गुलियो रस कहाँ हुन्छ, धेरैले अब पत्ता लाए/ गोम बिक्रम कल्लाबारी, पाल्पा ।

मुक्तक-1
माया गर्नेले मुटुभरी, चोखोमाया
साँचेको पाएँ
कैयौं खतरा मोलि मोलि, मायाको
निम्ति बाँचेको पाएँ
बाचाकसम ख्वाउनेले, तिम्रै हुँ भनी
र्‍वाउनेले
हर दु:खमा साथै छु भनी, उल्टै मन पो
जाँचेको पाएँ ।
2
अहिले कतै नगनेर, स्वार्थी चालमा चल्दै गर
दुनियाँलाई छारो हाली, हर कुरामा छल्दै गर
छलेको सत्ता पल्टिनेछ, समस्या तब सल्टिनेछ
नसकिन्जेल दम्भहरू, आफ्नै ईर्ष्याले जल्दै गर ।
3
पिठ्यूँ फर्काइ गयौ तिमी, मलाई
छोडी लुरुलुरु
छेउमा बसी हेरिरहेँ, अाँखा बिछाइ
खुरुखुरु
दोष पनि होइन तिम्रो, गुनासो नि
होइन मेरो
पर पुगी फर्की हेर्यौ, अाफै रोइछौ
धुरुधुरु ।
4
जसले देशै डुबाउँछ, उसैको शिरमा
ताज देख्छु
इनाम अनि जस पाउने,जहिले धोके-
बाज देख्छु
नीतिनियम एकातिर, काम देखिन्छ
अर्कोतिर
सक्षमहरू पाखा सारी,कलंकितको
राज देख्छु ।
5
सीधा- सादा जनतालाई, मुटुभित्रको काँडो भा’छ
पहुँच हुने चतुरेलाई, कमाइ खाने भाँडो भा’छ
देश डुबाइ जानाजानी, नेता-दलको खिचातानी
नेपालको लोकतन्त्र, साँच्चै अचेल घाँडो भा’छ ।
6
केही उपाय लाग्ने हैन, गाडीवालाले कसेपछि
रामराम भन्नु पर्छ अझै, सवारी सीटमा बसेपछि
जिम्मेवारले पाखा लाग्ने, यमराजका आँखा लाग्ने
सरकार त्यसै चुप्प हुन्छ, दुर्घटनामा फसेपछि ।
7
गुलियो रस कहाँ हुन्छ, धेरैले अब पत्ता लाए
अाफ्नो पहुँच मिलाएर, सक्दासम्म भत्ता खाए
कहीं कोही बाँकी छैनन्, कहिले केही गर्ने हैनन्
कस्तो होला अझै देशमा, गुण्डा तस्करले सत्ता पाए !
8
धागोले समेटी राख्छ चंगा, चुँडे टाढा
बहँदोरैछ
विघ्नै परोस् छुटिएर, वेदना बरू
सहँदोरैछ
अलग भई गए पनि, फेरि नभेट्ने
भए पनि
भित्री मनमा कता कता,’आफ्नोपन’
त रहँदोरैछ ।
9
साइत नहोस् भाई नहोस्, सायद
चित्त बुझ्दोहोला
बाध्यतालाई नमान्नेले, प्रयास
गर्दै जुध्दोहोला
अचम्मैसित टीका गयो, आँशुका
मात्र ढिका भयो
सबै भए नि लाइनँ टीका, परेली
किन रुझ्दोहोला ।
10
आफ्नो रवाफ देखाउन, सबको आफ्नै
डाँको होला !
खुशीले रम्ने चाहना, कल्लाई पो
न भाको होला ?
वेदनाहरू छुट्टै भए, चाहना सबै
खेर गए
भाई भएर लाइनँ टिका, मनमा कस्तो
‘राँको’ होला ?
11
भेट्थे उन्लाई मन्दिरमा, हातमा धूप र
थाली थियो
‘यो तिहारमा आउँछु’ भन्ने, भाईलाई भेट्ने पाली थियो
ओखरहरू फोरे पनि, लाखौं बिन्ति
जोरे पनि
अँधेरो देखेँ अौँसी झैं मन, निधार उस्तै
खाली थियो ।

गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

%d bloggers like this: