गजल ;गल्ती गरिएछ कसैको दिल जफत गरेर ।

गजल

नजानी भुलें सुन्दरी औ सुरामा ।

हरे दैव भन्दै चुटेँ पुर्पुरामा ।।१।।

चलेको छ हल्ला सबै गाउँघरमा।

हुँदैहुन्न बिश्वास भन्थ्यौ भुरामा ।।२।।

कहाँ हुन्छ एकै फिटिक्कै हुँदैन ।

यता के टि एम् मा उता बाजुरामा ।।३।।

लजाएर तिम्ले नहेरे’नि हुन्छ ।

टुना हुन्छ भन्छन् बजेको चुरामा।।४।।

कहाँ गै हराएछ ? ब्रम्हाण्ड सारा –

उचाल्ने पुरै जोस् थियो पाखुरामा ।।५।।

पुरु रिजाल (भूमेस्थान ७ धादिङ)

**गजल***

गल्ती गरिएछ कसैको दिल जफत गरेर ।

त्यसैले पोल्नुसम्म पोल्छ छाती भतभत गरेर ।

।१।। ********** भेट भाथ्यो खुसी लाथ्यो छुट्टिएसि सक्किगाथ्यो

। मैले सबै सम्झनाहरु राखेछु बचत गरेर ।।२।। *******

सकिएन यो उमेर सम्म केही गर्न सकिएन ।

लाग्छ अब त केही गर्नु पर्छ हिम्मत गरेर ।।३।।

******* हामीले दिल दिलमै प्यार रोपेका छौ ।

अब फुलाउनुपर्छ दुवैले मद्दत गरेर ।।४।।

******** पुरु रिजाल (भूमेस्थान -७ धादिङ )

%d bloggers like this: