गुमीसकेको मौका -लेखन : जया कोइराला-भाग =5

त्यो दिन अनिमेशले अन्जुलाई प्रेम प्रस्ताब रखेको थियो , जन्मौँ जन्म साथ दिन्छु भनेर बाचा गरेको थियो त्यो दिन

अन्जुको खुसीको कुनै सिमा नै थिएन किनकि जुन दिन देखी अन्जुले आफ्नो होस संम्हालेकी’थी त्यही दीन देखी
अनिमेशलाई आफ्नो ठानेकी थिई अन्जुले|आफ्नो अामाबाबाको ब्यस्त जिबन बाट आजित भएकी अन्जुको जिबनमा
अनिमेश यस्तो लठ्ठी भएको थियो जुन अन्जु जिबन भरी टेक्न चहान्थी अनी जस्लाई यती धेरै माया गरीन्छ त्यसले नै आफुलाई
प्रेम प्रस्ताब राख्दा को यस्तो व्यक्ती होला यो संसारमा जो खुसी नहोला , अन्जु पनी एकदम खुसी’थि र ऊस्ले अनिमेशको प्रेम
प्रस्ताबलाई स्विकार गरी| मध्यरातमा यो सब खल्लो अतितको संम्झना आँउदा अन्जुलाई खपीनस्कनु भयो, मुटु चर्केर फुट्ला जस्तो भयो,
आँखाबाट सउने भेलसरी आँसु बग्न थाल्यो| अन्जुमा अब त्यो फोटो हेर्न सक्ने हिम्मत रहेन र ऊस्ले त्यो फोटोलाई हतार हतार एल्बमा हाल्छे

अनि एल्बमलाई यथास्थानमा राखीदिन्छे|अन्जु लाई आफ्नो शरीर अती गलेको जस्तो लाग्छ ,आफ्नो शरीरलाई थाम्न नसकुँलाझै हुन्छ अन्जुलाई र अन्जु खाटमा पल्टीन्छे|

आँखाको आँसु रोकीएको हुँदैन न त उस्को मनमा अतितका यादहरु आँऊन रोकीएको हुँन्छ| अनेकथरी सोचेर सिरकले मुख छोपेर घुँक्क घुँक्क गर्दा गर्दै खोई कुनबेला

अन्जु निदाँऊछे| बिहान मोबाईलमा बजेको आल्रामले अन्जुको आँखा खुल्छ, कोठाको भित्ते धडीले सात बजेको संकेत गर्दै थियो|
अरुदिन भने ८ बजेसम्म सुत्नुपर्ने अन्जुलाई आज किन हो सुत्न मन लागेन ऊ खाटबाट जुरुक्क ऊठ्छे आज उस्लाई आफ्नो टाऊको एकदम हलुको लागीरहेको थियो|धेरै पछी
अन्जुलाई भोकलागेको महशुस भयो साच्चै अन्जुले अन्तीमचोटी खाना कहीले खाँएकी थिई
अन्जु आफैले भुल्नेबेला भैसकेको थियो| अन्जु फ्रेस भएर किचन तर्फ जान लाग्दा मोबाईलमा
कसैको फोन आँउछ उस्ले फोन रिसीभ गर्छे अन्जु: हेलो! ऊताबाट: हे अन्जु चिनेऊ’ नी अन्जु: अँ! चिने मि.ईस्ट्रेनजर ऊताबाट:चिया/कफी भयो?
अन्जु: छैन एकछीनमा अब अनी हजुर को भयो? ऊताबाट: छैन अन्जु: किन? उताबाट: तिम्ले दिएकी छौ र? अन्जुलाई उस्ले बोलेको पारा मनपर्दैन
र फोन राख्ने अनुमती माग्छे र फोन राख्छे|हुनत अन्जु पनी शहर मा नै जन्मीयर शहर’कै हावापानीमा राम्ररी भिजेकी केटी तै पनी ऊस्को व्यभार

एकदम सरल किसीमको थियो| मनमा जे सुकै भएपनी कसैसंग बोल्दा नहाँसी बोल्दीन’थी अन्जु|

हुनत आज पनी केही फरक छैन वाताबरणमा त्यही

बिहान त्यही कोठा र त्यही अन्जु तर आज अन्जुले भने छुट्टै किसीमको फरकपना महशुस गरीरहेकी छे|
उ भित्र आज छुट्टै चन्चलता छ, उस्लाई बर्षौँ देखी बोकेर राखेको गर्हौँ भारी बिसाए झै शरीर एकदम हलुको
भएको महशुस भै’ रहेको थियो| हातको मोबाईल लाई खाट’मै छोडेर उ किचन तिर लाग्छे, उस्को मम्मी
पहीलेदेखी नै किचनमा खाना बनाऊदै हुन्छिन् अन्जुलाई किचनमा देखेर उस्की मम्मी बोलीहाल्नुहुन्छ “
अहो! आज त छिट्टै ऊठेछौ’ नी अन्जु” ” अँ मामु आज आँखा चाडै खुलेछ” अन्जु चिया बनाउदै जबाफ दिन्छे|
अन्जुको जबाफले उस्की मम्मीको अनुहारमा अलीकती मात्र भए’नी खुसीको रेखाहरु देखीन्छ किनकी यसरी
राम्रो संग उहाँको प्रश्नको अन्जुले प्रतीउत्तर नदीएकी धेरै’भैसकेको थियो, अन्जुको जबाब जहीले अँ, हुन्छ
, ल, नाई यस्तै यस्तैमा सिमीत हुने गर्थियो|चिया कपमा राखेर अन्जु किचनबाट निस्कदै गर्दा “खाना पस्कीदिऊ है छोरी?”
ऊस्की मम्मीले प्रश्न गर्छीन|”एकछीनमा हजुरहरु संगै खान्छु नि” अन्जु जबाफ दिन्छे| “छोरी तिम्रो बाबा त अफिस’गै सक्नु भयो”
निरास हुँदै ऊस्की मम्मीले जबाफ दिन्छीन|ए भनेर निराश हुँदै किचन बाट निस्कन्छे|…
….. क्रमश

 

%d bloggers like this: