खाना तिमि पकाउनु भाडा मेरो जिम्मा भयो, घर तिमि हेर्नु लुगा मेरो जिम्मा भयो

16699818_1417661328284481_1474158646_n खाना तिमि पकाउनु भाडा मेरो जिम्मा भयो, घर तिमि हेर्नु लुगा मेरो जिम्मा भयोसक्दिन झार्न त्यो तारा र चन्द्रमा,सक्दिन झुटो कसम खान जिबनको अन्त्यमा | सधै संगै बाच्ने मन त मलाई पनि हुदो हो, सम्बन्धको अन्त्य सोच्दा मन त मेरो पनि रुदो हो | तर कसरि झुठो बाचा र कसम दिन सक्छु र म| सधै संगै त भन्न सक्दिन,तर जब सम्म बाच्छु तिम्रै लागि हुनेछ जिबन यो, जिबनको अन्त्य आओस,तर तिम्रै लागि होस् मेरो निधन यो | मुहारमा मुस्कान तिम्रो,हास्दा तिमीले निच्च लाग्छ सबै ठिक छ |

हो त्यो मुस्कानको कारण म सधै हुनेछु, आसु आउन दिन्न भन्दिन तर तिम्ले नभने नि सबै बुझ्नेछु | तिमीले घर त्याग्छौ,थर फेर्छौ,आफ्नै परिवारसंग पर हुन्छौ तर सुनन यो घर पनि हाम्रै त हो नि,यो थर पनि हाम्रै त हो नि,यो परिवार पनि हाम्रै त हो नि,अनि त्यो परिवार पनि हाम्रै त हो नि | तिमि यताको बुहारी भएर आयौ,म पनि उताको छोरा जस्तै बन्छु नि त,जसरि तिमि मलाई आफ्नै मान्छौ,म पनि तिम्रोलाई आफ्नै गन्छु नि त | सुखमा साथ नदिने कुरै हुन्न,दुखमा साथ् दिनु मेरो कर्तब्य हो, सुरुवात जसले गरोस तर संगै पुगौला गन्तब्य त्यो |आखा भिज्ला कहिले मैले गर्दा तर मन कहिले बिजाउदिन, मन दुखाउलाउ तिमीले तर विश्वास गर तिमीमाथि कहिले चिच्याउदिन |

खाना तिमि पकाउनु भाडा मेरो जिम्मा भयो, घर तिमि हेर्नु लुगा मेरो जिम्मा भयो, आखिर हामि एउटा रथको दुइ चक्का पो हो त, ठट्टा गरेको हैन यो कुरा पक्का पो हो त | अभ आयो कुरा मायाको चिनोको, त्यो पिडा बाड्न त सक्दिन तर त्यो पिडाबाट म भाग्न नि सक्दिन | तिमि असह्य पिडामा तद्पिन्छौ,तिम्रो पीडा देख्दा म पनि त तद्पिन्छु नि | पिडा बाड्न त सक्दिन तर साथ् र माया दिन त सक्छु नि | धेरै कुरा अझै छ बाकि भन्न लाई,तर बाकि त तिमि पनि आफै बुझ्छौ नि,मात्र यति सोध्नु छ के तिमि मेरो हुन्छौ नि ?

%d bloggers like this: