गजलको सम्मानमा ,हाम्रा गजलकारहरु

POEM WRITER

       

जिर्ण बन्दै गयो शरिर छाती त्यसै भतभत हुन्छ

के हो कारण पत्तों हुन्न जे जे हुन्छ हतपत हुन्छ

दुखाइ भने हदै हुन्छ तर घाउ कतै देखिदैन

मल्हम गर्न खोज्छु जब झन्झन धेरै खत हुन्छ

पिउने गर्छु नीर्दयीको सम्झनालाइ बिर्सिदिन

पिउदा पिउदै डर लाग्छ अब पिउने लत हुन्

तर उन्को बजार भाउ सधै सत प्रतिसत हुन्छ

बेहाल भयो मेरो माया उन्को बिस्वास् जित्नै गाह्रो

पिरतीमा जोड्ने भन्दा तोड्नेको नै बहुमत हुन्छ

 

https://www.facebook.com/yograj.acharya

 

                                                                       गजल                                                                                                 

घुमी फिरी फेरी दशै आगनीमा आउदाँ आमा ।
यो दशैँको रातो टिका, चुक्ने भयो आमा॥

साथी भाई सँग सँगै, रमाउने मेरो॥
चाहाना त्यो सबै सबै, लुक्ने भयो आमा॥

 सानो छँदा ढाँका टोपी, हाँस्दै लाको शिर॥
पोहोर झैँ प्रवाशमै, झुक्ने भयो आमा॥

खुशी हुँदै मेरो लागी, नानीले उनेको॥
सयपत्री माला फेरि, फूक्ने भयो आमा॥

जताततै झिलीमिली, देउसी र भैलो॥
सम्झि सम्झि मेरो मन, दुख्ने भयो आमा॥

गजल
हाम्रो घरमा पिरै होला अन्त खुशी छाउदाँ आमा ‌‌।।

फाटेको तिम्रो चोली फेर्न पाईन अहिले पनि ।
रहर होला तिम्रो पनि सबले राम्रो लाउदाँ आमा ।।

टोलाउदी हौ डिल बसी मलाई नै सम्झिएर ।
डाली बसी न्याउलीले बिरही गित गाउदाँ आमा।।

म आफु त भक्कानिन्छु कस्तो होला हजुरलाई ।
आउदैन रे छोरो घरमा भन्ने खबर पाउदाँ आमा ॥

 

गजल

यसपाली नि जमरा, सुक्ने भयो आमा॥
यो दशैँको रातो टिका, चुक्ने भयो आमा॥

साथी भाई सँग सँगै, रमाउने मेरो॥
चाहाना त्यो सबै सबै, लुक्ने भयो आमा॥

सानो छँदा ढाँका टोपी, हाँस्दै लाको शिर॥
पोहोर झैँ प्रवाशमै, झुक्ने भयो आमा॥

खुशी हुँदै मेरो लागी, नानीले उनेको॥
सयपत्री माला फेरि, फूक्ने भयो आमा॥

जताततै झिलीमिली, देउसी र भैलो॥
सम्झि सम्झि मेरो मन, दुख्ने भयो आमा॥

FROM
DOHA QATAR
Loknath Rijal