ज्योतिषको सल्लाह लिने नेपालकी दीपा र भारतकी एकता उस्तै

काठमाडौं, कात्तिक २३ – छक्का पञ्जा निर्देशक दीपा श्री निरौला ज्योतिषमा एकदमै विश्वास गर्छिन् । उनी हरेका काम गर्दा सबैभन्दा पहिले ज्योतिषको सल्लाह लिन्छिन् अनि मात्रै काम सुरु गर्छिन् । ज्योतिषकै सल्लाह अनुसार उनका हरेका फिल्मको नाम ६ बाट सुरु भएको हुन्छ । किनकी ज्योतिषले उनलाई ६ लक्की छ भनेर भनेका छन् ।

यति मात्रै होइन दीपाले आफ्नो सिनेमाको गीत रीलिज गर्दादेखि प्रदर्शन मिति पनि ज्योतिषीको सल्लाहामा मात्रै तय गर्छिन् । भर्खरै प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जाको मिति भदौ २४ गते तय गर्नुको पछाडि पनि २ र ४ जोड्दा ६ हुन आउँछ जुन उनका लागि शुभ अंक थियो । यसरी उनी आफ्नो कर्म गर्दा पूजाआजा र भविष्यबाणीबाटै सुरु गर्छिन् । यो सहि साबित भएको पनि छ । त्यसो त अन्य सेलिब्रेटीहरुले पनि ज्योतिषमा विश्वास नगर्ने हैनन् तर उनीहरुको चर्चा त्यति साह्रो सुनिएको छैन ।cover1 ज्योतिषको सल्लाह लिने नेपालकी दीपा र भारतकी एकता उस्तैदीपाजस्तै ज्योतिषको सल्लाह अनुसार काम गर्ने अर्की निर्मात्री हुन् बलिउडकी सिरियल क्विन एकता कपूर । एकता हरेक काम वास्तुशास्त्र अनुसार नै गर्छिन् । बलिउडमा ज्योतिषमा विश्वास राख्ने सेलिब्रेटीहरु धेरै छन् तर एकता सबैभन्दा पहिलो नम्बरमा आउँछिन् । किनकी उनी हरेक काम वास्तु र ज्योतिष शास्त्र अनुसार नै गर्छिन् । उनी आफ्नो कुण्डली मात्रै होइन अब आफ्नो कम्पनीमा काम गर्नेहरुको समेत कुण्डली हेर्ने भएकी छिन् । जसको लागि उनले पंडितहरुको समूह समेत राखिसकेको बताइएको छ ।  जानकारी अनुसार हाल उनको कम्पनिमा काम गरिरहेकाहरुको समेत कुण्डली हेर्न थालिएको छ ।

पण्डितहरुले त्यहाँ आउनेहरुको ग्रहले उनको कम्पनिको लागि फाइदा गर्छ की गर्दैन भन्ने हेर्ने छन् । यसको अर्थ अब जो पनि उनको कम्पनि अर्थात् बालाजी टेलिफिल्ममा काम गर्न जान्छ उसले आफ्नो चिना पनि बुझाउनु पर्नेछ । ज्योतिषमा विश्वास गर्ने भएकै कारण एकता आफूले निर्माण गरेका प्राय सिरियलहरुको नाम ‘क’ बाट सुरु गर्छिन् ।

उज्यालाे र forseenetwork.com काे सहकार्य

%d bloggers like this: