अपुरो प्रेम भाग :17मिलन अबिरल 💔💔💔ढोकाको चुक्कुल लगाएर आफ्नो ड्रेस चेन्ज गरे ।

ढोकाको चुक्कुल लगाएर आफ्नो ड्रेस चेन्ज गरे ।

त्यसपछी बिछ्यौनामा पल्टिँए तर निन्द्रा भने पटक्कै लागिरहेको थिएन खै के गर्ने अब निदाउने लाखौ कोसिस गरे तर आखामा निन्द्रानै परेन ।
मैले मोबाईल उठाए अनि आफ्नो छोरी दिपाको फोटो आफ्नो श्रीमानको फोटोहरु हेर्न थाले त्यतिकै हेर्दा हेर्दै सरोजको फोटो पनि देखे सम्झिए दिउँसो बाहिर जादा केही फोटो लिएका थियौ ।

त्यही फोटो धेरै पटक हेरे त्यहा सरोजलाई धेरैनै सुन्दर देखिएको थियो ।

घरमा फोन गर्न खोजे फेरि सम्झे यति राती उहाँ निदाईसक्नु भयो होला भन्ने सोचे (पोखराको पहिलो दिन कुरा ) बिहानै फोन गर्ने सोचले मैले राती फोन गरिन अझै पनि मेरो आखामा निन्द्रा परेकै थिएन एकदमै खट्पटी भएरहेको थियो के गरुम यसो घडी हेरे ११ बजिसकेको थियो ।
यति राती बितिसक्दा पनि आखामा निन्द्रा परेकै थिएन तर मलाई पहिला त छिट्टैनै निन्द्रा लाग्ने गर्थियो तर लागिरहेको थिएन नया ठाउ भएर होकि किन हो थाहा थिएन खै के गरुझै भयो अनि ल्यापटप लिए अनि फेसबुक खोले फेसबुक खोल्ने बितिकै रातो टीका देखायो friend request देखे कसको रहेछ ।
भनेर हेरे खै अरु कस कसको थियो सबै भन्दा पहिला सिरानमा सरोजको आएको रहेछ ।

मैले फेसबुक नखोलेको निकै दिन भएको थियो ।खासै मनपनि लाग्दैन थियो ।

बोल्ने कोहि हुदैन थियो दिन भर अफिस अनि साझ बिहान छोरी अनि श्रीमानको साथ time नै मिल्दैन थियो ।
अनि यसो सोचे apceet गर्दिनु पर्यो भन्ने सोछे खै कति दिन पहिला मलाई friend request गरेको थियो मैले त देख्ने मौका आज पाए त्यसपछी apceet गर्दिए ।
प्रोफाईलमै उसको ज्यादै मोहित मोहनी लगाउनेझै फोटो थियो । मैले उसको फोटोहरु हेर्न थाले cover फोटो ५ वटा प्रोफाईल फोटो १० रहेछ ।
मान्छे देख्नमा पनि ज्यादैनै राम्रो थियो अझ उसको फोटोहरु हेरेको ज्यादै सुन्दर देखे आफैलाई थाहा छैन भनिन्छ राम्रो नजरले हेरे सबै राम्रो देखिन्छ भनिन्छ मेरो हेर्ने आँखा सोच्ने सोच राम्रो हो या उ नै राम्रो मैले सबै फोटो चेक गरे मोबाईलमा फेसबुक sms को tone बज्यो ।
अनि।sms box खोले sms सरोजको थियो ।
मलाई के गरौझै भयो sms को reply दिउ या नदिउ के गरौ म दोधारमा परे sms खोले sms मा लेखिएको थियो ….. क्रमशः कृपया ..तपाइहरुलाई के कस्तो लाग्दैछ सुझाव दिनुहोला तपाईहरुको सुझावको अपेक्षा गरेको छु ।

 

%d bloggers like this: