खै के रहेछ त्यो पैसामा हजुर आज कलम समाउने हात पनि बिक्यो

त्यो कलम पनि बिक्यो

लेख्दै थ्यो कानुन नियम
सबै राम्रो संतुष्ट को लागि
एक हुल पसि आयो
खै के देखायो देखायो
र त त्यो कलम पनि बिक्यो ।

कुनै एक समय थ्यो
हतियार हैन कलम बलियो
छैन अब उस्तै अक्षर लत्पतिन्छ
कागजी पैसा जब देख्यो
र त्यो कलम पनि बिक्यो ।।

बिगृय नियम कानुन र देश
बिचरा त्यो सस्कृती र भेस
शासकले शासन गरिरह्यो
लेखिएको शब्द जब उनिहरुकै भयो
जब त्यो कलम पनि बिक्यो ।।

लेख्ने छ राम्रो खुसी सबैका लागि
भएन त्यस्तो झर्यो जनता को आँसु
जब लेख्ने बिक्यो त्यस्का शब्द बिक्यो
देश चलाउने स्वार्थी र घाती मात्र भए
जब त्यो कलम पनि बिक्यो ।।

शिक्षाको कुनै मोल भएन
सत्य आज कहि रहेन
दिनमा भन्दा रातमा दोब्बर बिक्यो
जनता दुख मा नै परिरहे हजुर
जब त्यो कलम पनि बिक्यो ।।

दिन प्रतीदिन मौलिदै आए
ती साहु हरुले सबै खाए
खै के रहेछ त्यो पैसामा हजुर
आज कलम समाउने हात पनि बिक्यो
र त्यसै त्यो कलम पनि बिक्यो ।।

#Ryder_sudip(भुत)
#निसब्द

About lchapagain4@gmail.com 745 Articles
CEO AT CHHEPARO.COM