निकेत ढकालको, उनी’❤️❤️❤️ भाग-7

उसको बारेमा जे-जति सोचेको थियो,त्यसभन्दा धेरै सुन्दर थिन उनी | नाम जस्तै स्वर पनि सुन्दर थियो उसको र अब मुहार देखेपछी असली सुन्दरता के हो बल्ल बुझे मैले | जुन जस्तै चम्किदै थिन उनी,स्याउ जस्ता टोकिदिम लाग्ने गाला,लठ्ठ पार्ने आखा,प्राण लिने मुस्कान,हास्दा एकतर्फ मिलेर उछितिएको बंगारो,मयुरले प्वाख फिजाए जस्तै फिजिएको कपाल,झन् ओठको कुरै बेग्लै अप्सराको पर्यायवाची जस्तै | त्यहि ओठ माथि अशाध्यै सुहाउने लाली जस्तै डाडामाथि बिहानी सुर्यको किरण परेजस्तै,कस्तो भाग्यमानी त्यो लाली पनि |

सोमरस नखाएपनि उसलाई देखेपछि मलाई नसाले छोयो,पक्कै पनि उसलाई बनाउदा भगवानले मदिरा मिसाको हुनु पर्छ | लाटोले पापा हेरेको झैँ म पनि उसलाई टोलाएर हेर्दै थिए | लाग्दै थियो ,जसरी आकाशमा हजार तारा भए नि आँखा सुरुमा चन्द्रमामा मात्र जान्छ,त्यसरीनै त्यहाँ जति केटी भएको भए नि मेरो नजर नि सुरुमा उनीमै पुग्थियो होला,म हजारको भिडबात नि उसलाई चिन्न सक्थिए होला |“सारिका,उ तिम्रो अर्को फ्यान” रिसेप्सिनिस्तले उसलाई हास्दैं भनिन र म कल्पनाको संसारबाट फिर्ता आए |

“हेल्लो” भन्दै उसले हात बधायिन र मुस्कुरायिन ।

कस्तो ज्यान जाने मुस्कान,म त भुतुक्कै भए | उनको हाँसोले त सादा जिबनमा सात रंग भर्न सक्छ,सायद इन्द्रेणी उनको मुस्कानमा बास बसेको हुनुपर्छ |त्यस्तै कम्जोर हृदयको मान्छेलाई त हृदयघात हुन्थो होला उनको बयाननै गर्न नसक्ने सुन्दरता हेरेर | मैले पनि हात दिदै “हेल्लो” फर्काए| कस्तो कोमल हात उनको, मैले उनको हात नभएर रेशम छुदैछु कि भनेर झुक्किए एकछिन त | मलाई त विश्वास लागेको थिएन यस्तो राम्री र सबैले कुरा मिलेको मान्छे पनि हुन्छन भनेर | सपना त होइन यो मेरो? कहिँ उनी साचिकै अप्सरा त हैनन्? सारिका भनेको साचिक्कै उनी नै हुन् त? जस्तो धेरै कुरा लाग्दै थियो | अन्तत मलाई मेरो कल्पनाबाट कसैले तान्दै भन्निन “हजुरको नाम के हो?” अरु कसैले होइन सारिकाले सोधेकी थिइन त्यो प्रश्न|

“एरिस…एरिस ढकाल |” सायद यो भन्दा केहि फरक र मिठो हुन सक्थियो होला मेरो उत्तर तर कसैको साम्मुने धेरै बोल्न आट नाआउने मलाई |

“ओह,माइ गद!सधै शनिबार प्रोग्राममा फोन गर्छौ हैन तिमीले?” चकित मुद्रामा उसले मुख छोप्दै मलाई सोधिन |

मलाई त्यहाँ पाएर उनी किन त्यस्तो आश्चर्यमा परिन् थाहाछैन मलाई | म भने खुसि थिए, जे होस् याद रहेछु म भनेर | नचिनेको भए के गर्थिये होला मैले |

“हो | मै हो |” मैले भनेनी सामुन्ने हुदा धेरै बोल्न सक्दिन ।

“अनि कसरी आयौ यहाँ ?” उसको मुहारमा भएको आशार्य अझै कायम थियो |

“बाइकमा (थोरै हाँसेर) तिमीलाई भेट्न आएको नि |“ बिस्तारै खुल्दै थिए म उनी संग |

“आज शनिबार आचानक आयौ नि त |कोहि पनि यस्सरी आको थिएन |”

“तिमी सरकारी अफिस हो र, शनिबार आयोभने बन्द हुनलाई |”

“हाहाहा हैन के मैले त्यस्तो भन्न खोजेको” सायद उसलाई जवाब फर्काउन गार्हो भो |

“साथीभेटेपछि कफि खान जाम भन्ने चलन छैन हो तिम्रो सिमरामा ?” बाटोमा हिड्दै गफ गर्नुभन्दा उसंग कहिँ बसेर बोल्न चाहान्थे|

“ ल क्या भनेको के तिमीले,अगाडी लामा होटल आउदै छ,त्यहि जाम|” यति भन्दै हामी होटल तिर लाग्यौं ।

To be continued. . .

%d bloggers like this: