर्न थालेका थियौ।

SlC दिए पछि सरस्वती पुजा गर्न छोडेको ६ बर्स पछि कलेज मा सरस्वती पुजा को लागि बिहानै नुहाएर गएको थिए ।

 

मन त ९ बजे सम्म सुत्ने को थियो तर उस्ले कसम सङै सप्राइज दिन्छु हजुर पुजा गर्न कलेज आउनु भने पछि ८ बजे पुजा सुरु हुने म ७:३० बजे नै आइ पुगेको थिय ।

 

म कलेज आइ पुग्दा उ आएकी थिन फोन गरेर सोध्दा केही बेर मा आउछु भने पछि म कलेज भित्र साथी हरु सङ गफ गर्न थाले कुशल र रबिन लोकदोहोरी गाउन थाले र हामी त्यसै मा रमाउन थाल्यौ तर म त्यहा रमाए पनि ध्यान जति

 

उस्लाइ र उस्को सप्राइज हेर्न गेट तिरै हेरिरहेको थिय।

 

रातो सारी चिसो चिसो कपाल पछाडी छोडेको सरल्क्क परेको जिउ गाजली आँखा हात मा थाली ,थाली मा फुल र अक्षता रातो लिपिस्टिक हल्का मोटि मोटि”देखिएकी अहो कति सुन्दर प्राकृतिक सुन्दरता ले भरिपुर्ण स्वयम् उ नै सरस्वती

 

बनेर आएको जस्तो, ऐले सम्म दिन कै मेरि उनी कहाँ होलिन भन्दै भौतारी रहेको आज उस्लाइ पाउदै छु देख्दै छु ।” जस्लाइ खोजे गल्ली गल्ली उस्लाइ देखे बालकुमारी “उस्लाइ आज गएर सिधै भन्न मन लाग्यो “प्रिय् तिमी मेरि उनी बन्छौ”

उस्लाइ सोचेर केही काल्पनिक भए । तर मोरि सारै बेइमानि, आएकी उ एक्लै थि तर याद दुई जना को दिलाइ ।

अनुस्का ,सङै पढ्ने उनि पनि यस्तै देखिन्थिन सारिमा गाजली आँखा हल्का मोटि मोटि सरलक्क परेको जिउ स्वर्ग कि परि जस्तै एक पटक उस्लाइ साथी को बिहे मा सारी को पहिरन मा सजिएको देखेको थिय ।

 

मन मा कुच कुच होताहे भन्ने गित आप्से आँप बज्या थियो ।

 

खयर जे होस दुई लाई एक ठाउँ मा राखे दिदिबैनी भन्न मिल्ने थियो , एकै जस्तो देखिने पृथ्वी मा सात जना हुन्छ भन्थे हो जस्तै लाग्यो ।

 

ठूलो स्प्राइज दि क्यारे यस्तै सप्राइज दिन थाली भने कुनै दिन heart attack न आउला भन्नू नि छैन ।
म साथी हरु बाट छुटिदै उ तिर लागे । मलाइ देख्ने बित्तिकै फिस्स हास्दै
: हैट आज त म भन्दा पैला कलेज आइपुग्नु भो नि
म- बोलाए पछि आउनु नै पर्ने फेरि कतै कोहि रिसाउने हुन कि भन्ने पनि डर लाग्ने
उ:- तेसो भए न आएको भए नि हुने गएर सुत्नु नि
( हैन जानू सुत्नु भन्नू नै थियो भने किन बोलाको त भन्दै झर्केर फनक्क फर्किन मन लाग्यो)
म:- के गर्नु हजुर पछि फकाउन लाई दुख आफैलाइ फेरि
उ: तेस्तो है ,अनि म कस्ति देखिएकी छु त
म: ( ए बाबा अलि अलि मेकअप गरेकी छौ के रे ऐना हेरेको नै होला राम्री नबनी हिन्ने बानी छैन त्यै नि किन सोध्नु क्या यो केटिहरु पनि)
एक्दम राम्री मैले मेरो कथा मा तिम्रो तारिफ गर्ने शब्द नि कम पर्छन होला सायद
उ:- साच्ची भन्याहो नि
म:- ( पत्यार नलाउने भए किन सोध्नु ए भगवान यो केटीहरु को चटक बुज्ने दिमाग दे) लौ तिमी लाई नि नहुने बोल्छु त
यत्तिकै मा पुजा गर्ने ठाउँ आयो सबै जना पुजा गरिरहेका थिय पुजा सङै गफ पनि ,उ अगि अगि उभिएर पुजा गर्न थाली र मलाइ नि पुजा गर्न लगाइ ।

 

पुजा गर्दै गर्दा मन फेरि कल्पित हुन थाल्यो र अर्को दुनिया मा पुग्यो “पुजा गर्न आएका लाई जन्ती सरस्वती को मुर्ति लाई हवन कुण्ड मेरो मफलर लगन गाठो बाने कपडा आशीर्वाद को लागि मान्यजन चै शिक्षक शिक्षिका र यसरी मेरो बिवाह

सम्पन्न ।” सोच्दासोच्दै पुजा गरेर भ्याइयो उस्ले मलाइ टीका लगाइदि उस्ले भने पुजारीको हात बाट लगाइ सकेकी थिइ।

हामी त्यस भिड बाट बाहिर चौर मा निस्किन लाग्यौ । उ अगि अगि हिनेकी थि त म पछि पछि तर शरीर त्यहा भए पनि मन अन्तै डुल्न गयो उस्लाइ आज प्रेम प्रस्ताब राख्ने अठोट लिग्यो
तर कसरी र कहाँ प्रस्न दिमाग मा चड्यो । उस्लाइ भेटेको पहिलो पटक किनार मा उस्लाइ आज नै त्यही लैजाने निर्णय गरे तर प्रेम प्रस्ताब कसरी गर्ने, प्रेम प्रस्ताब त जसोतसो गरौला तर यदि उस्ले इन्कार गरि स्विकार नगरी रिसाइ भने

 

अन्योल मा नै परिरहे ।गेट आइ पुगेछ (सोच्दै हिन्दै गर्दा भर्याङ बाट झरेर गेट आइ पुगेको नि याद रहेन)
उस्ले मेरो हात समात्दै लौनु प्रसाद लिनु अनि राम्रो सङ पढ्नु फेल हुने हैन नि
:- हस हजुर , बरु सुन न आज नारायणी जाउ न ल
:- किन नि
( किन भनेर प्रस्न चिन्ह ठड्याउनु नै पर्ने सिदै हस हुन्छ भन्या भए नि के हुन्थ्यो होला र)
: त्यसै जाउ न थुप्रै भो त्यहा नगएको नि ,एक्छिन घुमे जस्तो नि हुन्छ
: फेरि चाडै घर जानू पर्छ
: हस हुन्छ एक्छिन बस्ने अनि फर्किउला नि त
: हस हुन्छ जाम
( हामी दुबै किनार तिर लाग्यौ म उस्को समीप मा उस्लाइ आफ्नो मेरि उनी महसुस गर्दै तर दिमाग र मन लाई तेजिलो गर्दै सोचिरहे अब प्रपोज कसरी गर्ने ?)

 

%d bloggers like this: