छोरा छोरी साथ नहुदा फुस्रा हातलाइ निधारमाथि ,दलेको देख्छु अचेल ।।

गजल-

पिलपिल दियो मठको छेउ,

बलेको देख्छु अचेल र त्यही एउटा सेतो पुतली,

जलेको देख्छु अचेल ।।

बाबाको उमेर ढल्क्यो,

आमा कमजोर हुनुभयो अँह

छैन शक्ति तिनै शरीर,

गलेको देख्छु अचेल ।।

कोहि भएनन रे त्यहा थोपा

थोपा पानी राख्ने चौतारिको वर पिपल नि ,

ढलेको देख्छु अचेल ।।

आउदैनन रे चाडपर्व नि

छोरा छोरी साथ नहुदा फुस्रा हातलाइ निधारमाथि

,दलेको देख्छु अचेल ।।

नपाएर गोडमेल आखिर जरैदेखी सुक्न थाल्यो

मञ्जरिको बोटमा ऐजेरु,फलेको देख्छु अचेल ।।

-सरोज पाठक ज्यामरुङ-६,धादिङ हाल चितवन ।

%d bloggers like this: