केटा राम जस्तो महापुरुष पति भएपछि | अनि केटि सीता जस्तो सभ्य श्रीमती भएपछि ||

टाडा हुदा छुट्ला कि भन्ने त्राश भैदिन्छ |

त्येही त्राश कैले काहिँ खास भैदिन्छ ||

यो जीवनमा मायालाई जसले पुण्यसग जोड्छ |

उसको नै सम्बन्ध विश्वास भैदिन्छ ||

[code lang=text]
<br />मुटुमा गाढा गरी लेख्न मिल्ने कलम भैदिए |

बिछोडलाई पनि सहन सक्ने मलम भैदिए ||

सबै सम्बन्धहरु प्रगाढ हुने थिए होला |

य़ेदि आफ्नो मान्छेको याद हरदम भैदिए ||

[/code]

माया सुमुधुर हुनुपर्छ भन्ने एकै स्वोर भएपछि |

समय बिजोर तर मन चाहिँ जोर भएपछि ||

भगवानले पनि छुटाउन सक्दैन त्यो सम्बन्ध |

जब कठोर मुटुपनि कमजोर भएपछि ||

[code lang=text]
<br />हतियार हुदैन अनि कुनै औजार हुदैन |

चोखो मायामा जित अनि हार हुदैन ||

सम्बन्ध दरो बनाउन विश्वास हुनुपर्छ मित्र |

किनकि आफ्नो मान्छे बिना प्यारो संसार हुदैन ||

[/code]

केटा राम जस्तो महापुरुष पति भएपछि |

अनि केटि सीता जस्तो सभ्य श्रीमती भएपछि ||

र त सात समुन्द्र पारी पनि उस्तै माया जाग्छ |

जुनि-जुनि सँगै बाँच्ने पिरती भएपछि ||

[code lang=text]
<br />बिरानो ठाउँमा पुगेर कोहिँ निस्ठुरी नहोस |

शरीर टाडा तर मनको चाहि दुरी नहोस |

| भाग्यमा लेखेको हैन, देखेको पाउनलाई |

चोखो माया होस्, तर मजबुरी नहोस ||

[/code]

दिल टुटाई, मायाको बिनास नगर्नु |

मनलाई सोध्नु, अरुको विश्वास नगर्नु |

| हाम्रो जीवन अनि माया साकार पार्न |

साहस गर्नु तर बदमास नगर्नु ||

prajwal Bhattari

%d bloggers like this: