जब नोवेल विजेता वैज्ञानिक भेटिए

prasant-329x370 जब नोवेल विजेता वैज्ञानिक भेटिए

प्रशान्त लामिछाने

prasanta.lam@gmail.comdan-shechtman जब नोवेल विजेता वैज्ञानिक भेटिएसाोमबार होटल सोल्टीमा प्रवचन दिँदै नोवेल पुरस्कार विजेता वैज्ञानिक सेक्चमेन। तस्विरः दिनेश गाेले

क्यामेस्ट्रीतर्फ २०११ को नवोल पुरस्कार विजेता डान सेक्चमेनलाई भेट्ने अवसर मिल्यो। अहिले उनी विज्ञानसम्वन्धी एक सम्मेलनलाई सम्वोधन गर्न नेपालमा छन्। क्वाजीक्रिस्टल पत्ता लगाएका यो युगकै महान वैज्ञानिकलाई भेट्न पाउँदाको क्षण रोमाञ्चक त हुनेनै भयो।

एउटा जिज्ञासा थियो: क्वाजी क्रिस्टल पत्ता लगाउँदाको त्यो क्षणमा उनलाई कस्तो अनुभूति भएको थियो होला? आर्किमिडिजको युरेका मोमोन्ट कतै पढेको थिएँ। उनले आफ्नो सिद्धान्त कसरी पानीमा हामफाल्दा दिमागमा फुर्‍यो भन्ने त्यसमा उल्लेख छन्।

सेक्चमेनको पनि यस्तै केही त पक्कै होला! जिज्ञासा थियो। आफ्नो अगाडि महान वैज्ञानिक उभिइरहँदा उनको त्यो क्षण सुन्न म आतुर थिँए।

उनलाई सोधियो: प्रोफेसर! क्वाजी क्रिस्टल पत्ता लगाए पछिको तपाइँको युरेका मोमेन्ट सुनाइदिनु न। म उनको सफलताको पहिलो क्षण सुन्न आतुर थिएँ।

त्यतिवेलाकै रोमाञ्कतामा उनी हामी माझ प्रस्तुत भए र भने: मेरो अफिस करिब दुई सय मिटर लामो थियो। ल्याबहरु त्यहीँ थिए। त्यहाँ त्यस्तै दुई सय मिटर लामो लबी पनि थियो। माइक्रोस्कोपमा म हेरिरहेको थिएँ। र मेरो ठम्याइ क्वाजी क्रिस्टल फेला पर्‍यो भन्ने निश्चित भयो।

माइक्रोस्कोपबाट आँखा हटाउँदै मुस्कुराएँ। उत्साहित हुँदै यो शुभ खवर सुनाउन बाहिर लवीमा निस्किँए। तर त्यो द्ई सय मिटर लामो लवी सुनसान थियो। मानिस त के किरा फट्याङरा पनि थिएनन्। त्यस पछि म फेरि ल्याबमा पसेँ र पटक पटक माइक्रोस्कोपमा हेरेँ।

फेरि एक्लै मुस्कुराएँ। मेरो अनुसन्धानले सफलता पाएको थियो। त्यतिवेला मेरो सफलता सुनाउन मेरो साथमा कोही पनि थिएनन्। अफिस विदा भएपछि सबैलाई मैले यो फेला परेको सुनाए।

उनले यो सुनाएको केही क्षणमै यसको बारेमा क्रिया प्रतिक्रिया सुरु भयो। उनको पक्ष र विपक्षामा वैज्ञानिक विभाजित हुन थाले। त्यतिवेलाका प्रख्यात वैज्ञानिक प्रोफेसर लिनस पलिङ नै उनको उनको विपक्षामा देखिए। यो १९८२ तिरको कुरा थियो। ‘तर म आफ्नो खोजप्रति विश्वस्त थिएँ। ‘इजरायलमा जन्मेका वैज्ञानिक डानले भने, ‘यसको आधिकारिकताबारे प्रतिवाद गर्दै गएँ। आखिर यो सत्य थियो र संसारले यसलाई मान्यता दियो।’

त्यतिबेला लिनस पलिङले क्याटि साइन्टिस हुने तर क्वाजी क्रिष्टल नहुने भन्दै उनको प्रतिवाद गरेका थिए। तर आज यसले व्यापकता पाएको छ। त्यसकै प्रतिफलस्वरुप नन स्टिक भाँडाहरु बनेका छन्। जो तपाई हाम्रो भान्सामा प्रयोग भैरहेका छन्।

एक जना विख्यात वैज्ञानिक आफ्नो छेवैमा पाउँदा मैले सोचेको थिँए। उनले विज्ञानका नयाँ नयाँ आयामहरु मात्र सुनाउने छन्। तर उनी त्यो भन्दा फरक थिए। उनले विकासका मोडलहरुबारे र लगानी र विक्रीको अर्थशास्त्रबारे समेत सुनाउन भ्याए।

सेक्चमेन विज्ञान कसैको पेवा हुँदैन भन्ने मान्यता राख्दा रहेछन्। उनी यो विश्वव्यापी हुने बताउँछन्। ‘क्वाजी क्रिष्टल मैले पत्ता लगाएँ तर यो मेरो होइन यो संसारको हो। धनी देशहरुको पनि हो र गरिब देशहरुको पनि हो’, उनले विज्ञानको समानतालाई प्रष्ट्याए।

धेरैले उनलाई रसायनशास्त्री ठान्छन् खासमा उनी मेकानिकल इन्जिनियर हुन्। एकजना मेकानिकल इन्जिनियर कसरी वैज्ञानिक खोजतर्फ मोडिए? यो अर्को जिज्ञासा थियो। ‘मानिसको जीवन प्राकृतिको सुन्दर उपहार हो’, डान अलिकति जीवन दर्शनतर्फ मोडिए। पुराना दिनहरु सम्झिए। भने, ‘मेरो हजुरवुवाले एउटा हातेलेन्स दिनुभएको थियो। त्यो नै प्रेरणा बन्यो। जब मैले लेन्स पाँए त्यपछि म फूलहरु र किराहरुलाई त्यही लेन्सबाट हेर्न थाँले’, यो नै मेरो प्रेरणा थियो।

सैन्य सेवामा समेत काम गरेका उनले जब आफ्नो ग्राजुएसन सेकेर जागीर खोज्न थाले त्यतिवेला जागिर पाएनन्। उनी सुनाउँछन्, ‘म ग्राजुएट सकेको संसारकै खुशी युवा थिँए तर जागिर खोज्दा पाइएन। त्यसपछि थप पढ्ने र खोजविन गर्ने लक्ष्य राखेँ।’

असल शिक्षाले नै देश विकास हुन सक्ने र नयाँ नयाँ कुराहरु प्राप्त गर्न सक्ने उनको विश्वास रहेछ। त्यसको लागि असल शिक्षकको आवश्यकता पर्ने उनले सुनाए। ‘असल शिक्षक छ भने असल विद्यार्थी उत्पादन हुन्छ। असल विद्यार्थी नै असल नागरिक हुन्छ। असल व्याक्तिले नै कर तिर्छ सहि ठाउँमा लगानी गर्छ र देश विकासको मेरुदण्ड बन्छ’ उनको विश्वास छ।

खराव शिक्षक भए भने खराब र मुर्खा व्याक्ति उत्पादन हुने उनको भनाइ छ। ‘खराव व्याक्तिले न कर तिर्छ न सही ठाउँमा लगानी गर्छ’ उनले भने।

सेक्चमेनले जन्मदरबारे पनि रोचक कुरा सुनाए। उनले चीन, रुस र सिंगापुरको जन्मदरको उदाहरण दिँदै नेपालको जन्मदर ठिक ठाउँमा रहेको आफ्नो विश्वास व्यक्त गरे। ‘नेपालको जन्मदर ठिक छ, अब परिवार नियोजनसम्वन्धी विज्ञापनहरु रोक्दा हुन्छ।’

२.१ भन्दा तलको जन्मदर विश्वलाई खतरा बन्दै गएको उनको बुझाइ रहेछ।

SOURCE www.nagariknews.com

%d bloggers like this: