निकेत ढकालको, उनी’❤️❤️❤️ भाग नौ

केहि समयको हिडाँइ र बोलाईपछी उनले भनेको ठाउँ आइपुग्यो र हामी त्यहाँ गएर बस्यौं |म बिस्तारै उनीसंग खुल्दै थिए, धेरै कुरा हुँदै थियो, बोलचाल बढ्दै थियो हाम्रो| हामी नभनम, बोल्न त उनी मात्र बोल्दै थिइन, म त उनको स्वर सुनेर लठ्ठ हुँदै, हो मा हो थप्दै थिए | सायद पहिलो पल्ट होला, पहिलो भेटमै कोही संग यति नजिक भएको |

“हजुरहरुलाई के ल्याऊ ?” मिठो क्षणलाई बिथोल्न वेटर भाइको आगमन भयो |

“मलाई त कफि अनि फ्राई म:म:,तिमी के लिने?” म:म: भनेपछि मा हुरुक्क हुने र कफिको कुरै नगरे हुन्छ, पानी कम कफि धेरै खायिन्छ |

“मलाई पनि मिल्क कफि र फ्राई राइस |” उनले मेनु हेरेको जस्तो गरेर अडिएर गरिन् |

“कफिमा चिनी अलिबढी ल |” भाइ हिड्नु अगाडि उनले थपिन् |

“बल्ल बुझे मैले कुरा |” भाइ हिड्ने बितिकै मैले प्वाक्का भनि हाले |

“के कुरा |” उनी आतुर भईन मेरो कुरा सुन्न |

“तिम्रो भ्वाइस किन यति मिठो भयो भनेर थाहापाए के मैले |” मैले कुरा प्रस्ट बनाए |

“किन नि?” उनी फेरी एकपल्ट आश्चर्यमा परिन् |

“कफिमा चिनी धेरै खाएर |” मैले जिस्किदै भने |

“जे पायो त्यहि |” हास्दै र मख्ख हुदै उनले भनिन् |

“ साची मेरो भ्वाइस त्यति मन पर्छ र? “ मैले केही भन्न नपाउदै उनले सोधिन् |

“एकदम मन पर्छ । म त सुनेर बस्छु कति धेरै |” भएको कुरा उस्लाई भने, उनी एकैपल्ट लजाइन् र खुशी पनि भइन् | मतलब र बेमतलबको धेरै कुरा हुँदै थियो र समय काटिदै थियो | यो पलको मिठास अलग्ग थियो, बिर्सन्न नसक्ने पल मध्ये यो नि एउटा हो । समय रोकियोस् र यो पल कहिले नाबितोस लाग्दै थियो मलाई | केहि घण्टा अगाडी सम्ममा जसको फ्यान थिए, अहिले उही संग बसेर मज्जाले गफ गर्दै थिए म | ढुंगा खोज्दा देउता भेटे मैले, म भित्रबाट निकै प्रसन्न भएता पनि मुहारमा चाहीँ त्यसको थोरै मात्र झल्काएको थिए |

त्यो पललाई फेरी पनि बिय्होलना भाइले हामीले मगाएको खाने कुरा लिएर आयो | एकछिन पछी ल्याएको भए नि हुने नि, कस्तो चाँडै ल्याएको भए हुने जस्तो लाग्यो मलाई |

कुरै कुरामा उनले सोधिन् “तिमी कतिमा पढ्ने रे?”
मलाई पहिले भन्न अप्ठ्यारो लाग्यो र मैले चलाखी अपनाएर भने “लेडिज फर्स्ट” ।

उनले कुरा नघुमाएर सिधै भनिन् “ ११ मा । अब तिमी भन |”

“१२ मा |” सायद मैले झुठो बोल्न नहुने थियो होला,तर आफु भन्दा त्यति सानु उमेरकोसंग उनले बोल्ने शैली परिवर्नत गर्छे कि भन्ने डर लागेर मैले उनीसंग पहिलो झुठो बोले | मैले साँचो कुरा बोलेर आफ्नु उमेर भनेको भए त उसले मलाई ढुक्कै भाइ भन्थिन् होला, त्यसैले मलाई झुठो बोल्नु ठिक लाग्यो र मैले उमेर ढाटें | मैले उनको माया होइन, तर जुन साथको अनुभव बितेको केहि घण्टामा गरेको थिए, त्यो गुमेको हेर्न चहान्थिन म | तर मनमा सोची सकेको थिए, आज भनिन तर मौका मिलाएर अवश्य भन्छु आफ्नो सहि उमेर उनलाई |

To be continued. .

%d bloggers like this: