निकेत ढकालको,उनी ❤️❤️❤️ भाग सात

मेरो दैनिकी फेरी पहिले जस्तै सामान्य र सुन्दर हुन लाग्यो | यसो सोचेर हेर्दा त मान्छेको जीवन र ऋतुहरु एउटै जस्तो लाग्छ मलाई | उनीलाई भेट्नु अघि मेरो जीवन बसन्त ऋतु जस्तै थियो, पुरै सुन्दर र रमणीय | उनी आईन मेरो जीवनमा जस्तै आयो ग्रिष्म ऋतु, उनको मायाको तापले म पसिना पसिना भए | अब पालो थियो बर्षा ऋतुको, उनी संगै बेन्चमा बस्दा मेरो लागि मायाको वर्षात भयो र यो केटो चिप्लियो उसको मायामा |

उनीसंग त्यति नजिक हुनु मेरो लागि कुनै चाडपर्व आएको जस्तै थियो, अर्कै अनुभूति हुने,जीवनमा उमंग र मनमा खुशी थियो,यसरी शरद् ऋतु पनि सकियो | बिस्तारै हेमन्त ऋतुको आगमन भयो र हाम्रो सम्बन्ध पनि चिसियो, म यता उसको मायाको न्यानोको अभावमा काप्दै थिए, मनमा उसको माया को किरणको आशा थियो तर उसलाई त बादलले छेकेको थियो | मलाई मात्रै थाहा छ कसरी कटाए मैले हेमन्त भनेर |

पिडा झन् बढाउन,शिशिर ऋतु थपियो | जीवन उजाड भयो मेरो, हेर्दै बिरक्त लाग्ने,मरुभूमिसंग नि तुलना गर्न नमिल्ने गरि ,सबै अन्त्य भएको जस्तो,केही बाँकी थिएन म मा | सबै कुराबाट गुज्रियेपछि फेरि मेरो जीवनमा वसन्त को फूल फुल्दै छ,फेरी नयाँ उमंग भरिएको छ जिबनमा,अब केही गर्छु भन्ने प्रेरणा लिएर अघि बढ्दै छु |मैले बुझिसकेको थिए,सक्दिन भनेर छोड्नु भन्दा सकिन भनेर छोड्नु जाति भन्ने कुरा |

स्कुल पनि सुरु भयो,अब त दैनिकी नै व्यस्तताले ओगटेको हुने | बिहान गएको मान्छे घर फर्किदा पनि बेलुकाको ५-६ बज्थ्यो | पढाइ बाहेक अरु केही कुरा गर्न र सोच्न समय नै नमिल्ने | घर आएपनि मैले पहिलेनै भने जस्तै गृहकार्य गर्न गोरुझै जोत्तिनु पर्ने | आफ्नो बारेमा त सोच्न फुर्सद थिएन,अरुको बारेमा सोच्ने त कुरै भएन | फरक यति थियो,पहिले कहिले काही फर्किदा कुरा हुने गर्थियो उनीसंग,अहिले बोलचाल भने नाकाबन्दीको नेपाल जस्तै पुरै ठ्प्प | यसले गर्दा मलाई सामान्य अवस्थामा फर्किन धेरै सजिलो भयो | तर एउटा बानी चाहीँ अझै सम्म गएको थिएन,अहिले पनि बेला बेला लुकी लुकी हेर्ने गर्थिये | नानी देखि लागेको बानी पो हो त |

शनिबार चाहीँ कहिले आउँछ हुने मलाई | बिदा हुन्छ भनेर हैन, दिउँसो रेडियोमा संचालिका सारिकाको स्वर सुन्न पाइन्छ भन्ने खुशी | उनको नाम पनि उनको आवाज जस्तै राम्रो थियो |स्वर्गीय आनन्द महसुस हुने उनको आवाज सुन्दा | एकदिनको कुरा हो, साथीसंग बाइक मागेर, लाइसेन्स बिना सिमरा पुगियो, लगभग ४० किलोमीटर हाइवेको यात्रा गरेर | उद्देश्य अरु केही नभई, कार्यक्रम संचालिका सारिकलाई भेट्नु थियो | जान त गइयो तर भेट्न पाइने हो कि होइन भन्ने कुराको भय थियो मनमा | फेरी कसरि चिन्नु उनलाई ? चिने पनि कसरी कुरा सुरु गर्ने ?

धेरै प्रश्नहरू बीच झिनो आशा अझै जीवित थियो | म सिधै रेडियो स्टेसन नै गए र रिसेप्सनलाई सारिकाको बारेमा सोधे | मलाई माया बसेको हैन तर उसको स्वरको म मुक्तकण्ठले प्रसंसा गर्थिये| भेटेर उनको स्वर सुन्न मन लागेर मैले यति मिहेनेत गरेको हो | २ घण्टाको पर्खाईपछि उनी आइन मेरो सामू ,पर्खाईको फल साचिकै मिठो हुने रहेछ| “ऊ सारिकाजी आउँदै हुनु हुन्छ” रिसेप्सनिस्टले एक अत्यन्त सुन्दर केटीलाई देखाउँदै भनिन् |

To be continue……..

%d bloggers like this: