“के रे छुट्टिने रे? बरु पानी बग्न छोड्ला,हावा बहन छोड्ला,-भु पु प्रेमिका

कथा:भु पु प्रेमिका
सुधिर कुमार सुमन

अस्ति सम्म कति गजल कथा पोस्ट गर्छस यार।तेरो कथा र गजल पढ्दा पढदा वाक्क लागिसक्यो भनेर म्यासेज गर्ने गर्थ्यो।आज कता कता बाट बाटैमा भेट भयो।
“ओहो कथाकार कता हिंडिस?”उसले ब्याङ्यात्मक शैलिमा सोध्यो।
“ह्या त पनि नजिस्का न यार।कहिले काहीँ यसो मनको सन्तोक न हो साहित्य भनेको त।आत्मसन्तुष्टि “।मैले मुसुक्क हास्दै जबाफ फर्काए।
“लो हिंड चिया खादै गफ गरौला”
उसले चिया अफर गर्यो।
दुबै जना चिया खान रेस्टुराँ तिर लागियो।
उसले फेरि उहीँ कुरा निकाल्यो।”साच्ची आजकल तेरो कथा पढेर मलाइ पनि कथामा चाख लाग्न थालेको छ यार।आफ्नै भोगाइ जसरी लेख्छस”।उसले फुरुक्क पार्ने गरि भन्यो।
“हैन तैंले कथा पनि पढ्छस र भन्या”।मैले पनि पुराना कुरा सम्झाउंदै उसलाइ घोचेर भने।
“नजिस्की न मुला सांचो भन्या हो भन्या।बरु अब यसो आफ्नो कथा पनि लेख्ने गर।पछि अटो बायोग्राफी निकाल्नु पर्छ”।
“हैट के कथा छ र होउ मेरो जिबनमा?के को कथा लेख्नु?”मैले जबाफ फर्काए।

“कथा त खोज्ने हो नि यार।तेरि त्यो कलेज लाइफमा थिइ त ब्ल्याक ब्युटी गल्फ्रेन तेसैलाइ पात्र बना न।आफैले भोगेका कुरा हरु लेख्न पाउँदा अलि जिबन्त पनि लाग्दो हो।काल्पनिक कथा मात्र कति लेख्छस।”

“ह्या के कुरा गरेको होला यो पनि अब यो बुढेसकालमा आएर कता त्यो तन्नेरी हुंदाको प्रेमिका सम्झिएर कथा लेख्नु यार।अब त ती याद हरु पनि मेटिइसके दिल र दिमागबाट”।मैले अल्छी मानेको जसरी जबाफ फर्काए।
“सांच्ची कता होलि है त्यो काली।कस्ति भै होलि।नाति नातिनाको धनी भैसकी होलि।जे होस तिमिहरुको जोडि कलेजमा सबैले रिस गर्ने जोडि थियो यार।कति त जलेर खरानी नै भए होलान”।उ मलाइ बिगत सम्झाउन हर तरहको कोसिस गर्दै थियो।सकेसम्म उ बाट छुट्टिनु नै राम्रो जस्तो ठानेर साथी सङ बिदा मागेर लागे घरतिर।
बाटोमा जति भुल्न खोजे पनि त्यै साथिले सम्झाइदिएको कालिको याद आएको आएइ भयो।एक मनले त भुलिसकेको बिगत किन कोट्ट्याउनु ब्यार्थै मनलाइ सकस मात्र जस्तो नलागेको पनि हैन।तर पनि त्यो कालिको अनुहार मात्र दिमागमा घुमेको जस्तो भयो।भन्थे नि हजार पल्ट भुल्न खोज्दा लाख पल्ट सम्झिन्छ रे सांच्चिकै त्यस्तै महसुस हुन थाल्यो मलाइ।

हुन पनि खुब राम्री थिइ मेरि काली।गुरांस जस्ता आँखा रेशमी कपाल,गुलाफको पत्र जस्ता ओठ,हिमाल जस्ता दन्त लहर।मलाइ मात्र हैन सारा कलेज लाई मोहित पार्ने जस्तो थियो।म सङ लप पर्दा पर्दै पनि ५/७ जनाले पत्र पठाइसकेका थिए। उसलाइ केटाहरुले पठाएको पत्र हेरेर खुब हांस्ने गर्थ्यौ हामी।बिहान कलेज सुरु भएबाट बेलुका सम्म हामी सङै हुन्थ्यौ। क्लासमा पनि सरले पढाएको बेला मा म उ सङ जिस्किरहन्थे।”कति चलेको तोर्पे।खुरु खुरु पढ न”। भनेर कापिले टाउको मा हान्ने गर्थी।म कहिल्यै सुध्रीने नाम लिन्थिन।म सधै फेल हुने गर्थे उ टपर थिइ क्लासको।सबै कुरामा निपुण थिइ काली।
मलाइ माया पनि खुब गर्थि।नोट बनाउन प्राक्टिकल शिट बनाउन मैले कहिल्यै कलम उचाल्न परेन।मेरो सबै काम उसैले गरिदिन्थी। मेरो कलेज जाने धेय नै कालिलाइ भेट्नु हुन्थ्यो।पढाइ त बालै भएन नि भन्थे बेलाबेला कालिले गाली गर्दा।
म फेल भएर के भो त।त छंदै छस नि इन्जिनियर पालिहाल्छेस नि भनेर जिस्काउंथे।
त्यसो भन्दा उ फरक्क फन्केर बाटो लाग्थी।दिन भरी फकाउन सास्ती खेप्नु पर्थ्यो। उसो त काली सङ झगडा गर्दा पनि आनन्द लाग्थ्यो मलाइ।त्यसलाइ जिस्काउदा अपार आनन्द आउथ्यो मनमा। कति झगडा गर्छस है मसङ्ग बेला बेला उ गुनासो सुनाउथी।नठोसी त आगो पनि बल्दैन रे यार।त्यै माथी बुडा बुडिको झगडा परालको आगो भन्दै नाक चिमोटी दिन्थे।उ मख्ख पर्थी।

“यस्तो धेरै माया नगर है काली पछि केही तलमाथी परेर छुट्नु पर्यो भने गारो हुन्छ नि फेरि”मैले एकदिन ठटटै ठट्टामा भनेको थिए ।
“के रे छुट्टिने रे? बरु पानी बग्न छोड्ला,हावा बहन छोड्ला,आकाश र ताराको सम्बन्ध टुट्ला म तंलाइ कहिल्यै म बाट टाढा हुन दिने छैन बुझिस?”उ मेरो छातिमा मुन्टो राखेर बडो भावुक भएकी थिइ त्यो दिन। छुट्टिने कल्पनाले म पनि बडो दुखी हुने गर्थे।काली को त झन कमलो मन कस्तो हुंदो हो।
रातिमा कालिको आवाज नसुनी निन्द्रा नलाग्ने अर्को रोग थपिएको थियो।कालिलाइ पनि निन्द्रा लाग्थेन अरे भन्थी ।बेलुका कालिको हेल्लो सुन्नको लागि १ रुपिया हुदा पनि फोन घुमाउंथे।त्यही एक रुपियामा करिब एकमिनेट गफ गर्दा पनि सन्सारको सबैभन्दा धेरै खुसी भेटिएको जस्तो हुन्थ्यो।हुन त मैले भन्दा धेरै फोन काली ले नै गर्थी।कुनै बेला दुबैको मोबाइलमा ब्यालेन्स नहुंदा पनि होस्टलको साथिको मोबाइल बाट गुडनाइट भन्नको लागि पनि फोन गर्ने गर्थी।

हरेक सनिबार घुम्न जान्थ्यौ हामी।कहिले पशुपती माथिको जंगल।कहिले गोदावरी।कहिले स्वयम्भुको डांडा।हरेक मन्दिर हरुमा आँखा चिम्म गरेर के के मागेको जस्तो गर्थी।मलाइ पनि उसले जे जे गर्यो त्यही गर भनेर अर्हाउथी।ह्या म त कम्युनिस्ट नास्तिक मान्छे भनेर हावामा उडाइदिन्थे।”हेर तोर्पे तैंले भगवानलाइ हेला गरेको कारणले नै हाम्रो पिरती छुट्यो भने म तंलाइ जिउंदो छोड्दिन बुझिस”।एकदिन त्यसो भन्दा उसले नराम्रो सङ्ग धम्काएकी थिइ मलाइ। “म त अहिले पनि मृत नै त छु नि यार।मेरो आत्मा त तं भित्र छ।यो शरीर त केबल रोबोट जस्तै भएको छ” मैले उत्तर फर्काएको थिए उसलाइ।
बाटोमा कालिको बारेमा सोच्दा सोच्दा कति बेला घर आइपुगेछ पत्तै भएन। छोरा बुहारी अस्ट्रेलिया बासी भएपछी डङ्रङ परेको घरमा हामी श्रीमान श्रीमती र नाति मात्र थियौ।नाति पनि लैजान्छु भन्दै थिए मेरै करकापले छोडेर गएका थिए। घर भित्र पस्दा पनि कालिको संझनाले छोडेको थिएन मलाइ।एक मन त त्यो कालिको याद दिलाइदिने साथी सम्झेर खुब रिस उठेको थियो।अर्को मन कथा लेख्दिम क्या हो काली सङग को पिरतिको भन्ने पनि सोचिरहेको थिएं।मन खुब बिचलित भएको थियो।श्रीमतिले टेबलमा चिया राख्दा पो झसङ्ग भएं।कल्पनामा पो हराउन थालिएछ।कालिको यादले आक्रान्त पारेछ।यो बुढेसकालमा तन्नेरी हुंदाको दिन सम्झिदा मन पनि आनन्द दायक हुंदो रहेछ कता कता।

बेलुका खाना खाएर श्रीमती र नाति सुत्न हिंडे। म चाहिँ साच्चिकै हाम्रो प्रेम काहानी अक्षरले लेख्न तम्सिए। कल्पना गरेको जस्तो सजिलो नहुंदो रहेछ आफ्नै कहानी लेख्दा।कहिले काहीँ मन खुसी हुन्थ्यो कहिले दुखी हुन्थ्यो।कनि कुथी सम्झेको जति क्षण लाई टिपोट बनाए।भोलि फूल बुट्टा भरेर कथा बनाउन पर्ला यहि सोचेर डायरि बैठक कोठामा नै छाडेर म पनि सुत्न तर्फ लागें।

राती धेरै बेर सम्म बसेको हुनाले होला बिहान ८ बजे तिर मात्र निन्द्रा खुल्यो।आँखा मिच्दै बाहिर निस्किए।नाति केटो त चिरिच्याट्ट परेर बसेको रहेछ।”हैन केटा कताको साइत हो?आज बिदा छ क्या हो?कता जान लाइस एकाबिहानै?”त्यो बालक लाई मैले एकै चोटि धेरै प्रश्न सोधें।
“हजुर आमाले भन्नू भाको अब हामी हजुर आमाको माइत मा गएर बस्ने अरे।हजुर मात्र यो घरमा बस्ने अरे।अब स्कुल पनि उतै भर्ना गरिदिने अरे”।नातिले एकै सासमा सबै कुरा सुनायो।
मैले सरसर्ति बैठक कोठामा आँखा डुलाए।मेरो हिजोको डायरी टेबलमा थिएन।”खोइ त तेरो हजुर आमा?”मेरो मुखबाट एकै चोटि प्रश्न फुस्कियो।
“हजुर आमा त कोठामा कपडा लगाउन जानू भाको छ”।
उत्तर सकिन नपाउदै म कोठामा छिरिसकेको थिएं।भित्र मेरि गोरि कालिको काहानी पढेर सुक्सुकाउदै थिइन।

your one feedback help us to work even harder

%d bloggers like this: