निकेत ढकालको,उनी ,भाग तिन

हाम्रो पहिलो बोलचाल नै गज्जबको थियो | म nursery देखिनै त्यो स्कुलको बिधार्थी थिए र ४ क्लासमा पुग्दा उनी भर्खर अर्को स्कुलबाट हाम्रो स्कुलमा आकी थिन | उनी आको नि ४ ५ महिना भईसकेको थियो तर त्यो बिचमा एकपल्ट नि हाम्रो बोलचाल भाको थिएन | म बोल्न डराउथिए र सायद उनीलाई त थाहा नि थिएन होला कि “एरिस” नामको कोहि केटा उनकै क्लासमा छ भन्ने | नबोलेर के भो र,म उनलाई जानी नजानी मन परउन थालिसकेको थिए | के के पो गरिएन होला | क्लासमा लुकी लुकी हेरियो ,नथाहापाउने गरि पछि पछी लागेर उसको घर समेत पत्ता लगाइयो,एकपल्ट त आट गरेर झन्डै हातमा ब्लेडले उसको नाम लेखन नि पछि परिएन तर बिडम्बना के थियो भने यो बारे उसलाई केहि थाहाथिएन |
मैले उसलाई मन पाराउछु भन्ने कुरा सायद त्यो क्लासमा कसैलाई थाहाथिएन | संजोग भन्ने कि भाग्य,एकपल्ट एउटा चक्चके केटाले उनको पानिको बोतल फुटाएर क्लास भरि पानि नै पानि भाको थियो,र उनको आखा भने चाही आसु नै आसु | यो घटना मैले आफैले नदेखे पनि साथिको मुखबाट सुने | रुदै त उनी थिन,तर पिडा मलाई हुदै थियो,आसु उनको आखामा थियो,तर त्यो आसुले मेरो मनमा बिज्दै थियो,अनुहार उसको अध्यारो थियो,तर चिन्ताको बादलले मेरो संसारमा अन्धकार छाएको थियो,फरक यति थियो कि उनले यो सबै ब्यक्त गर्दै थिन भने यो सबै कुराहरु मेरो मनमा पिल्सिएर ज्वालामुखीको स्वरूप लिदै थियो |मैले उनलाई त्यसरी हेर्नै सकिन र साथिको मुखबाट सुनेकै भरमा सरलाई पोल लाईदिए |
दोषीले सजाय पायो र उनको मुहारमा पहिलेझैँ चमक छायो | एकछिन त आफुलाई सारै खुसि लाग्यो,उसको मुहारमा हासो फर्काउन सफल भए सोचेर रमाए पनि,गर्ब महसुस गर्दै थिए | तर यो सबै एकछिनको लागि मात्र थियो | “अब तलाई त्यो केटाले छोडदैन” अभिले मलाई सम्झाएर भनेको कि थर्काएर मैले त बुझ्नै सकिन | हुन पनि हो,त्यो केटासंग सबैजना डराउने,ज्यान र बल दुवै थियो उसंग ,फेरी केहिले पहिलेपनि उसको हातबाट भेटिसकेका थिए,यस्तोमा डराउनु नि स्वाभाविक हो | तर जे हुनु भईसक्यो,अब डराएर सबै सच्चिने हैन भनेर आफुलाई बलियो बनाउन खोज्दै त थिए तल भित्रबाट म निकै डराको थिए | डरलाई मुहारमा चाही आउनदिन मैले |त्यसैले होला यो कुरा यहि सकियो र हामि बीच कुनै झगडा र रिसिबी नि रहेन | भाग्य बलियो थियो भन्छु मेरो|
त्यो दिन स्कुल पनि डर र खुसि को मिठो समिश्रण चाख्दै बित्यो | बिदाको घन्टी बज्यो र सबैजना घर जान आत्तुर थिए | क्लासबाट निक्लेर स्कुलको गेटमा पुगेको थिए,कसैले केहि भन्या जस्तो लाग्यो | “Thank You” उनले पहिलो पल्ट मसंग केहि भन्दै थिइन,मेरो खुसीको कुनै सिमा थिएन त्यो बेला,के भनु भनु भयो,मसंग राम्रो मौका थियो उनीसंग बोल्ने तर मैले सानु हासोको साथ उनीसंग बोल्ने मौका खेर फ्याले| सायद यसलाई भन्छ होला आफ्नै खुट्टामा बन्चरो हान्नु| ज भएनी यो सुरुवात थियो,त्यस्पछि हरेक दिन एक अर्का संग छोटो भए नि कुरा चाही हुन्थ्यो |

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM