गुमीसकेको मौका -लेखन : जया कोइराला-भाग =4

त्यो फोनमा सुनीएको आवाज एकदम धेरै परीचीत लाग्यो अन्जुलाई ,

 

ऊस्लाई त्यो आवाज सुनीरहने आवाज जस्तो लाग्यो र उस्ले कती प्रयत्नगरी तर त्यो मान्छे ठम्याउन सकीन |

 

अन्जुको मन कती समय अघि देखी त्यो आवाज सुन्न तड्पीरहेको थियो झै लाग्यो अन्जु लाई |

उताबाट आएको “हेलो अन्जु ”

 

को जबाफ स्वरुप “हाई” भन्छे| फोनमा ऊनीहरुको धेरै केहीबेर कुरा हुन्छ र ति सब कुराहरु के छ? कस्तो छ?

 

यस्तैमा सिमीत हुन्छ|अपरीचीत तर पनी आत्मीय भएको कारण अन्जुले त्यो आवाजलाई हजुर भनेर संम्बोधन गर्छ|

कुरैकुराको बिचमा एकचोटी अन्जुले भन्छे “अझैपनी हजुर आफ्नो नाम भन्नु हुन्न?” ऊताबाट जबाफ आँउछ “लौ तिम्लाई’था छदै छ नि मेरो नाम” यो जबाफले

 

अन्जुफेरी झस्कीन्छे उसै त त्यो आवाज अन्जुलाई खुब परीचीत लागीरहेको थियो झन ऊस्को यो जबाफ|

 

ऊताबाट आएको आबाज रोकीएको थिएन ऊ भन्दै थियो “………..मेरो नामा मि.ईस्ट्रेनजर जुन तिम्लेनै अघी राख्दीएकी होईनौ ???

 

कत्ती छीट्टै बिर्सीएछौ” यती भनेर ऊ हाँस्न थाल्यो तर यता अन्जुलाई भने आफ्नो प्रश्नलाई रमाईलोको रुपमा हेरेको भएर खुब रिस उठीरहेको थियो तै पनी अन्जु त्यो

 

आवाज संगै हाँसीदिन्छे|करीब ५/६ मिनेटको कुराकानीपछी अन्जुले “म फोन राख्छु भन्छे”

र ऊताबाट जबाफ आऊछ “हुन्छ तर भोलीपनी हामी कुरा गर्नसक्छौ नि?” हुनत अन्जु कुनैपनी व्यक्तिसंग

 

नजीक हुँन चाहान्न’थी तर यो पटक भने ऊस्को ओठबाट हुन्छ भन्ने शब्द निस्कीयो| “ल त त्यसो भए भोली कुरा गरौँला”

 

उताबाट आएको यो जबाफमा एकप्रकारको हर्ष थियो हुनसक्छ त्यो उमंगता अन्जुको हुन्छ भन्ने जवाफ सुनेर हो| त्यसपछी

 

अन्जुले फोन राखीदिन्छे| अन्जुले फोन के राखेकी’थि उताबाट फेरी म्यासेस आँउछ “अन्जु किन बाई’नी नभनी फोन राख्यौ नी?

 

गुड नाईट अन्जु बाई” र यताबाट “गुड नाईट मी.ईस्ट्रन्जर” भनेर अन्जुले म्यासेज रिप्लाई गरीदीन्छे|तर उस्से बाई भन्दीन|

 

धडीले १२:३० को संकेत गर्दै थियो तर यसबेला भै’सक्दा पनी अन्जुको आँखामा निन्द्रा थिएन| फोन राखीसके पछी खोई किन हो

 

आज अन्जु लाई अनिमेशको खुब याद आईरहेको थियो| अनिमेश संग बितायका पलहरू आँखा

 

ओरीपरी घुम्न थाले खाटमा पल्टीरहेकी अन्जु जुरुक्क खाटबाट ऊठ्छे र दराज खोल्छे |

दराज बाट उस्ले रातो खोल गरेको एउटा एल्बम निकाल्छे र पुन: खाटमा गएर थच्चक बस्छे

 

अनि एक एक गरेर एल्बमका फोटोहरुमा आफ्नो आँखा डुलाऊन थाल्छे| ति सब फोटोहरु

 

अनीमेश र ऊस्को थियो कुनै चोभार, कुनै पोखरा र अन्य थुप्रै ठाँऊमा जाँदा खिचीएका फोटोहरु

 

अझ कुनै कुनै फोटोहरु त ऊनिहरुको बालापनको थियो जस्लाई हेर्दा जो कोही नहाँसी बस्नै सक्दैन थियो|

 

अन्जुले पनी केही पल कै लागी अनीमेश आफ्नो जिन्दगीबाट गई सकेको कुरा भुलीदिन्छे र ति फोटोहरूसंगै

हासीँदीन्छे| एल्बममा आँखा नचाँउदै गर्दा उस्को आँखा एऊटा फोटोमा गएर निक्कैबेर अडिन्छ जहा अन्जु र

 

अनिमेश एकअर्को लाई एकटकले हेरीरहेका थिए| अन्जुले त्यो फोटोलाई एल्बमबाट निकाल्छे र आफ्नो ओठमा

 

स्पर्श गराउँछे| त्यो फोटो अन्जुको अठारौँ जन्मदीनको थियो त्यो दिन अन्जुको लागी एकदम महत्वपुर्ण दिन थियो किनकी.

 

…….. .क्रमश सल्लाह र सुझाब दिन नभुल्नु होला

%d bloggers like this: