गुमीसकेको मौका -लेखन : जया कोइराला-भाग =१

एक्कासी मोबाईलमा म्यासेजको टोन बज्यो, सिरक भित्र लुकेर सपनाको सुन्दर संसारमा हराई रहेका उस्का आँखाहरुले त्यो म्यासेज हेर्न तेती जाँगर चलाएनन्|

 

एकछीन पछी मोबाईलमा लगातार घन्टी बज्न थाल्यो र ऊ बाध्य भई सपनाको संसार छोड्न, मोबाईल ले ८ बजेको संकेत गर्दै रहेछ र ऊ ऊठी अनी फ्रेस भएर कलेज तर्फ दौडी|

 

ऊस्की मम्मी खना खाएर जाँ भन्दै चिच्याऊदै थिईन तर ऊस्ले यसको कुनै प्रतीकृिया देखाईनन्|

 

“ओहो! कती ब्यस्त छ यो काठमान्डौँ शहर, शान्ती र आन्नद भन्ने कुरा त कतै छैन” यस्तै सोच्दै ऊ कलेज भित्र पस्छे class पहिलेदेखी नै सुरु भैसकेको थियो|

 

गएर दोस्रो बेन्चमा बस्छे , एक्लै छे ऊ बेन्चमा आजपनी …. जब जिन्दगी बाट अनिमेश(ऊस्को प्रेमी) बिदा भएको थियो त्यस पछी ऊ एकान्त प्रेमी भएकी छे|

 

ऊ चहान्नथी अनिमेशको प्रभाब उस्को आजको जिबनमा परोस त्यहीँ भएर आफुलाई सकेजती ब्यस्त राख्थी ऊ|

ऊ अनिमेशको यादहरु भन्दा धेरै पर पुग्न चहान्थी तर कहीलेकाँही भुल्ने निहु मा नै भएपनी अनिमेश संग बितायका पलहरू मानसपटलमा घुमीदीन्छ उस्को तर ऊ आफुलाई सम्हाल्न सफल भएकी छे|

 

क्लासमा सर एकसुरमा कराईरहनु भएको थियो अनी विधार्थीहरु नी आफ्नैसुरमा कराईरहेका थिय यस्तो लाग्थ्यो त्यो कुनै बस स्टेसन हो जँहा कसैको बोल्ने र हिँड्ने समय निश्चित छैन|

 

यो सब् को बिचमा ऊ निसास्सी रहेकी थिई ऊ त्यहाँ बस्न सकीन र एक्कासी क्लास बाट बहिरीएर क्यामपसको चौरमा पुगेर थच्चक बस्छे|

 

“छि: कस्तो उकुसमुकुस लाकेको” ऊ आफैसीत कुरा गर्छे अनी आँखा चिम्लीएर लामो श्वास लिन्छे|

 

उस्लाई क्लासको त्यो वातावरणको सामना गर्नसक्छु जस्तो लाग्दैन र ऊस्ले त्यो दिन त्यहीँ चौरमा बिताऊने निर्णय गर्छे|

 

ऊस्लाई आफ्नो फोनमा बिहान बजेको म्यासेजको टोनको याद आऊछ र उस्ले फोनको स्क्रिन अन गर्छे| त्यहा वान न्यु म्यासेस देखाईरहेको हुन्छ|

ऊस्ले म्यासेज हेर्छ न्यु नम्बर बाट आएको म्यासेज जुन नम्बर उस्ले कती याद गर्दा नि कस्को थाहा हुन्न |

 

म्यासेजमा लेखीएको थियो”

 

Choosing goals that are important to you is one of the most essential things you can do in order to live your dreams…

 

. Good morning Anju ”

 

यो अचम्म लाग्दो म्यासेज कसरी आयो ऊस्को नम्बरमा त्यो पनी अन्जान नम्बर बाट

 

, फेरी गल्ती भएर आएको भन्न पनी मिलेको छैन किनकी त्यहाँ

 

# Anju भनेर उस्लाई संम्बोधन गरीएको थियो

 

जुन ऊस्कै नाम थियो| यो म्यासेजले ऊस्लाई अलमल्लमा पार्दीयो र सोच्न थाली ऊस्को नम्बर को को संग छ

 

र कस्ले पठायो होला यस्तो म्यासेज??? तर अँह केही पत्ता लगाऊन सकीन तर ऊस्ले म्यासेजको रिप्लाई गर्ने निचोड निकाली र लेखी

 

“may I know u plz” अनी सेन्ड गर्दी| को होला यो म्यासेजवाला? किन मलाई यस्तो अचम्मको म्यासेज पठाएको?

 

यस्तै सोच्दै गर्दा फेरी मोबाईल बज्यो र त्यो पनी म्यासेज आएको टोनमा र ऊस्का हातका औँलाहरुले न्यु म्यासेज लेखीएको स्क्रिन तर्फ

 

दौडिए…

………… क्रमश

%d bloggers like this: