जिन्दगीकाे लामाे यात्रा बारे सपना बुन्दै ,,

भन्नुस प्यारा मिठामिठा खबर कस्ता हुन्छन् ??

त्यो दिल घाइते बनाउने नजर कस्ता हुन्छन् ??
मुस्कानैले फूल जुन सबै सबै फिक्का पार्ने ,
, गुलाब फक्रेकाेझैँ लाग्ने अधर कस्ता हुन्छन् ??
उता घाउ लाग्दा यता पिडा भईदिने ,,
बुझ्नै कठिन प्रेम राेगका असर कस्ता हुन्छन् ??
जिन्दगीकाे लामाे यात्रा बारे सपना बुन्दै ,,
हात समाई हिँडिएका सफर कस्ता हुन्छन् ??
बर्षाैंबर्ष टाढा टाढा छुट्टिएर बसेका ती ,,
मुटुसँग धड्कन मिल्ने रहर कस्ता हुन्छन् ??

sita pyakurel dhading
%d bloggers like this: