जवानीको लागि बच्पन गुमएे अनी मायामा धडकन् गुमएे(Bi Na ya ghimire)

बिरताको खुकुरी छातीमा छ मेरो
पुर्खाको चुरीफुरी छातीमा छ मेरो
बाध्यताले बेदेशी भुमीमा बसे पनि
नेपालकै हावा हुरी छातीमा छ मेरो
शक्तिशाली बनाउने खोले र ढिडो
खाएको माना मुरी छातीमा छ मेरो
हेरेर आखाले कहाँ देखिन्छ तस्वीर
लुकाएको निष्ठुरी छातीमा छ मेरो
तिमीले पो सजिलै भुली गयौ आज
मायाको यो बाँसुरी छातीमा छ मेरो
2
गजल
घरदेशको यादमा तड्पिएर आज बाँचेकोछु परदेशमा।
छेउ कुना कलेजीमा देशको माया साँचेकोछु परदेशमा।
सफा ताजा गाउँघरको मिठो खाजा पलपल सम्झे पनि।
म हरपल आँसु झार्दै बासी रोटी भाँचेकोछु परदेशमा।।
सम्झिदै ति दिन दोहोरी उकाली ओराली गाउँदै झरेको।
सके नि नसके नि ‘हस’भन्दै आज नाचेकोछु परदेशमा।
आज हाल खबर बुझ्दा देशको सपनीमा डराउँछु है!
विदेश विदेशी र नेपाल नेपालि जाचेकाे छु परदेसमा
3गजल
आमा तिम्रो हातले बनेको ढिडो खान म पक्का आउछु
पर्देसी छोरा को बचनलाई सत्य ठान म पक्का आउछु
बुढेसकाल लाग्यो लौरी को साहारा खोजि बसेकी छेउ
तिमीलाई सहारा र आहार दिने बुहारी छान म पक्का आउछु
फोन गर्दा बात र खोकी ले खुबै सतायो छोरा भन्छ्यौ
तिमीलाई त्यो सहरको अस्पताल लान म पक्का आउछु
मलाइ तिमिले भाकल गरेका मन्दिरहरु ले डाकेका छन
तिम्रा ति पार्थना हरुको बाटोमा जान म पक्का आउछु
म आउछु पक्का आउछु खबर लिएर काग आउदैछ
खबर लिने आगनि को कागलाइ नहान म पक्का आउछु…..
4
जवानीको लागि बच्पन गुमएे
अनी मायामा धडकन् गुमएे
गाऊ छाडि शहर छिरे देखी
आमले दियको बचन् गुमएे
उधरो जिबन बन्धगीमा छ खुशी
उमङ र चयन् गुमएे जवानीको लागि बच्पन गुमएे
अनी मायामा धडकन् गुमएे
कोपिलले रुदै भमरलाई भन्यो
फुल्नै नपाई यौबन गुमएे जवानीको लागि बच्पन गुमएे
अनी मायामा धडकन् गुमएे
बाबाको खुशी देख्न चाहनेले
आँफै हुर्कियको आगन गुमएे
जवानीको लागि बच्पन गुमएे
अनी मायामा धडकन् गुमएे
5
सक्कली र नक्कली माया चिन्नु कसरी
सबै उस्तै देख्छु मत बुज्नु कसरी
बिस्वास मा आज भोलि खेलिन्छरे
खेल सहि आफ्नो जीवन यात्री रोज्नु कसरी
पिडा हुन्छ मन मा हजुर आफ्नाले चोत दिदा को
आफ्नो को पाराइ खोजु
कसरी सक्कली र नक्कली माया चिन्नु कसरी
सबै उस्तै देख्छु मत बुज्नु कसरि
6
न फुल्ने फुल हरु रोपेको छु मैले
कैले मेरो नहुने तो दिल रोजेको छु मैले
थाहा छ तिम्रो साथ सधै पाउदिना मा
केइ पल लाई भये पनि तेइ माया
रोजेको छु मैले गुनासो हुने छैन
पछि तिमी देखि मालाइ तिम्रो
छोतो याद कै जीवन रोजेको छु मैले

your one feedback help us to work even harder

%d bloggers like this: