कथा-अधुरो भाग>४,,,,जिस्कदै चुम्बन गर्थिन र भन्थिन गरेको माया सधै जसो संगै डुल्ने हामी कति खुसी थ्यो जिन्दगानी

 

ओइ नलजान होउ

 
के हुन्छ र म आफ्नै त हो नि
भन्दा खेरी लजाउछे मोरि
ती सेता दात देखाइ खितिती हासी

 

कति राम्रो ती आँखा
गाजल लगाउन
कसैले लैजाला चोरी
नजाहैत काले कतै
म पनि हुन्न टाढा
कस्ता कस्ता कुरा अचम्म

 

भाडाकुटिको बुढाबुढी
डाक्टर बाबा ममि छोराछोरी
बन्दा खेरी को साथ
छोईडुम लुकामारी खेल्दा
भन्ने गर्थी छोडदिन म
तेरो हात र साथ….

 

ऐया घाउ भयो भन्दा
उन्ले गर्ने माया
खै कता गैन ऐले
न देख्छु उन्लाइ
न त उन्को छाया

 

जिस्कदै चुम्बन गर्थिन
र भन्थिन गरेको माया
सधै जसो संगै डुल्ने हामी
कति खुसी थ्यो जिन्दगानी

 

माटोको सिन्दुर र खाजा
र त्यै पातकै पैसामा
छुटि गए ती दुई
सम्बन्ध भयो टुहुरो
र सपना रह्यो अधुरो..
#निसब्द
#भुत

%d bloggers like this: