निकेत ढकालको, उनी, भाग चार

त्यो दिन देखि त बोलचाल मात्र सुरुभाको थियो,बिस्तारै बोलचाल नि बढ्दै गयो | समय बित्दै गयो र हाम्रो सम्बन्ध मा मिठास बढ्दै थियो | अभ त बिस्तारै हामि संगै एउतै बेन्चमा बस्थिएउ,दिनभरी गफ गरिन्थ्यो,पढाई भन्दा एक अर्कामा ध्यान दिने,सधै एउटा नया चटकमा लाग्या हुन्थ्येउ हामि,उसको हात मेरो हात मा आउदा त झन् स्वर्गीय आनन्द को महसुस गर्थिये,मेरो मुटु ले आफ्नु ठाउँ छोडे झैँ हुन्थ्यो,शरीर भरि नै रक्तचाप बढेको अनुभव हुन्थ्यो,शरीरको हरेक कोषमा मैले माया संचालन भाको अनुभूति पाउथिए | अब त उसलाई एकदिन नदेख्दा नि संसार नै खल्लो लाग्ने,उ संग बोल्न नपाउदा त झन् हाल बेहाल हुन्थियो | उनी अभ मेरो माया मात्र नभएर मेरो संसार भैसकेकी थिन |

जिबनको अर्थ उनी,मिलनको हर्ष उनी,जितको तर्क उनी,गीतको मर्म उनी,मेरो गर्ब उनी,मेरो हरेक पर्ब उनी,जिबनको सहारा उनी,बाच्ने बहाना उनी,मेरो धन उनी,मेरो मन उनी,मेरो साथ् उनी,थाकेर बस्दा चाहिने काख उनी,मेरो अन्तिम आश उनी,मलाई जीवित राखेको सास उनी,मेरो मायाको गीत उनी,मेरो हरेक जित उनी,मेरो भूत उनी,मेरो वर्तमान उनी,मेरो भबिस्य उनी,उसको अगाडी सबै दुख अदृस्य हुने,मैले रोजेको देउता उनी,मैले खोजेको एउटा उनी | तर दिन सधै एउटी नरहने,हामि ७ क्लास पुग्दा हाम्रो कोठा नै बेग्लै भयो | हामि फेरी अलग भयौ,मिलन त कहिले पो भाको हो र तर अलग हुदाको पिडा चाही किन हुदै थियो?किन सोचेको कहिले नपुग्ने?किन खुसि पछि पिडाको आक्रमण झेल्नु पर्ने यो मनले?मान्छेले मात्र हैन भगवानले पनि खेल्दो रैछन् हाम्रो भावना संग | तर मलाई जे हुदै थियो के उसलाई नि हुदैथियो त?

अलग भए नि सम्झिनलाई म हामीले संगै बिताको पलको मिठो याद थियो | तर मलाई उसको अनुपस्थितिले पिरोर्थियो | गएको केहि वर्ष त झन् संगै बसेको,धेरै कुरा भयो त्यो बिचमा,उसले नि माया गर्छे कि जस्तो लाग्दै थियो | याद त्यो सबै अझै ताजा छ,रानी थिन उनी कहानीको राजा म,उ संगै हुनुको मज्जा बेग्लै थियो,उसको मुहारले मेरो मुटुमा खेल खेल्दै थियो,गफको भरमा पुरै दिन काटीन्थियो,हाम्रो सम्बन्ध साथि भन्दा केहि माथि थियो, उसको त्यो पुरानो हुदैन माया को भाका,त्यो सुन्दै दिन बित्थियो आधा,सायद म पनि उसको लागि केहि खास थिए,एकदिन लुकेर उसको झोलामा प्रेमपत्र नि राख्थिए,तर नाम खोल्ने हिम्मत मैले गरिन,माया गरेपनि हिम्मत जुटाउन सक्ने म परिन|यस्तै थिए छुट्टिनु अगाडीको यादहरु|अभ बिस्तारै दिनहरु खल्लो हुदै थियो|बोलचाल त हुन्थियो तर पहिले भन्दा निकै कम |

हामि केटाको केहि बानि चै सारै खराब | कोहिसंगको बिछोड सहनै नसक्ने|बिरालोले बच्चा सारे भन्दा हामीले आफ्नु मन सार्छौ यो बेलामा |अर्को बानि चाही कोइ केटिले हासेर हेरी भने छुट्याउन सक्दैनौ,हासेर हेरेको हो कि हेरेर हासेको | उनले नि जहिले हासेर हेर्थिन|मैले माया हो कि मित्रता छुत्याउनै सकिन | धेरै सोचे कि सोच्दै सोचिन थाछैन मलाई |त्यो सहि हो कि गलत त्यो नि थाछैन मलाई |जे ठिक लाग्यो त्यहि गरे |क्लास ८ को जिल्ला स्तरीय परिक्षाको अन्तिम दिन थियो | बिस्तारै बालकपनले छोड्यो ठुलो भयौ हामि,रहिन मा राजा तर अझै थिन उनी मेरो रानी,अभ त अत्ति भयो भनेर हिम्मत जोडे,उनलाई एकान्तमा पारेर प्रेमपत्र दिदै रोके,र भने हेर म तिमिलाई माया गर्छु,तिम्रै लागि बाच्छु र तिम्रै लागि मर्छु, उसले हास्दै भनि “सरि हामि साथि मात्र है”, “लेउ यो तिम्रो चिट्ठी आफै राखी राख है”,उसको शब्द यतिमै टुंगियो,सायद मैले यो गल्ति नगरेको भए हाम्रो नाता अझै बलियो हुन्थियो|

%d bloggers like this: