निकेत ढकालको , उनी ‘भाग 13

ऊनी ❤️❤️❤️

photoeditor-1477890805662 निकेत ढकालको , उनी 'भाग 13 अरु दिन भएको भए म उसलाई लुकेर हेर्थिए होला तर आजको दिन,समय,परिस्थिति र हामि बिचको सोच्ने शैली नै फरक थियो | एकछिन पछि फेरी मलाई आफ्नु गल्तिको महसुस भयो |कस्तो मुर्ख होला त म,झन् खुसीले पागल हुनु पर्ने ठाउमा रिसले बौलाउदै थिए | लाग्दैथियो कि छाती भित्र आगो बल्दै थियो, म भित्र भित्र नै जल्दै थिए ,बुझ्न गार्हो हुदै थियो कि मा आफैसंग रिसाएको हो कि उनी संग | मैले उसलाई हुन्न भनेको कुराले अहिले आएर मलाई आफै  सताउदै थियो | मैले हत्तारमा,केहि नसोची लिएको कदमले मलाई पिरोर्दै थियो | उनी सामु  मायाको पहिलो प्रसताभ पस्किदा पनि म हतारिएको थिए र आज त्यहि कुरा दोहोरियो | मान्छेले भुलबाट सिक्छ भन्छन, झन् कोहि कोहिले त अरुको भुलबाट नि सिक्छन रे ,यहाँ त भुलको रचनाकार पनि म आफै थिए र जब भुल सच्याउने समय आयो,त्यो मौका खेर फ्याल्ने पटमुर्ख पनि म आफै थिए |
जुन रुखलाई मैले बर्षौ देखि हातेमालो गरेर ,जब फल खाने समय आयो,मैले हतार गरे र काचो फल खाएर मुखको स्वाद नै बिगारे | पृथ्वी गोलो छ,सबैको पालो आउछ,आज फेरी पालो आयो मेरो,तर मैले फेरी काम बिगारे र फल नखाई फल कुहिएर गयो | म आफैलाई कालिदासको संज्ञा दिदै थिए,जुन हाँगामा बस्यो त्यहि हाँगा काट्ने भनेको यहि होला | संसारमा सत्रु खोज्न कहिँ जानु नपर्ने रैछ,यदि मान्छे मुर्ख छ भने,उ आफ्नु सत्रु आफै हुने रैछ | यहाँ मेरो सत्रु स्वयम् म आफै थिए,मेरो सत्रु मेरो मुर्खता र मेरो इख हो | कहिँ पढेको थिए,भाग्यले साथ नदिने मान्छे त भगवान घरको धोका अगाडी आउने बेलामा चर्पी पस्छ रे | मैले पनि हगेपछी दैलो देखे | दिउसो भरि पश्चातापको आगोमा जली रहे |
दिन बित्यो बिस्तारै रात हुदै थियो,मेरो मन जस्तै चारै तिर अन्धकार फैलिदै थियो |फोन गरेर उसलाइ फेरी एकपल्ट प्रेम प्रस्ताभ राख्छु  सोचे र फोन हात मा लिए |सायद यहि नै माया होला,जति कोसिस गरेपनि भावना रोक्न सकिएन |जसरि  पानीलाई बाधले छेक्न सकिनन् र मायालाई दुरीले ,जसरि चोटलाई पिडाले भुल्न दिदैन र मायालाई मिठास ले, जसरि बादलले सूर्यलाई जति छेके पनि प्रकाश रोकिदैन र मायालाई इखले रोक्न सक्दैन,जसरि औसी मात्र हैन पुर्णिमा पनि आउछ त्यसरीनै मायामा बिछोड मात्र हैन मिलन पनि हुन्छ,जसरि रात पछि बिहानी आउछ त्यसरी नै मायामा पिडा पछि मिठास , जसरि घनघोर वर्षा पछि इन्द्रेणी देखिन्छ त्यसरी मायाले पनि जिबन रंगिन बनाउछ |
फ्होने भन्दा मेसेज पठाउनु ठिक लाग्यो |उसलाई पठाउन भनेर मेसेज लेखे र फेरी मेटेपनी | कति पल्ट यहि क्रियाकलाप दोहोरियो | आखिर के लेखेर पठाउने होला त भन्ने कुरामा म निश्चित हुन सकिन | माफी माग्ने कि सिधै मायाको प्रस्ताभ राख्ने भनेर मैले निधो गर्न सकिन | लेख्ने र मेट्दै गर्दा गर्दै मैले कति समय खेर फ्याले | अन्तिममा एउटा निस्कर्समा पुगे र लेखे “I LOVE YOU.बिहान म अर्कै कुराले Diturbed थिए |” यति लेखेर सेन्ड गरे र म पनि बाथरुम लागे हल्का हुनलाई | म फर्किदा एउटा मेसेज आको थियो मोबाइलमा,म ढुक्क थिए उसले रिप्लाई गरिन भनेर तर रिप्लाई पो के गरिन | मेसेज खोल्न लाग्दा मेरो हात कम्ता कापेको हैन,आखा चिम्म गरे र  मेसेज खोले | आखा खोले र मेसेज हेरे |मेसेज देखेर म झस्किए ,सोच्दै नसोचेको कुरा भयो , अभ के गरम जस्तो भयो मलाई |

To be continued ……..

%d bloggers like this: