गुमीसकेको मौका -लेखन : जया कोइराला-भाग =3

गुमेको मौका भाग ३ रुदाँ रुदैँ खोई कुनबेला अन्जुको आँखा लागेछ,

 

एक्कासी मोबाईलको घन्टीले ऊ झस्की फेरी म्यासेजनै आएको रहेछ|

 

खोईके सोचेर अन्जुले म्यासेज हेर्छ त्यो म्यासेज बिहानकै म्यासेजवालाको रहेछ |

 

म्यासेजमा लेखीएको थियो “किन रिप्लाई दिएनौ नि अन्जु? मैले तिम्रो चित्त दुखाए जस्तो छ आई एम सरी ..

 

.. इस्टे ह्याप्पी” यो म्यासेसमा काँही कतै आत्मीयपन फेला पार्छे अन्जु ले|

“मेरो बाबा मामुले कहीलेई मेरो खुसीको ख्याल गर्नु हुन्न तर यो नचिनेकै भएपनी सरी त भन्दै छ”

 

आफ्नो मनमा यस्तै कुरा खेलाउदै रिप्लाईमा गएर “होईन त्यस्तो नसोच्नुस म ठिक छु बस नचिनेको मान्छे संग बोल्ने बानी छैन”

 

यती लेखेर ऊस्ले म्यासेज सेन्ट गरीदीन्छे| कलेजबाट आएदेखी खाटमा पल्टेकी अन्जु म्यासेज सेन्ट गरेपछी खाट बाट ऊठ्छे |

 

ऊस्को टाउको पछाडी ठुलै वजनदार बस्तुले हानेको जस्तो भान’भै रहेको थियो कलेज ड्रेस पनी नखोलीएको शरीर एकदम

 

भारी लाग्न थाल्यो अन्जुलाई| घडीले रातको ११ बजेको संकेत गर्दै थियो त्यही’नि अन्जु ननुहाई बस्नसकीन र ऊ बाथरुम भित्र पस्छे|

फ्रेस भैसकेपछी ऊस्लाई त्यो कोठामा बस्न मन लागेन, उकुसमुकुस लाग्न थाल्यो र ऊ घरको बरन्डामा निस्कन्छे पुरा शहर सुनसान

 

थियो तर काँहीकतै फाट्टफुट्ट मान्छेहरु देखीनथ्थे सडकमा|

 

यस्तै दृश्यमा आँखा डुलाऊदै गर्दा ऊस्को आँखा सडकको एउटा कुनामा पर्छ जहाँ एऊटी

 

अर्धनग्न आमा आफ्नो बच्चालाई केही खुवाइरहेही थिईन| अन्जुलाई त्यो बच्चादेखी डाह लाग्छ र सोच्छे सायद त्यो आमाको काखमा अन्जु हुन्थी त |

 

अन्जु लाई आफ्नो धनले समपन्न जिबन देखी घिन लाग्न थाल्छ| ऊस्ले त्यो दृश्य धेरै बेर हे़र्न सक्दीन उस्लाई छटपटी हुन्छ अनी फेरी कोठामा फर्कन्छे|

 

कोठामा पसेर फेरी मोबाईल तर्फ हेर्छ त्यहाँ वान न्यु म्यासेस देखाईरहेको थियो|

म्यासेजमा लेखीएको थियो “धन्न रिसाएकी रै’न छौ अनी फ्रेनसिप गर्न चिन्नै पर्छ भन्ने पनी त छैन.

 

.. के हामी साथी बन्न सक्छौ” यो म्यासेस देखे पछी ऊस्ले “हुन्छ मि. ईस्ट्रेनजर” भनेर सेन्ट गरीदीन्छे|

 

म्यासेज सेन्ट गरेको एक छीन मा नै मोबाईलमा त्यही म्यासेजवालाको फोन बज्न थाल्छ र ऊस्ले फोन ऊठाऊछे|

 

ऊताबाट आवाज आऊछ ” हेलो अन्जु” यो स्वरले अन्जु एक्कासी झस्कन्छे…….

 

..क्रमश सल्लाह र सुझाब दिन नभुल्नु होला

 

 

%d bloggers like this: