गुमीसकेको मौका -लेखन : जया कोइराला-भाग =2

गुमेकेको मौका भाग २ हातका औँलाहरू मोबाईल स्क्रीन तिर दौडदै गर्दा ऊस्को मनमा कौतुहलता बड्दै गयो तर जब म्यासेज स्क्रिनमा खुल्यो तब ऊस्का सारा कौतुहलता बिलाएरै गयो|

 

त्यो म्यासेज त झनै अनौठो लाग्यो “जमाना खराब छ अन्जु यहाँ कसैको परीचयको लागी # plz भनेर नरम नहोऊ,

 

अरुलाई थर्काऊन सिक पहिचान सुन्न होईन पत्ता लगाऊन सिक” यस्तै शब्दले भरीएको थियो त्यो म्यासेज|

 

अपरीचीत नम्बर र अपरीचीत मान्छे बाट आएको म्यासेज भएपनी ऊ त्यो म्यासेज लाई खुब चाख दिएर पढ्दै

 

थिई सायद त्यो म्यासेजको शब्द संयोजन राम्रो थियो वा त्यो म्यासेजमा केहि हद सम्म उस्को पहिचान भेटीरहेकी’थी ,

 

खोई वास्तबिकता के थियो केबल उस्लाई थाहा होला| त्यो म्यास्जवाला जती टाढा र अपरीचीत भएपनी उस्को म्यासेजमा

 

काँही कतै छुट्टै किसीमको आत्मीयपन भेटेकी थिई अन्जु ले| ऊस्को मनमा त्यो म्यासेजबाला लाई चिन्न उत्सुकता झन बड्दै गयो|

 

तर म्यासेजबालाको शब्दहरु बाट यो प्रष्ट भै सकेको थियो कि त्यो मान्छेको परीचय पाँउन त्यती सजीलो छैन| भनीन्छ नि जब मान्छेको

जिबनमा केही घटना घट्छ नि तब त्यो मान्छे ले त्यो घटनालाई एकचोटी आफ्नो मन ले हेर्छ रे अर्कोचोटी दिमागले अन्जुले पनी यसै गरी ,

 

जब दिलदेखी त्यो म्यासेजवाला लाई संम्झन्थी तब ऊस्को पहीचान जान्न चहान्थी तर जब त्यही कुरा दिमागमा गुन्जिन्थ्थो तब ऊ त्यो म्यासेजवाला बाट भाग्न चहान्थ्थी|

 

अनिमेश बाट टाढा भएपछीको समयमा अन्जु कोहीपनी मान्छे संग नजिक हुन चाहीन अन्जुमा कोही संग नजीक हुने चहान थिएन |

 

ऊस्लाई पाऊने चहाना भन्दा गुमाऊने डर धेरै थियो|छिनभर मा नै त्यो म्यासेजवालाको बारेमा दिल र दिमाग बिच वादबिवाद सुरू भयो र

 

आखीरमा जित दिमागको नै भयो र ऊस्ले त्यो म्यासेजवालाको बारेमा चासो नदेखाउने फैसला गरी |

 

अब ऊस्लाई त्यो कलेजको चौरमा बस्न मन लाग्न छोड्यो र ऊ कलेजको गेट तर्फ लागी| अरुदिन घरको डोर बेल

 

बजाऊदा बजाऊदा कसैले ढोका नखोल्ने घरमा आज अच्चमै भयो अन्जु घरको ढोकामा के आईपुगेकी’थि घरको

 

ढोका खुल्यो र फेरी अर्को अच्चम के भयो भने आज अन्जुका बाबाआमा दुबै घर’मै थिय|दुबैलाई संगै देखेर ऊ

केहीहद सम्म खुसी ‘थी अन्जु बोलीहाली “आहा! मामु बाबा आज दुबै जना घर’मै , मामु आज भरे खाना संगै खाने ल?

 

था’छ हजुरहरु लाई हामीले यो हप्तामा एकदीन पनी संगै खाना खा….” बोल्दा बोल्दै ऊस्को ध्यान आमाबाबा को कपडामा

 

पर्यो जहाँ ऊस्की आमा सारीमा र बाबा कोटमा सजिएको थिए| ” सरी छोरी हेरन आज तिम्रो बाबाको अफिसमा पार्टी छ

 

नगईपनी त भएन तिम्रो खाना किचनमा छ खाउ है टेक केयर छोरी” आमाले भनिन् यता अन्जु भने न्याऊरो मुख र खिन्न मन लायर ”

 

ओके मामु ईन्जोय अ लट” भनेर सकिनसकी फिस्स हाँसी आफ्नो कोठा तिर हिँडि| हुन त यो सब कुरा सामान्य नै थियो किनकी अन्जु बच्चै देखी एक्लो भएकी थिई |

 

ऊस्को आमा बाबा दुबै जाना सधै आफ्नैकाममा ब्यस्त जो रहन्थथे | एकान्तको बिछ्याऊनामा पल्टीदा पल्टीदै उस्ले

 

अनिमेशको न्यानो साथ पाएकी थिई अनिमेशको आगमनले उस्को जिन्दगी पुरै परीवर्तन गरेको थियो|

अन्जु’नि अनिमेश संग रहदाँ जिन्दगीमा खुसी भएर’नि

 

बाच्न सकीन्छ भनेर सिकेकी थिई तर यो सब क सुनामी आऊनु अगी आएको शान्ति रहेछ| अनिमेश ले

 

साच्चै ऊस्को जिबनमा सुनामी लिगेर आयो र ऊस्को मनलाई तहसनहस पारेर आफ्नै दुँनियामा फर्कियो|

 

आजकल अन्जु शान्त भएकी छे, प्रयास गर्दै छे आफ्नो छरीएको जिन्दगी लाई सगेल्न|कोठाको ढोका खोल्न

 

नपाई खाटमा लडाउछे ऊ आफुलाई अनी रुन थाल्छे | ऊस्ले रुदा कुनै आवाज निकाल्दीन तर यो भने स्प्रष्ट

 

देखीन्थयो कि ऊस्को आँसुका प्रत्यक थोपाले ऊस्को बेदना चिच्याई चिच्याही ऊस्को कोठाको दराज, किताब, खाट, सिरानी, सिरक

 

…… यि सब लाई सुनाईरहेका थिए|

 

क्रमश…..

%d bloggers like this: